तिमीले भनेकै मान्नुपर्छ भन्ने केही छैन अटेरी गर्नु नगर्नु मेरो अधिकारभित्र पर्ने निर्णय हो नि रिसाउनु किन? रिसले विषबाहेक के नै दिन सकेको छ र ? रिस त सुस्त विष नै हो । मैले खाएकोमा भन्दा लाएकोमा रिस उठ्नु भनेको रिस मिसिएको आह्रिस नै त हो नि त्यसैले पनि तिम्रो मनको कोठेबारीमा कहाँ फुल्न सकेछु र ढकमक्क ! मैले कमाएको जति मैले पाएको जति मेरै पनि कहाँ हो र ! तिमी किन जल्नु बेस्सरी ? तिमीले पाएको पनि तिम्रो कहाँ हो र ? तिमी किन फुलिनु त्यसरी ? रिसको विष भनेको मन-मस्तिष्कलाई झ्वाप्पै पोल्ने आगो हो जसले सधैँ डढाएको हुन्छ माया बस्ने शान्त खोपी जसले सधैँ खसाएको हुन्छ मर्यादा बस्ने टोपी । हरुवा सोच मगजभरि उनेर मलाई जित्ने लालसा मनभरि पाल्नु भनेको तिमीले सङ्घर्षको सास फेर्न नसक्नु नै हो भन्छु म त । चारैतिर भीड़ थुप्रिएछ रिसहरूकै ईर्ष्याहरूकै तिमी पनि त्यही समूहमा पसेछौ र मलाई पनि त्यतैतिर पस्नुपर्छ भन्दै छौ । अहो ! म त रिस र विषको माझमा रहेछु तटस्थ रहने चेष्टामा । हे ! नीलकण्ठ ! अलिकता शक्ति मलाई पनि शेयर गर है। (डाउहिल,खरसाङ,भारत)