सानो आँगन आँगनमा अनेकजाति फुलहरु फुलेका सानो गोठ अनि मझेलाको घर त्यहि सानो आँगनमा अनेकजाति पाल्तुहरु डुलेका पूर्वमुखी मोहडा भाको शूर्यको पहिलो झुल्को सिधै घर आँगनमा पर्ने सानो अनि राम्रो मेरो घर । जन्मेको त्यहीँ देखिन अस्पतालहरु हुर्केको त्यहीँ देखिन शहरहरु त्यही माटोमा हुर्केको त्यही माटोमा खेलेको जोसँग सर्बश्व गासिएको छ त्यही हो सानो अनि राम्रो मेरो घर । एउटा गोठ एउटा मझेला औंला पाँच एक हत्केला घरमा छ जना सदस्यको झमेला छ जना मात्रै होइन पुरै जयबजगत त्यहीँ वरपर छ जस्तो लाग्छ सेतो, रातो, झालेमाले देखिने मेरो घर । आँगनमा खेल्दै हुर्केको आँगनमै बारम्बार बुर्केको सयौं खेलहरु खेलेको अनमोल रंगशाला बिताएँ सारा बाल्यकाल नाच्दै र फिर्दै हाँस्दै र गाउँदै त्यही प्यारो आँगनमा हजारौं रंगशाला भएको त्यो सानो घर, मेरो घर । समय बित्दै गयो घर बूढो हुँदै गयो ममी बुवाले छोरा गुमायो घरले मालिक गुमायो मालिक आउने आशामा पर्खिरहेको त्यो घर,बूढो घर, मेरो घर । बाल्यकालको साथी सर्बस्वभन्दा माथि आमाबबुको साथी जिवनको सारथि बचायो अनेक समस्यामाथि फर्किजाँदा, पारदर्शी ऐना भएको छ सानो,झालेमाले,रंगीचंगी,बालापनको घर, मेरोघर । (धनगढी ,कैलाली)