आउँछ, मलाई आउँछ हजुर राम्ररी आउँछ
बाचा गर्न आउँछ, वचन दिन आउँछ
अचेल त म नयाँ नयाँ अभ्यासमा व्यस्त छु
त्यसैले परिस्थिति हेरेर बोल्न आउँछ
चल्तीको शैली फेरेर अनुकूल बनाउन आउँछ
बाचा–बन्धन कबुल यस्ता यी दायित्व
सम्झाउने तत्त्व सबै, सबै बिर्सन आउँछ
प्रतिबद्ध भनाइ छाडेर हिँड्न आउँछ
मलाई मेरो आवश्यकताले मागे
लिखित अनुशासन च्यात्न पनि आउँछ
साथीभाइको सम्मति उधिनेर
मनमौजी यात्रामा दौडिन आउँछ
झोपडीमा बत्ती बाल्ने योजना फेर्न आउँछ
इमान, विवेक र कर्तव्य पाठ्यपुस्तकमा थन्क्याएर
स्वतन्त्र विचरण गर्न आउँछ
हो, हजुर आउँछ राम्ररी आउँछ
भोक रोग अशिक्षाका खाडल पुर्ने हेतु
हिजोदेखि गरेका सङ्घर्ष र बनेका योजनाहरु
कागजमा लेखेर शून्य परिणामका लागि
निरन्तर जुटिरहेको अभिनयसँग गर्व गर्न आउँछ
सर्वसम्मतिमा बनेका वैज्ञानिक र दूरदृष्टियुक्त
गतिशील योजनाहरु दराजमा लुकाउन आउँछ
झोपडीका चुला तताउने भरोसा दिलाएर
मत हत्याउने दाउपेच आउँछ
हो, कुरै त हुन् सम्धी ! कन्जस्याइँ किन ?
मलाई कुरा गर्न आउँछ
काम भनेको विस्तारै हुने हो हुन्छ
मलाई हुन्छ हुन्छ भन्न आउँछ
सुख–सुविधाको महत्त्व थाहा भयो
पद पैसाको शक्ति बुझ्न पाएँ
सिङ्गै परिवारको साझा सुख हेतु
सहिदले गरेको न्यायिक बलिदान
आपैmमा खुम्च्याएर दुनो सोझ्याउन आउँछ
हो, हजुर मलाई पक्कै आउँछ
जसको शक्ति उसैको भक्ति गाउन आउँछ
पाउने र पाएका मतको मोलमोलाइ गर्न आउँछ
एकछाक मासुभात हो, हिसाब राख्न आउँछ
हो नि हजुर मलाई आउँछ
आपूm अनुकूल राहत वितरण गर्न आउँछ
शक्तिलाई मानोमुरी दिएर गुन लाउन आउँछ
निमुखालाई मुठी मुठीमा भुलाउन आउँछ
ठिक विपरीत देखिने गरी हिसाब राख्न आउँछ
महाशय ! निश्चिन्त रहनुहवस्
परिवारका धेरै सदस्य बिर्सेर पनि
छिमेकी रिझाउन आउँछ
हो, हजुर आउँछ आफन्तको हितमा सुसेलिन आउँछ
नीति–नियम भत्काउन अनि बहुजन हिताय
सर्वजन सुखायको मानव मूल्य कुल्चेर
कनिका बाँड्दै तैँचुप मैचुप रहन÷राख्न आउँछ
हो, हजुर मलाई आउँछ राम्ररी आउँछ
आवश्यक पर्दा परिवार तर्साउन आउँछ
रङ फेरी फेरी जिब्रो चपाउन आउँछ
आउँछ रत सुरक्षित छु नि हजुर ! आउँछ !!
(पर्वत)