मेरो गाउँमा भ्यागुतानन्दहरुको घरै घर छ, जल, थल सबैतिर । भनौँ म पनि ती भ्यागुतानन्दहरुको आनन्दानुभूतिलाई सर्वस्व ठानेर हायसञ्चो मानेर दिन काटिरहेको छु उनीहरुकै सारमा । घरघरमा भ्यागुतानन्दहरु वर्षा वन्दना गरेर बस्छन । भ्यागुतानन्दहरु घरमा बस्दा चन्दन टीका लाएर आकाशतिर फर्केर ट्वार्रटवर्र गरिरहन्छन भने घर बाहिर हुँदा सर्पहरुको क्रियाकलाप Read more
जंगलको छेउमा हामो मकैवारी थियो । वर्षा याममा तिनै मकै खान वनदेवताले वाँदर पठाइहन्थे। तिनलाई ढयाङ्ग्रो ठटाए लखेटने मेरो ड्युटी थियो । ड्युटी पनि साहै रमाइलो थियो दिन वितेको पत्तो हुदैनथ्यो। साँच्चै रमाइलो हुन्थ्यो वारिपट्टि बारीको छेउमा वसे पारिपट्टि रूख भिरमा दौडिने वाँदररहरूको चर्तिकला हेर्न। कहिलेकाहीँ ती पनि मान्छे Read more
चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, Read more
“What’s in a name ? That which we call a rose By any other name’ Would smell as sweer.” -William Shakespeare (Romio & Juliet) उपरोक्त नाट्यसंवाद उगेल्ने नाट्य सम्राट शेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो शेक्सपियरलाई Read more
दाइकहाँ नगएको धेरै समय भएको थियो । नबोलाए पनि जानुपर्ने त थियो, तर जाने समय मिलिरहेको थिएन । मुस्किलले उबारेको समयलाई पनि सदुपयोग गर्न सकिरहेको थिइनँ । समय त छुट्याउँथेँ, तर समय न हो मैले छुट्याउँदैमा मेरै लागि पर्खिबस्दैनथ्यो । हेर्दाहेर्दै मेरो समय अर्कैको भैहाल्थ्यो । समय थुपार्न सकिने भैदिए Read more
मैले चिनेको नेपालीले एमसिसी स्वीकार गरेको पाइनँ । यसले नेपाली स्वाधीनता पिट्छ, थिच्छ, खान्छ नेपाली सान मेटाइदिने ध्याउन्नले पस्न खोज्दै छ यहाँ । हात थापेर रमाउन पल्केकाका लागि पनि यसको प्रवेश ओछ्यान भिजेपछि दैलो देखेको दृश्य हो । आफैमाथि बन्चरो प्रहार गरेर बहादुर बन्ने हो र ? चेतनाको टोपी Read more
मेरो साथमा रहेको मोवाइलको घन्टी बजेको रहेछ, गरमागरम साहित्यिक चर्चा भइरहेको हुँदा घन्टी बजेको थाहा नै पाउँदिन । केही बेरपछि बागबजारको रत्नपुस्तक छिर्ने गल्लीमा रहेको खाजा पसलमा जय छाङ्छा आइपुग्छन् । अब बहस अर्कैतिर मोडिन्छ । महिनामा एक पटक भए पनि पदयात्रामा निस्कने कुराको टुङ्गो लाग्छ । पदयात्रामा निस्कनु Read more
मजाको छ किन । किन मानिसले प्रगति गर्छ ? किन उँभो लाग्छ ? किन उँधो लाग्छ ? किन सफल हुन्छ ? किन असफल हुन्छ ? किन मालिक हुन्छ ? किन दास हुन्छ ? लाग्छ यी किनहरुको उत्तर किनमै छ । ह्वाइ ९धजथ० ? किन हामी यहि सानो टापुमामात्र बसिरहने ? Read more
दिसम्बरको महिना पुषे जाडोले आफ्नो सामराज्य जमाएको थियो। तीमाथि जैसलमेरको मरूभूमि, मरूभूमिमा जाडो र गरमी दुवै तीव्र पर्दछ । यहाँ पर्ने कठ्याङ्ग्रिने चिसोको अनुमान उतिकै तातो जुलाईलाई सोचेर लगाउन सकिन्छ। बेलुकी पहरको पाँच बजेको थियो। गर्मीको मौसममा पाँच बजेलाई बेलुकी भन्नेलाई दिउसै ट्वाक्क लगाएछ भन्लान् तर अहिलेको कुरा Read more
एक दिन शुभमुहुर्तमा जेठी बुहारीले नम्र स्वरमा भनिन्, “बुबा ! आमाले एक साँझ हजुरहरूलाई खानाको लागि आमन्त्रण गर्ने कुरा गरिबक्स्या छ । फोन गरिस्सिन्छ होला, नाइँ नभनिस्योस् ल ।” छोराहरूको विवाह भएपछि हाम्रो घरमा कहिल्यै प्रवेश नपाएको ‘बक्सियोस्’ शब्दले प्रवेश पाएको छ । जागिरको सिलसिलामा कहिलेकाहीँ प्रयोग गरेको Read more