जंगलको छेउमा हामो मकैवारी थियो । वर्षा याममा तिनै मकै खान वनदेवताले वाँदर पठाइहन्थे। तिनलाई ढयाङ्ग्रो ठटाए लखेटने मेरो ड्युटी थियो । ड्युटी पनि साहै रमाइलो थियो दिन वितेको पत्तो हुदैनथ्यो। साँच्चै रमाइलो हुन्थ्यो वारिपट्टि बारीको छेउमा वसे पारिपट्टि रूख भिरमा दौडिने वाँदररहरूको चर्तिकला हेर्न। कहिलेकाहीँ ती पनि मान्छे जस्तै व्यवहार गर्थे वेलावेलामा एक आपसमा घ्वाक घ्वाक गरेर झगडा गर्थे त कहिले असाध्यै माया प्रिती साटेर बसेका हुन्थे। मान्छेले पिठिउमा वच्चा वोकेझैँ तिनले पनि ढाडमा आफ्ना वच्चा वोकेका हुन्थे। कहिले ढुंगामाथि बसेर दुध चुसाइरहेका हुन्थे त कहिले जुम्रा मारेझैँ गरिरहेका हुन्थे। कहिले रूखको लहा मा झुण्डिएर पिङ खेलिरहेका हुन्थे त कहिले एउटा रूखदेखि अर्को रूखमा हावामै उडेजसरी हाम फाल्थे। नव्वे डिग्रीको ठाडो भिरमा ठाडठाडै उक्लिएको देख्ता मेरो वाल मष्तिष्कले चकित खान्थ्यो। तिनका माइला चमत्कारिक कृयाकलाप देखेर कतिपटक त म आफ वाँदरर हुन नसकेर मान्छे भएकोमा पछुतो मान्थेँ। कतिवेला यसो गर्न हात टेकेर वाँदरको अभिनय गरेर चित वुझाउथेँ।
आफै वाँदरर भएपछी न वाँदर कुर्नुपर्ने ! न खेति पातिनै गर्नुपर्ने ! मकै लगाउन पनि नपर्ने ! हातमा ठेला पनि पारी कोदालोले गोडमेल गर्न पनि नपर्ने ! मकै छोडाएर घट्टमा पिस्न पनि नपर्ने ! पिठो ल्याए रोटी पकाmन पनि नपर्ने ! पोले खान पनि नपर्ने ! केवल मकैको घोगा भए पुग्ने ! काच्चै मकै क¥यामकुरूम चपाएर रूखरूखै बनवनै भिरभिरै जता दुगुे पनि हुने! रूख र भिरबाट लडे चोट पनि नलाग्ने! यतो पो जिन्दगी ! साँच्चै म वाँदरको जुनि नभए मान्छे भएकोमा साहै थकथक मान्थे। कहिलेकाहीँ आफुभन्दा ठुला मान्छेले कुकुर लगाए तिनलाई ढुङ्गै ढुङ्गाले हाने भिर भिरै लखेटदा भने मेरो वाँदरको जुनि नभएकोमा खुसी हुन्थेँ। हतार हतारमा मकै क¥यामकुरूम पारेर दौडीदा तिनले गालाको दुवैपिट्ट थैलामा जम्मा गरेझैँ मकै जम्मा गरी राख्थे। फुर्सदमा पारीपट्टि बसरे तिनले विस्तारै चपाईचपाई मकै खाएको मलाई रोपाईमा खेतालाहरूले खेतको डिलमा वसेर अर्नि खाएझैँ लाग्थ्यो। मेरो मन फेरी वाँदर तिरै लहसिन्थ्यो। अरू सवै हुवहु मान्छेसंग मिलेजस्तो लागे पनि तिनको पछाडिको भाग भने रातो हुन्थ्यो।
घडीघडी तिनका हात खुट्टाले त्यही भागमा कन्याइहेका हुन्थे।
एक दिन गाँउमा राउटेहरू आए। मैले राउटेले केटाकेटी छोपे लग्छन अनि तिनका देवतालाई केटाकेटीको वलि दिए पुजा गर्छन् भन्ने कुरा आफूभन्दा ठुला मान्छेवाट सुनेको थिएँ। म डरले थरथर काँप्दै घको वुइगल तिर लुक्न गएँ। वुइगलको सानु झ्यालवाट विस्तारै चियाएँ । राउटे पनि ठयाक्कै हामीजस्तै थिए। अलि कपडा कम लगाएका काँधमा काठको वाकस वोकेका देखिन्थे। तिनीहरू अलि टाढा पुगेपछि म वुइगलवाट भइमा झेरेँ। भोलिपल्ट तिनीहरूले जंगल घेरा हाले। सयौँको संख्यामा राउटेहरूले वाँदरको वथानलाई वीपी गोल घेरा वनाई छेकेर लठ्ठी भालाले लठ्ठी भालाले प्रहार गरी धेरै वाँदर मारेर तिनले आफ्नो शिकार वनाए भन्ने सुन्दा म वाँदर नभई मान्छे भएकोमा प्रसन्न थिएँ। तर एउटा त्रास मनमा फेरि वाँकी नै रह्यो कतै वाँदरलाई घेरा हालेझैँ हामी केटाकेटीहरूलाई पनि गाँउमा घेरा हालि छोपेर पूजा गर्न लिने त होइनन् विस्तारै ठूलो हुँदै गएपछि कुरा वुझ्दै गएँ। राउटेले केटाकेटी नलग्ने रहेछन्। त्यसै तिनलाई हाँउगुजी वनइएको रहेछ।
हिउँदमा हामी आलु लगाउँथ्यौँ।आलु फल्न थालेपछि दुम्सी मार्न शुरू हुन्थ्यो। दुम्सीसंग संम्वन्धित कहानीहरू धेरै सुनेको थिएँ तर प्रत्यक्ष साक्षात्कार गर्न पाएको थिइन।हल्दार काका एक पटक खेतमा पानी चारेर राति घर फर्किदा वाटोमा दुम्सीसंग जम्काभेट भएछ। उतावाट उज्यालो सल्काएर आएका काकाको टर्च लाइटमा आँखा परेपछी दुम्सी टर्चमा हेरेको हेरेई भएछ।काकाले यताउता छामछुम पार्दापार्दै दुम्सि टाप कसेछ। एकपटक आलुवारीमा राति दुम्सी लखेटन गएको हाम्रो कुकुरलाई शरीरभरि काँडा हानेर दुम्सीले घाइते पारेको थियो।कोही भन्थे दुम्सी खरायोजस्तो हुन्छ।छोटा छोटा खुट्टा हुन्छन्।सानु टाउको हुन्छ।शरीरभरी सिउडीकाझै काँडा हुन्छन।कुखुराको शरीरमा भुत्ला भएझै दुम्सीको शरीरभरि पनि काँडा हुन्छन्। ओरालोमा हतार परेको वेला दुम्सी हिँड्दैन।टाउकोलाई शरीर र काँडाभित्र लुकाएर माथिवाट मुढो लडाएझैँ गुटीमुटी भएर तल पुग्छ।अनि ठूलो चट्टान र भिरमा भएको ओडारभित्र पस्छ।
मलाई पनि कहीलेकाहीँ दुम्सीजस्तै भएर ओडारभित्र वस्न रहर लाग्थ्यो। दुम्सी पनि हिउदमा आफ्नो घरभित्र हामी मान्छेलेझैँ आगो वालेर वस्छ होला।राति सुत्ने वेला आफ्नो जिउ ढाक्ने छोटा कपडा ओढेर सुत्छ होला।ओडारभित्र ठिक्कको सानु धान हाल्ने भकारी राखेको होला।मान्छेको खेतवाट चोरेर लिएको धान त्यही भकारीमा हाल्छ होला।त्यो धान कुटने सानु ढिक्की हुन्छ होला।आफ्ना छोटा छोटा खुट्टाले दुम्सीले धान कसरी कुटछ होलारुमेरो वाल मष्तिष्कभरि यस्तै सोचाइ र जिज्ञासाहरू चक्कर काटथे। आलुबारीमा मान्छेका पुराना लुगा लगाइदिएका वुख्याँचा तैनाथ गरिन्थे।एक दुई दिन दुम्सी आउँथेन तर यी वुख्याँचा नै हुन भन्ने थाह पाएपछि दुम्सी फेरि आउन थाल्थ्यो। एकरात हल्दार काकाले आलुवारीमा आएको दुम्सीलाई आफै वुख्याँचा वनेर झुक्याएछन्।वुख्याँचाको आडमा लुकेर वसेका हल्दार काकाले दुम्सीको टाऊकोमा लठ्ठीले निर्मम प्रहार गरी मारेछन्। भोलिपल्ट विहान मैले मरेको दुम्सी देख्ने मौका पाएको थिएँ र दुम्सीप्रतिका धेरै रहर र जिज्ञासाहरू समाप्त भएका थिए। आफु दुम्सी नभएकोमा म आफैलाई धन्य सम्झदै थिएँ।
हिउँदको चिसो याम जताततै तुषारोको साम्राज्य फैलिएको हुन्थ्यो। जतिसुकै चिसो भएपनि खेतमा कलिला गँहुहरू ज्वरोले आत सुकेका विरामीझै भएका हुन्थे। म पनि कलिलो किसान वा आमाको आज्ञाअनुसार तिनै कलिला गँहुमा पानी चार्न विहानै खेतमा झरेको हुन्थे। माथि डाँडामा घर थियो तल गहिरोमा खेत थियो।घरवाट झर्दा त हिडाइको कारणले शरीरमा न्यानो नै छाइरहेको हुन्थ्यो।तर जति खेतका गह्राहरूमा पानि सिंचाई गर्न थाल्थे त्यति नै आफ्नो शरीरमा पनि जाडो सिंचित हुन थाल्थ्यो।मेरा दाँतहरू स्वचालित यन्त्रझै कटकट गरेर वज्न थाल्थे।हात खुट्टाका औलाहरू चिसोले कठयाङ्ग्रिएर आफसेआफ डल्लो पर्न थाल्थे र औलाहरूमा रक्त प्रवाह वन्द भएझै स्थिर, करेन्ट लागेझै झन्झनाहट र वरफ जमेझै चिसोपना फैलिएर म कक्ररयाक कुक्रुक परेको हुन्थे।शरीरमा लगाएको कपडाले जाडो थेग्ने स्थिति हुन्थेन र शरीरको जुनसुकै ठाँऊमा हात घुसारे पनि हात खुट्टा तातिदैनथे। म एक छिन टुक्रुक्क वसेर दुवै हातलाई दुई खुट्टाका गोली गाँठा मुनि छिराएर र दुवै कानलाई गोली गाँठानेर चेपेर स्कूलमा सरले झण्डै कुखुरा वनाउने आशनमा वसेको हुन्थेँ । तर पनि जाडोले मुटु छोइरहेको हुन्थ्यो। सूर्यदेवले दर्शन दिन अलि अलमल गरीरहेका हुन्थे।म न्यानो घामको पर्खाइमा हुन्थे।
हिउँदमा गँहुजस्ता हिउँदे खेति हुन्छ कम पानी भएपनि पुग्ने।वर्षामा वर्षे खेति हुन्छ।पानी धेरै नै चाहिने।वाँदर र दुम्सी पनि मौसम अनुसार आउछन्(जान्छन्।हरेक वर्ष साइकिलको पाङ्ग्राझै सवै मौसम घुमिफीरि आउछन। तर धेरै पछिसम्म पनि कुनै कुनै घटनाहरू क्यामेराले खिचेको तस्विरझैँ मानसपटलमा रहिरहन्छन्। हिउदको हिउ न्यानो घाम लाग्दा हिमालवाट विस्तारै पग्लेझै रातभरि परेको तुषारो विहानी पख पग्लदै विलाए जसरी स्मरणहरू पनि समय क्रम संगै विलाउँदै जान्छन्।पग्लिदै जान्छन्।मौसम त सधै वदलिरहन्छन्।दिनरात त सधै आइरहन्छन्( गइरहन्छन्।तर यस्तै स्मरण योग्य क्षणहरूनै हुन सधै मौसमझैँ घुमी घुमी आउने अरू त खोलाको पानीझैँ (समयको वहावझैँ पछाडि नफर्कि एकोहोरो वगिजान्छन्।