जलेको छ छाती पिरोल्दै छ मान्छे खुबै गर्छ भाती पिरोल्दै छ मान्छे । कहाँ शान्त होला दुखेको छ आत्मा भयो प्रेम घाती पिरोल्दै छ मान्छे । नपुग्ने कुरा थ्यो विनाअर्थ बोल्यो भयो शब्द थाती पिरोल्दै छ मान्छे । दिवा स्वप्न देख्दै गरेको छ शेखी कहाँ पुग्छ राती पिरोल्दै छ Read more
कुनै दिन सँगसँगै थियौँ तिमी र म त्यो यात्रामा । मलाई सम्झना छ भुन्टी दिदीको बारीमा तिल काटेको सम्झना छ बिर्खे दाइको घैया गोडेको कठेरीमा बूढी आमैले दिएको एकमुठी मकैले तीन दिनको भोक मेट्दै तादीको किनारै किनार गरेको यात्रा पनि । मैले बिर्सिएको छैन बिर्सिएको छैन लाप्राङको वनमा टिपेर खाएको Read more
कति ढले कति उठे हिसाब बाकी छ! ढल्नेहरुको तस्वीर तखता माथि छ! जरैदेखी उखेलेर मनभित्र सारेको हुँ ! हारमा पनि मुस्कुराउने मेरो बानी छ ! उठनुपर्छ तिमी पनि समुद्रको ज्वार झैँ ! सारा संसार जता देख्छु पानी पानी छ ! खै किन फूल्ने गर्छन् गमलामा फूलहरु ! बगैंचामा आहाँ Read more
तिम्रो प्यारको उपहासले एक्लिएको जीर्ण देह लिएर आइपुगेकी छु तिम्रो अदालतसामु मलाई न्याय देऊ बुद्ध ! पौडेर आफ्नै आँसुको पोखरी छिचोलेर छातीको आगाको लप्का पिएकी थिएँ युगौँयुग पुरानो सामाजिक बिष त्यही विषले तड्पिँदै अधीर आँधी आएकी छु तिम्रो ध्यानास्थलमा मलाई ज्ञान देऊ बुद्ध ! तिमीले दरवार छाड्नु ठीक अघि हाम्रो Read more
छिमेकका धामीहरुले, मलाई मसान बनाए बिना कारण संसारकै, नम्बरी बेइमान बनाए दुईचार जोगीहरुले मलाई नंग्याउँछु भनेछन् हिँजो भेटेरै सोधेँ, खै किन अर्कै बयान बनाए मान्छेहरुले मलाई, बुख्याँच्या बनाएछन् हेर्नुस् मात्र म जान्दछु, क्या बेकामको सामान बनाए जिन्दगी यसरी अड्कियो, अब फर्किन मान्दैन कहिले त रिस उठ्छ, कस्ले यी विमान बनाए Read more
प्रश्नै प्रश्नले कुजिएर थला परेको छ जीवन यतिबेला । सम्झिरहेछु त्यसबेला तिमीले फुलाइदिएको रातो सपना अटेसमटेस थियो मेरा आँखाभरि । रुखहरु, अँध्याराहरु, रातहरु, झाडीहरु, खोलाका बगरहरु, काँसबारी, सुनसान, एकान्त सबैतिर भेटिन्थे कसिला मुठ्ठीहरु, अनि मुठ्ठीहरुभन्दा कठोर लाग्ने संगिन निशानीहरु, जहाँ ताकिन्थ्यो विद्रोहको ज्वाला लप्किरहने आँखाहरु अनि ढालिन्थ्यो छिनभरमै आफ्नैजस्ता लाग्ने Read more
देशमा बाँकी एउटा, वशाह छ व्यक्तिको सम्पत्ति अथाह छ । भन राष्ट्रघातीहरू अहिल्यै तिमीहरूको राष्ट्रियता कहाँ छ ? सुनेर फैसला गर्छन् जनताले मुद्धा हेर्ने अदालतको चाहा छ । आगो झोस्दै हिँड्ने गरौँ साथीहरू अर्मुत बादशाहहरू जहाँ जहाँ छ । (भोजपुर) Read more
लिमी अनकण्टार भूगोलको काप कापमा च्यापिएको मानवता भग्न नग्न परिवेश छ भुगोलको पत्रदल र पुकेशरमा फुलेको छ हिउँ निलगगनलाई छुने अलिशान खाङवाहरु हिमाल चुम्न लालायित चाङवाहरु खण्डित भावनालाई सँगालेर सदियौँदेखि प्रतीक्षारत छ ल्हेम्हे अर्थात लिमी । हिमरेखाको समानान्तरमा उभिएका हयूलहरु जाङ हल्जी तील टाक1 टाकहरुमा कोपेर Read more
तिमी चुनावमा गएको बेला जस्तो थियो मेरो गाउँ त्यस्तै छ आज पनि तिमी गाउँ नफर्किएको पनि बर्षौँ भैसकेछ मलाई माफ गरे तिमी आफैँ गाउँबाटै भयौ बेपत्ता मेरी सानी अन्जान छोरीले च्यातिछिन् तिम्रो घोषणापत्र भन्थ्यौ नि असारे रोपाराको कछाडमा लत्पतिएका हिलोजस्तै यी गाउँलेका दुखहरु फेरि नफर्किनेगरी धोएर पखालिदिन्छु । Read more
सधै प्रफुल्ल भई कलकल बग्ने फन्को मार्दै सयौँ पहाडहरू घुम्दा नथाक्ने वितगको कञ्चन नदी म कलियुगीन बेथितिका रङ्गहरूसँगै रङ्गिदै हिजोआज नयनबाट धमिलो अश्रुधार बगाउँदै छु । म कहिले मेरा लागि बगेँ ? म कहिले मेरा लागि सङ्लिएँ ? म कहिले मेरा लागि गतिशील भएँ ? पानी नै जीवन हो Read more