जलेको छ छाती पिरोल्दै छ मान्छे खुबै गर्छ भाती पिरोल्दै छ मान्छे । कहाँ शान्त होला दुखेको छ आत्मा भयो प्रेम घाती पिरोल्दै छ मान्छे । नपुग्ने कुरा थ्यो विनाअर्थ बोल्यो भयो शब्द थाती पिरोल्दै छ मान्छे । दिवा स्वप्न देख्दै गरेको छ शेखी कहाँ पुग्छ राती पिरोल्दै छ मान्छे । छ सोझी छटाको 'सुमी' नैन नानी सबै कर्म जाती पिरोल्दै छ मान्छे ।।