आज एउटा समाचार पढेँ दु:ख लाग्यो गाउँ गाउँमा हाहाकार पढेँ दु:ख लाग्यो । शान्ति र शुसासन कहाँ छ ए सरकार ! बालिकालाई बलात्कार पढेँ दु:ख लाग्यो । छिमेकीले बारम्बार धावा बोल्दा हामिमाथि भयो उस्कै जय जयकार पढेँ दु:ख लाग्यो । असल हुनुको पुरस्कार मृत्यु रहेछ यस्तै अनेकौँ अत्याचार पढेँ दु:ख Read more
एउटै गाउँको एउटै सरकारी स्कुलमा एउटै कक्षाको एउटै सेक्सनमा एउटै लहरको एउटै बेन्चमा एउटै ऐच्छिक विषयका एउटै शिक्षकले सिकाएका, लेखाएका, घोकाएका एउटै प्रश्नका एउटै जवाफ घोकीघोकी उस्तैउस्तै अङ्क ल्याएर परीक्षा पास गर्ने तिम्रो र मेरो दुनियाँ बेग्लै बेग्लै छ अहिले । झोला भिरेनौँ हामीले स्कुल जाँदा बाक्ला पाठ्यपुस्तकका पातला गाताहरू Read more
मालिकले कट्टु खोलेर टाउकोमा बेरेपछि दासहरूले ताली पिटेर भने- `आहा! मालिकको अलौकिक नयाँ टोपी !´ मालिकले अँध्यारोलाई उज्यालो भनेपछि उनीहरूले दर्शनका ठेली पल्टाउँदै भने- `आहा ! आफै भित्रको दिव्य दृष्टि !´ मालिकको मृत्युपछि दासहरू नयाँ मालिकको खोजीमा बाहिर निस्किए र भने - `एउटा पागल बदनाम भएर मर्यो ।´ (चितवन) Read more
पानीको थोपा रहेछ सम्झना खसेर जान्छ कि कतै हृदयको अन्जुलीबाट । सधै भन्ने गछ्र्याै तिमी मलाई ओ ! निष्ठुर मान्छे लाग्दैन अलिकति पनि लाग्दैन तिमीलाई मेरो माया । थाहा छ के तिमीलाई तर कति बेइमान छ यो छातीको देब्रे कुना अनायासै आइदिन्छ बोकेर तिम्रा यादहरू परेलीमा बेइमान त म छु Read more
प्रश्न त तिमीले सोधेका हौ सधै..! खुसी भई हाँस्दा स-साना प्राप्तिहरूमा, सोधेका हौ- ‘हैन छोरै पाइस् कि क्या हो ?’ भनी ! मानौँ, म छोरो भै जन्मेर मेरा बा-आमाको जीवन फेरिएको थियो ! अलिकती सुकिलो लगाउँदा उत्साहहरूमा, सोधेका हौ- कुन लाहुरेले दियो र लगाइस् ? मानौं, मैले पौरखले नयाँ Read more
अब भोलि एउटा छोटो चिनारी हुनेछ सातै जुनी सँगै काट्ने तयारी हुनेछ । घण्टौँ सडक जाम भयो, बाटैमा बिरामी मरे पक्कै आज मन्त्रीज्यूको सवारी हुनेछ । जनता सोध्छन पेटभरि खाना कहिले मिल्छ ? आश्वासन त दिए आफ्नै खेतबारी हुनेछ । आफ्नो कोमल मुटु दिई जुनीभरि कुर्यौ बिर्सिएछौ ऊ त Read more
तिम्रो निधारको पहराबाट नाकको भञ्ज्याङ हुँदै तलतल खसिरहेको पारदर्शी ऐनाजस्तै पसिनामा किन सफेदपोस मालिकहरूको कुटिल मुस्कान चम्किरहेको देखिन्छ ? ए! मजदुर दाइ पहरा फोरेर छहरा भई सागर लम्किरहेको नदीलाई सोधी हेर त । तिम्रो फोक्सोको खलाँती पैँचो मागेर खेतका गराहरूमा महकिलो लय हालिरहेको भदौरे बतासको मिठो बयेलीमा किन Read more
शान्तमा अति शान्त सुन्दरमा अति सुन्दर प्रकृतिमा निछट्टो प्राकृतिक चञ्चलतामा विछट्टै चञ्चल भर्जिनमा अति भर्जिन अचम्ममा साह्रै अचम्म यी सबैको उचाइ एक पटक नाप्नुछ भने चुचेमारा र काञ्जिरोवाको आडमा छायाँनाथ र ऋणमोक्षको आशिर्वादमा अजम्मरी बूढो नहुने जवानी पाएकी स्वर्गकी अप्सरा ! हिमालकी रानी ! नेपालकी जननी ! रारा हेर्न आउनु Read more