मालिकले कट्टु खोलेर टाउकोमा बेरेपछि दासहरूले ताली पिटेर भने- `आहा! मालिकको अलौकिक नयाँ टोपी !´ मालिकले अँध्यारोलाई उज्यालो भनेपछि उनीहरूले दर्शनका ठेली पल्टाउँदै भने- `आहा ! आफै भित्रको दिव्य दृष्टि !´ मालिकको मृत्युपछि दासहरू नयाँ मालिकको खोजीमा बाहिर निस्किए र भने - `एउटा पागल बदनाम भएर मर्यो ।´ (चितवन)