निश्छल प्रेम होस् मर्यादित यौन होस् विभेदको अन्त होस् मुक्तिको गीत गाऔं— कहिल्यै लेखेनौ ! पसिनाको मूल्य खोजौं मान्छे छुत-अछुत हुँदैन नारी-पुरूष बराबरी हुन् न्यायको आवाज उठाऔं— कहिल्यै लेखेनौ ! स्वाभिमानले शीर ठड्याऔं भोकको ब्याकरण हल होस् श्रमिकहरू धर्तीका मालिक हुन् आमाको पनि एक चपरी माटो होस्— कहिल्यै लेखेनौ ! Read more
दियोमा बत्ती फेरि,उसैगरी बाल्नुपर्छ जिन्दगीभर सँगसँगै, पाइला सार्नु पर्छ । किन मान्छौ पीर, घरीघरी मन दुखाएर नदुखाऊ मन, आऊ अब, हामी हाँस्नु पर्छ। मैले भने नि आँशु नझार, पीडाका अब मेरो हात समाऊ, सारा काँडेतार नाँघ्नु पर्छ। हो ढिलो छिटो हुन सक्छ, धैर्यता गर तिमी चोखो मायामा हार हुँदैन, जित Read more
अलि हाँस्दै अलि बस्दै उठेको छ जिन्दगी यहाँ लडखडाउँदै आत्मबलले उभेको छ जीन्दगी यहाँ । रामको युग न हो यो यशु मसिहा युग न हो यो , लड्दै मर्दै जीवनसँग कति बाँचेको छ जीन्दगी यहाँ । हाँस्दै होलान् कोही बाँच्दै होलान् खुशीले कति तर दुई छाक जुटाउन कसरी चलेको छ Read more
घर अगाडिको साँघुरो सडक मसँग आफ्नो फैलावट माग्छ । बगैँचाका ढकमक्क फूलहरू मसँगै माग्छन् सुवास । बगिरहेको नदी मसँग माग्छ आफ्नो प्रवाह । चराहरू माग्छन् चिर्बिराउने अनुमति मैसँग । घुम्दाघुम्दैको पृथ्वी टक्क अडिन्छ र, माग्छ गति मसँग । एउटा सिद्धहस्त तर, पुरातन कविबाट लेखिँदै गरेको कविता कविको आँखा छलेर आउँछ Read more
एकेक गरी बदलिँदै जान्छन् इन्द्रेनीका सातै रङ्ग म एक एक गर्दै पालैसँग डुब्छु – पौडिन्छु सबै रङ्गमा । घर भित्र- बाहिर इत्रिन्छन् मिठा अनुभूतिहरू उल्लासहरू खेल्छन् आँगनभरि कुण्ठाहरू उड्छन् खुल्ला अकासमा तातो हावा सुस्तरी बहिरहेको उसकै मनजस्तो बगिरहेको थियो खोला तिर्खाइरहेको थियो बगर । तिमी तिम्रा खोल्साहरू सँगालेर गयौ म Read more
लापता छ भविष्य घर लथालिङ्ग तिमी हुन्छौ .. आफ्नै परिवार भित्र, भिन्न म छु यहाँ तिम्रो लागि खिन्न हो … देशै चिन्न राजनीति नजान्ने को हुन्छ कुटनीति भिन्न आधा तँलाई आधा मलाई भागै लगायो देशै लुट्न बाऊ बाजेको धरोट थाम्न सक्तैन अब प्रजातन्त्र किन्न । (म्यानमार) Read more
(१) जनता छन् पीडामा, सत्ताको खेल छ उता गाह्रो भयो किनी खान बढेको तेल छ उता कोरोनाको कहर उस्तै, प्रकृतिको पनि उस्तै बाँच्ने कसरी हो बाढी पहिरोको भेल छ उता ।। (२) मसँग त केवल यो दिल टुटेको कथा छ बिना कारण तिम्रो साथ छुटेको कथा छ मायाले चोट Read more
यसपालिको बाढीमा छानो भत्केको छ विश्वासको, आधार स्तम्भहरु हल्लिएका छन् आस्थाका, द्वेष र आक्रोशको जलस्तर बढेर डुबाएको छ आँगन आत्मीयताको र फेल भएका छन् गणितीय समीकरणहरु । यसपालिको बाढीले सजिलो पारिदिएको छ हामीलाई, नदी जानु परेको छैन माछा मार्न, पानी हाल्नु परेको छैन चामल भिजाउन, घर पानीमा डुबे पनि घरको Read more
आरनजस्तै जीवन बाँचेको एउटा मान्छे देश बनाउँन खलाँतीमा फुक्छ आफूजस्तै तातो आगो उसको मन पाकिरहन्छ सधैँ आफैँले पिट्दै गरेको रातो फलामझैँ । बिस्टका लुगा सिउने सियोले सिउन सक्दैन ऊ च्यातिएर धुजा धुजा भएको आफ्नै मन आफू नाङ्गै खुट्टा हिँड्न सक्ने उसले बनाउँछ आफैँलाई कुल्चनेका लागि बुट । आफ्नो छातीभित्र सिङ्गो Read more
देश बिरालोले भरिएको छ जङ्गलमा वनमारा बढेझैं नयाँ नयाँ बिरालाहरु नयाँ साइनो लिएर हल्ला गरिहेका छन् आवाजविहीन भएको छ देश जताततै कहिले गुर्रगर्र कहिले म्याउँम्याउँ गर्दै बिरालाहरु नयाँ साइनो जोड्न र पुरानो साइनो तोड्न कहिले ओल्लो दरबार र, कहिले पल्लो दरबार कुदिरहेका छन् । कोही एउटै जातका हामी भन्दै आफ्नो Read more