अलि हाँस्दै अलि बस्दै उठेको छ जिन्दगी यहाँ लडखडाउँदै आत्मबलले उभेको छ जीन्दगी यहाँ । रामको युग न हो यो यशु मसिहा युग न हो यो , लड्दै मर्दै जीवनसँग कति बाँचेको छ जीन्दगी यहाँ । हाँस्दै होलान् कोही बाँच्दै होलान् खुशीले कति तर दुई छाक जुटाउन कसरी चलेको छ जिन्दगी यहाँ । जसलाई सुख छन् उनी महलमा हाँसिरहेका छन् गरीब भाग्य मनसँगै जलेको छ जिन्दगी यहाँ । भाग्यले दिएपछि चोट एउटै कहाँ दिँदो रैछ त साथी चारै दिशाबाट अब त छेकेको छ जीन्दगी यहाँ । (हन्टुपाडा, डुवर्स, भारत)