उहिले उनीहरू गाउँमा आउँथे रगत सुकेर रोगाएको अनुहार भित्र गाडिएका अनौठोसँग चम्किने आँखा लिएर । भोक र रोगले पहेंलिएका उनीहरू राता मान्छेका कुरा गर्थे राता किताब पल्टाउँथे र पढाउन सुरु गर्थे । उबेला राता किताबभित्र मार्क्स, एङगेल्स, माओ र होचिमिन्हहरू थिए । अहिले उनीहरू शहरमा देखिन्छन् रातो कपाल फुलेको Read more
निभ्ने बेलाको दियो यसरी चर्किएको छ मानौँ तेल होइन उसले मदिरा पिएको छ खै के सम्झिन्छ र यसरी टोलाइरहन्छ ऊ सायद सँगै लडेको ‘जिन्दगी’ सम्झिएको छ काम त के के पो गर्ने हुन् कुन्नि यिनीहरुले नाम चाहिँ सगरमाथा जस्तै चुलिएको छ मृत्यु पनि लजाएर जाने छ हेरिरहनुहोस् उसको स्वाभिमान यस्तो Read more
समयका डोबहरु अघि बढ्दै गर्दा उसले समयका तगारोहरु चिनीसकेकी छ चेतना र उर्जामाथि घुम्टो ओढाएर अन्माएको नमिठो स्मरण ऊभित्र घाउ बनेर बल्किरहेको छ त्यही दर्दले हिजोआज छोरी माइत आउँदिन । उसले बुझेकी छ उसले थाह पाइसकेकी छ मात्र दुई वर्ष जेठो दाजु राष्ट्रको गाथा बनेको छ ऊ आफू सानो टोलको Read more
मुट्ठी बटारेर एक बथान मुर्कुटाहरु सडकभरि पोखिए र नारा लगाए सहिदको सपना साकार पार्छौं ! उसैगरी मलसाँप्राहरुको एउटा जत्था असरल्ल निस्के चोकैभरि र कुर्ले बेजोडले गाँड फुलाएर सहिदको सपना साकार पार्छौं ! जङ्गलबाट एक हुल ब्वाँसाहरु त्यसरी नै छरिए सहरभरि र चिच्याए झन् बेस्मारी चर्कोसँग सहिदको सपना साकार पर्छौं । Read more
(१) फूल लाउँ कि तरकारी बारी बाँजियो जागिर छोडौं, सरकारी बारी बाँजियो के गर्ने ? के नगर्ने ? गाह्रो पर्यो हे प्रभु को भेटिएला मनकारी ? बारी बाँजियो । (२) दक्षिणा फिर्ता माग्नेलाई साधुवाद कर्तव्य छोडी भाग्नेलाई साधुवाद सच्चा देशभक्त नागरिक हुँ भन्दै देश–द्रोहमा लाग्नेलाई साधुवाद । (३) जनै फेर्नै Read more
अचेल तिमी र जून उस्तै उस्तै लाग्छ । हल्दी पितल र सुन उस्तै उस्तै लाग्छ ।। जून आकार बदल्छ र तिमी विचार । र त दोष र गुण उस्तै उस्तै लाग्छ ।। जून आकाशमा छ र छौ धर्तीमा तिमी । तिम्रो खुसी र मनसुन उस्तै उस्तै लाग्छ ।। चिन्न नसके Read more
(१) जुन भाँडोमा हाल्यो पानीको उस्तै आकार हुन्छ यौन पिपासुलाई आँसुको हैन मासुको बजार हुन्छ कुरा मात्र ठूला आदर्श प्रेम र समर्पणका व्यवहारमा लमतन्न सुत्नु उनीहरुको संसार हुन्छ । (२) मेरो पीडाको साक्षी एक मात्र अनिदो रात र सिरानी छ त्यही अन्धकारमा घातकै अध्याँरो छ कालो कहानी छ त्यसैले लेख्यो Read more
कतै सजिलो बाटो कतै भिरको बाटो आउ सङ्गै बाँचौ हामी तक्दिरको बाटो । बरु काटेर सिमानामा रगत चढाउनु प्रिय हिँड्नुभन्दा दुस्मनका पाउ यो शिरको बाटो । यसकारण सम्वन्धमा पूर्णविराम लाग्यो, जब हिँड्यो तिम्रो प्रेम शरिरको बाटो । सन्तानकै खुसी किन्नका लागी भनेर बा सधैं हिँड्छन अभाव र पिरको बाटो । (बर्दिया) Read more
जता तान्यो त्यतैतिर तन्किन्छ तलतिर तान्यो-तलैतिर तन्किन्छ माथितिर थुत्यो-माथितिरै थुतिन्छ जता तान्यो-त्यतैतिर तन्किन्छ कण्डम जस्ता मान्छेहरू । टोलमा हेर्यो-टोलमै पनि गाउँमा हेर्यो-गाउँमै पनि जताततै बजारमा पनि कोलेनीमा अनि सहरमा-सबैतिर सजिलै पाइन्छन् सजिलै भेटिन्छन् कण्डम जस्ता मान्छेहरू । मूल्य लाग्छ सामान्य जस्ता महत्व नाप्यो महंगो जस्ता आवश्यकतामा सौदाबाजी हुने नत्र Read more
म रहरहरुको शहरमा छु पुजिवादको कंक्रिट जंगलभित्र रोग, भोक र शोकको कहरमा छु । यो शहरमा मान्छे मरेपछि लगिदैन घाटमा लगिन्छ सिधै आइसियु र भेन्टिलेटरमा जहाँ पैसाको बिटामाथि चिता बनाएर जलाइन्छ जिउँदा लाशहरु लाशसगै जल्छन घरबार/खेतबारी/हलगोरु मानौँ बैतरणी गरिन्छ त्यहाँ सेता कोटे पण्डितहरुबाट जहाँ शोकको महासागरमा मान्छेलाई डुबाएर यो शहरले Read more