सिकागो, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा रङहरूको पर्व, फागुसँगै विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्द्धनको महान् अभियान बोकेर अघि बढिरहेको यस संस्थाले नेपालका चाडपर्वहरू विशेष एवं विभिन्न विशिष्ट साहित्यकारहरूका जन्म-जयन्तीलगायत कार्यशाला तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको Read more
चैत्र १५, लालबन्दी, सर्लाही । लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७ (३) बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी Read more
२०७७ चैत्र ८ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले Read more
चैत्र ७, काठमाडौँ । कवि तथा सञ्चारकर्मी एलिसा ढुङ्गाना सम्मानित भएकी छिन् । क्लासिक एफएममा कार्यरत ढुङ्गाना पत्रकारिताको माध्यमबाट जनस्वास्थ्यसम्बन्धी सामाजिक चेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान पु¥याएबापत ओम समाज डेण्टल अस्पतालद्वारा सम्मानित भएकी हुन् । ओम समाज डेण्टल अस्पताल तथा डेन्टल एशोसिएसनको सहकार्यमा विश्व मुख स्वास्थ्य दिवसका Read more
४ चैत्र २०७७, काठमाडौँ । कवि अनिता लामा सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरू लेखिरहन्छिन् । समसायिक घटनाहरूले उनलाई तत्क्षण छुन्छन् र सिर्जना कोरेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छिन् । ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरी ३ ओटा कविता संग्रह ल्याइसकेकी अनिता मंगलबार एकल कविता वाचनमा उत्रिइन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा Read more
फागुन २८, नेपालगन्ज । नेपाल प्रज्ञा–प्रतिष्ठान र भेरी साहित्य समाजको संयुक्त आयोजनामा नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव–२०७७ सुरु भएको छ । उक्त दुई दिने गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन शास्त्र र सामाजिक शास्त्रसँग सम्बन्धित विविध Read more
अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे । अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र लीला लुइटेलले Read more