उखुका कथा लेखिए किसानका ब्यथा लेखिए उखुकै कविता रचिए पढ्नेले वाह भन्यो सुन्नेले मार्मिक भन्यो तर, उखुहरू कवितामै मिठा भए किसान कथामै हराए । आज उखु बेचेर सहर पसेका किसान भोलि आँसु बेचेर घर फर्किन्छ थाहा हुँदाहुँदै पनि न्यायमूर्तिले नसुन्ने भए नदेख्ने भए हुन पनि मूर्ति न हुन् सजाइएका Read more
१२ पौष, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘मातृभाषाको रूपरेखा’को पहिलो खण्ड प्रकाशित भएको छ । भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट प्रकाशित पुस्तकको सम्पादन विभागीय प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. कर्णाखर खतिवडाले गर्नुभएको छ । पुस्तकभित्र किराँती–काँेइच (सुनुवार) भाषाको रूपरेखा (लाल–श्याँकारेलु राप्चा), कोयी भाषाको रूपरेखा (तारामणि राई), चाम्लिङ Read more
प्रश्न त तिमीले सोधेका हौ सधै..! खुसी भई हाँस्दा स-साना प्राप्तिहरूमा, सोधेका हौ- ‘हैन छोरै पाइस् कि क्या हो ?’ भनी ! मानौँ, म छोरो भै जन्मेर मेरा बा-आमाको जीवन फेरिएको थियो ! अलिकती सुकिलो लगाउँदा उत्साहहरूमा, सोधेका हौ- कुन लाहुरेले दियो र लगाइस् ? मानौं, मैले पौरखले नयाँ Read more
अब भोलि एउटा छोटो चिनारी हुनेछ सातै जुनी सँगै काट्ने तयारी हुनेछ । घण्टौँ सडक जाम भयो, बाटैमा बिरामी मरे पक्कै आज मन्त्रीज्यूको सवारी हुनेछ । जनता सोध्छन पेटभरि खाना कहिले मिल्छ ? आश्वासन त दिए आफ्नै खेतबारी हुनेछ । आफ्नो कोमल मुटु दिई जुनीभरि कुर्यौ बिर्सिएछौ ऊ त Read more
काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई श्रोतामाझ आएका हुन् । उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ Read more
तिम्रो निधारको पहराबाट नाकको भञ्ज्याङ हुँदै तलतल खसिरहेको पारदर्शी ऐनाजस्तै पसिनामा किन सफेदपोस मालिकहरूको कुटिल मुस्कान चम्किरहेको देखिन्छ ? ए! मजदुर दाइ पहरा फोरेर छहरा भई सागर लम्किरहेको नदीलाई सोधी हेर त । तिम्रो फोक्सोको खलाँती पैँचो मागेर खेतका गराहरूमा महकिलो लय हालिरहेको भदौरे बतासको मिठो बयेलीमा किन Read more
असौजको महिनाको मध्य भए पनि यस पटक पानी नपरेको हुनाले हिलो थिएन । तीस–पैतीस वटा घर थिए, तर सम्मो नहुनाले छरिएका थिए । आर्थिक स्तर उस्तै उस्तै भएका यहाँका बासिन्दाहरू बाहुन क्षेत्री र घर्तीहरू थिए । आफ्नो खेतीले खान पुग्ने कोही थिएन, सबैले बेसाउँथे । यो बेसाउने मौसम नै थियो Read more