नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘युगकवि सिद्धिचरणका बालकविता’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा युगकवि सिद्धिचरण श्रेष्ठका फुटकर रूपमा छरिएर रहेका, विभिन्न कृतिहरूमा प्रकाशित तथा अप्रकाशित अवस्थामा रहेका ४७ ओटा बालकविताहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ Read more
शत्रुको हातबाट बाँच्नलाई अन्धाधुन्ध फाल तोड़्दै भागिरहेको थकित मृगझैँ जनता सबै यहाँ थकित छन् विवादित छन्। एकनासले लगातार बगिरहेको बर्खा यामको उर्लंदो खहरेले एउटा विशाल पत्थरलाई टुक्रा टुक्रा पारी सा-साना बालुवामा परिणत गरेझैं जनता सबै यहाँ विभाजित छन् जात जातमा झन्डा झन्डामा। वसन्तको आगमनमा नवपालुवाहरूले कोपिलाहरूले हरित मुनाहरूले फक्रिएर सारा Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती मनाएको छ । जुम प्रविधिका माध्यमद्वारा मनाइएको उक्त जयन्ती कार्यक्रममा समालोचक लीला लुइटेलले देवकोटाको बहयआयामिक पक्षमा प्रकाश पारेकी थिइन । कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा, अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा बिओटी Read more
'म' बस्नको निम्ति भित्र पसेको छु 'तिमी' बाहिर निस्कन मभित्र पसेकी छौ त्यसैले 'म' तिमीसँग जस्तै भएपनि छु रहन्छु । 'म' शान्त छु आक्रान्त छु आफ्नै तातोमा भत्भत् पिरोलिन्छु आफ्नै जाडोमा कक्रिएर बस्छु यही भाषाको मकलमा यस्तै यिनै शब्दका झिल्का तापेर बस्छु- छु तिमीभित्रै पसेकी भएपनि मेरो यस्तो शान्त मुद्राले Read more
२०७८ कार्तिक १७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा बुधवार ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’को आयोजना गरिएको छ । कार्यक्रम सुरु हुनुअगि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरू, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, Read more
मान्छे, समाज र संस्कृति एक आपसमा यति घनिष्ट र संस्लिष्ट छन् कि एउटाको अभावमा अर्कोको अस्तित्व कायम रहन सक्दैन । हामी जहाँको समाज र संस्कृतिमा जन्मिन्छौँ अथवा हुर्किन्छौँ त्यहीँको जस्तो हुनुपर्छ र त्यहीँको जस्तो भएर बाँच्नु पर्छ । बाँचेन भने ऊ किन त सुकरात बन्नुपर्छ कि त कौटिल्य बन्नुपर्छ । Read more
तिहारको बेला देउसी भैलो मेला हेर्न साथी जाम्ला ओखर घाँजी खाम्ला तोरण बाटी गरेर फुलपाती भरेर गाईलाई दयो लगाई खाम्ला सेल बनाई काग कुकुर पुजा गोवर्धन पुजा साँझ दिपावली लाम्ला मखमली भाइटिकाको दिन जाऔंला दिदी लिन ठूली दिदी आउछिन् झिनी फिनी ल्याउछिन् सानी दिदी आएर बसुधारा राखेर भाइटिका लगाउँला Read more





