तिहारको बेला
देउसी भैलो मेला
हेर्न साथी जाम्ला
ओखर घाँजी खाम्ला
तोरण बाटी गरेर
फुलपाती भरेर
गाईलाई दयो लगाई
खाम्ला सेल बनाई
काग कुकुर पुजा
गोवर्धन पुजा
साँझ दिपावली
लाम्ला मखमली
भाइटिकाको दिन
जाऔंला दिदी लिन
ठूली दिदी आउछिन्
झिनी फिनी ल्याउछिन्
सानी दिदी आएर
बसुधारा राखेर
भाइटिका लगाउँला
सबैजना रमाउँला ।
(गुल्मी)