मंसिर १९, काठमाडौं ।
आज नेपाल संवत ११४२ आज मनाइँदै छ । नेपाल देशको नाममा स्थापित यो संवत नेपालको मौलिक संवत हो ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले बालुवालाई सुनमा परिणत गरी राज्यका सम्पूर्ण जनतालाई ऋणमुक्त गरिदिएर महान् काम गरेवापत यो संवत् सुरु गरिएको भन्ने किंवदन्ती छ । नेपाल संवत वि.सं ९३७ (सन् ८८०) देखि सुरु गरिएको हो ।
नेपाल संवतले पृथ्वीनारायण शाहको उपत्यकामा शासन सुरु नभएसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । यो संवत लिच्छिवी कालीन राजा राघवदेवको पालादेखि सुरु भएको थियो ।
अहिले संवतलाई नेवार समुदायले मात्र मनाउँदै आएबाट यसलाई नेवार समुदायको संवत मात्र हो भन्ने भ्रम रहेको छ । प्रत्येक वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलीखेल लगायत नेवार समुदायको बाहुल्यता रहेको ठाउँमा यो संवत धुमधामसँग मनाइने गरिन्छ ।
२०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।