चिसो र तातो मिसाउँदा चर्किन सक्छ अझ फुट्न सक्छ सिसाजस्तै आखिर मानिसको दिल पनि त सिसाजस्तै हो चर्किजाने फुटिजाने जब चिसो वचनले तातो मुटुमा छुन्छ मुटु चिराचिरा पर्छ । तातो तातो भाषण गर्दा थाहै हुदैन कुनै दिन त्यो जमात त्यो ताली त्यो झूठो तारिफ सेलाएर चिसोचिसो हुन्छ । अनि Read more
हामी देखा पर्दा-पर्दै स्वयं ओझेल हुन्छौँ उकाली चड़दा-चड़दै स्वंय चिप्लेर तल झर्छौं हामी कराउँदा-कराउँदै हराराउँछौँ हामी पाखुरा सुर्काउँदै डराउँछौँ हिँड़दा-हिँड़दै हामी पाइलापछि लर्बराउँछौँ यस्तै छ हाम्रो हाल, सिंहासन नपाई हामी राजा हुन्छौँ सूरतालमा हड़ताल मात्र जान्दछौँ बिहानदेखि साँझसम्म हामी आफैलाई खोज्दै हिँड़छौँ । आँखामा पट्टी बाँधेर हामी Read more
तिम्रा दिन उल्टिने छन् त्यहिले जहिले म चाहन्छु । आगामा पेट्रोलको मिश्रणसरी प्रकोप पूर्व सूचीलाई मेट्न चाहन्छु । अवरोध सितारको तारले बन्दी गृहबाट छुटेको त्यो अवतार हेर्न चाहन्छु । (म्यानमार) Read more
पाउ सडकमा होइन सडक पाउमा राख्यो हामीलाई प्रत्येक पल्ट बहकाउमा राख्यो । बोली–बोलीमा शीतल मल्हमको कुरा ग¥यो नुनचुक चहराइरहेको घाउमा राख्यो सांस्कृतिक रूपान्तरणको साह्रै गुड्डी हाँक्यो तर आफ्नै छोरीलाई साँघुरो छाउमा राख्यो सुशासन र समृद्धिको ठूलो भाषण छाँट्यो राख्ने बेला हाम्रो जिन्दगीलाई दाउमा राख्यो एक्काइसौँ शताब्दीको Read more
अचम्मै भो डिभी परेपछि पुर्पुरोमा भाग्य सरेपछि । पारिबाट हल्लायो दुबै हात सुनकोशी नदी तरेपछि । ठूलो राम्रो अम्रिकन अफिसमा कागजपत्र सबै भरेपछि । लाग्ने डलर तुरून्तै सारिए रिन सापट जोहो गरेपछि । बा आमाले आँसु छोप्नु भयो चेकइन गर्न काउन्टर झरेपछि । (लस एन्जेलस) Read more
अन्धकार कुनामा अविदित कालदेखि शून्य मन लिएर शून्यतामै अल्झिरहेको म अजीव भ्रुणलाई स्वाट्ट जन्माइयो हाँसो दिवसको दिन र भनियो आज हाँसो दिवस हो ओठ कानसम्म पुग्ने गरेर संसारले सुन्ने गरेर हास्ँनु पर्छ हा हा हा ! अलमल्लमा परेँ र सोधेँ भावशून्य मन लिएर कसरी हाँस्ने ? तब निकालियो मलाई मेरै Read more
एउटै गाउँको एउटै सरकारी स्कुलमा एउटै कक्षाको एउटै सेक्सनमा एउटै लहरको एउटै बेन्चमा एउटै ऐच्छिक विषयका एउटै शिक्षकले सिकाएका, लेखाएका, घोकाएका एउटै प्रश्नका एउटै जवाफ घोकीघोकी उस्तैउस्तै अङ्क ल्याएर परीक्षा पास गर्ने तिम्रो र मेरो दुनियाँ बेग्लै बेग्लै छ अहिले । झोला भिरेनौँ हामीले स्कुल जाँदा बाक्ला पाठ्यपुस्तकका पातला गाताहरू Read more