हामी देखा पर्दा-पर्दै
स्वयं ओझेल हुन्छौँ
उकाली चड़दा-चड़दै
स्वंय चिप्लेर तल झर्छौं
हामी कराउँदा-कराउँदै हराराउँछौँ
हामी पाखुरा सुर्काउँदै डराउँछौँ
हिँड़दा-हिँड़दै हामी पाइलापछि लर्बराउँछौँ
यस्तै छ हाम्रो हाल,
सिंहासन नपाई हामी राजा हुन्छौँ
सूरतालमा हड़ताल मात्र जान्दछौँ
बिहानदेखि साँझसम्म हामी
आफैलाई खोज्दै हिँड़छौँ ।
आँखामा पट्टी बाँधेर हामी
सूर्योदय पर्खी बस्छौँ
यस्तै छ हाम्रो चाल
यस्तै छ हाम्रो हाल।
(नयाँ दिल्ली, भारत)