अन्त्य गङ्गाजिको भेट्न सक्दिनँ म । घाँटी विश्वासको रेट्न सक्दिनँ म । के तितो हुन्न र ओखतीको रस ? दूधले तिर्सना मेट्न सक्दिनँ म । सक्छु छोप्नै यहाँ कर्म यी तैपनि, हातले सूर्यचैँ छेक्न सक्दिनँ म । जोसुकैले गरुन् जेसुकै धर्तिमा, मूल्यको मर्ममा खेल्न सक्दिनँ म । लड्छु उस्तै परे युद्धमा यद्यपि, युद्ध तिम्रासँग थेग्न सक्दिनँ म । गर्दछन् हेलना छेउका 'तीर्थ' कै भित्रकै देउता हेप्न सक्दिनँ म । (बैतडी)