विचारका शैलुङ्गेहरूमा स्तब्ध रातहरू चिर्दै हिमपातमा पौँठेजोरी खेल्दै तिमी उठेको बेला मुस्कुराउँछन् राताम्मे गुराँस र लालुपाते । मेरो देशको विशाल छातीमा आत्मीयताका उर्वर बीज रोप्दै तिमी निस्केका बेला सगरमाथा र माछापुच्छ्रेले ताली बजाउँछन् ! हृदयको चेतलाई प्रणको दरिलो कुटे कोदालोले खन्दै निर्माणमा जुटेका बेला नेपाली माटोले युगीन जीवनको अभिवादन ठोक्छ Read more
त्यसपछि देखिन्छ अखबारको एउटा कुनामा रंगीन अन्डरवयरको विज्ञापन अर्कापट्टी छ, लगौंटीमा साधुको तस्वीर अकस्मात कविको मानस पटलमा केही झिल्को पस्छ ‘इन्द्रीय, लगौंटी र ब्रह्मचारी’ सम्भवत यस्तै शब्दहरुले फन्को मार्छन् अनि लेख्छन् कविता ‘ब्रह्मचारीले सात वर्षीया बालिकामाथि उत्तेजनाले उचाले लगौंटी’ तर म बुझ्दिन ब्रह्मचारी या बलात्कारी ? किरिङ मिरिङ हुन्छ मष्तिस्क Read more
(१) गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन देशको लागि लड्न र मर्न तयार रहन्छ सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन । (२) सहज - सरल, असल, सुशील बानी हुनुपर्छ सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति मै हुँ भने Read more
मुस्कुराइरहेछ त्यो घाट मलाई हेरेर, धिक्कार्छ आफ्नै ललाट मलाई हेरेर। थाहा छ उसलाई, म सादा जिन्दगी हुँ , किन सिङ्गारिएर बस्छ हाट मलाई हेरेर ? औँठी साटेको एक वास्तविकता म हुँ, नगर्नुस् जवानी साटासाट मलाई हेरेर । होलीजस्तै रङ्गीन जीवन हुनेछ भन्थ्यो, के सोच्दो हो मेरो सम्राट मलाई हेरेर? उड् Read more





