ऊ जन्मिनु भन्दा पहिला नै उसको भाग्य लेखिइसकेको थियो ऊ जन्मेपछि उसको नाम पनि लेखियो भाग्यले ठगेको भाग्गे दमाई उसलाई न आफ्नो नामको अर्थ थाह थियो न आफ्नो कामको स्वार्थ थाह थियो न कहिल्यै सोध्यो उसले भाग्यलाई ऊ किन अछुत भयो ? बरु ऊ आफ्नो कर्म गरिरह्यो टालो र धागोसँग Read more
पृथ्वीको सबैभन्दा ठुलो अहङ्कार भोक, जसको नामले चलेको छ सभ्यताको रथचक्र । उनीहरूको समस्त प्रार्थनाको मूल भोक, जसलाई घेरेर बसेका छन् ईश्वर, अल्लाह र यीशुको सशरीर प्रतिध्वनी । प्रेमको बाँझो खेतमा जसरी उमिँदै छन् अनाम झारका जङ्गल जहाँ लहलह बढ्दै छन् आक्रोश र विद्रोहका बिरुवाहरू। भोकको प्रार्थना कालमा अल्मलिन्छ Read more
उहिले नै छोराछोरीले धानको भात खान पाओस् भनेर बा / हजुरबाहरु फेदेन हुदै - हुदै मधेस झरे । र झर्यो उनीहरूसंगै आँखाको कोषमा टास्सिएर पल्लो किराँतको यादहरु । बालकै देखि हामीले पनि पल्टाइरह्यौ बा / आमाले बोकी ल्याएका यादहरुको एल्बम । पुजीरह्यौ उस्तै गरि सिमेभुमे, राखिरह्यौ थानथपना बनाइ आगनको छेउमा Read more
अचेल यो रोगी समयले चित्कार गर्दैछ फूलले नि आज काँडालाई बलत्कार गर्दैछ ! उनलाई भेटूँ भेटूँ लाग्न छोड्यो अचेल त अब भने यो औषधिले चमत्कार गर्दैछ ! कसरी होला बाँच्ने अब ? सोच्दैछु म अझै पुलिस अचेल चोर डाकालाई नमस्कार गर्दैछ ! अभाव र महङ्गीको यो अँध्यारो शासनमा तस्करले पो Read more
चिरा परी पटपटी फुटेका कुर्कुच्चा सालका गाभीझैँ बलिया हातगोडा उसरी नै चलिरहेका छन्….! करमचारको उकालोलाई सोध्नू बड्डाँडाको चिसो हावालाई सोध्नू हंसपुरका हरेक गोरेटा र टाढा क्षितिज पारी पुगेका बाटालाई थाहा छ हरेक चौपारीका वरपिपललाई पनि थाहा छ ऐरावतीको मेलामा पुग्ने सबैभन्दा ठुलो भारेडोको कसको थियो? बिराहा र मछेडीका फाँट कसले Read more
श्रमजीवी नागरिकको परिश्रमरुपी बीजबाट सृजित बैङ्करुपी रुखमा अर्थतन्त्रको प्रचण्ड खडेरीले मालीरुपी नागरिकको शरीरबाट बर्षीएको पसिनारुपी जल सिञ्चित हुँदा यो बर्ष हलक्क मौलाएको छ रुख र लटरम्मै फलेका छन् फल फलसगै, रुखले मालिकको खुसी फलाएको छ यसपाली मालिकलाई आनन्द छ न मल हाल्ने हतारो छ न पानी नपर्ला भन्ने चिन्ता छ Read more
१ बेला बखत छल गरेर जित्न पल्किएको! ख्यालै हुन्न सम्बन्धमा आगो सल्किएको! धर्म कर्म रीतिरिवाज कुल्चिएर हिडेपछि! नदेखे झैं गर्यौ तिम्ले आँसु छचल्किएको! २ यस्तै नियति पटकपटक भोग्नु परेको छ! आक्रोशको आवेगलाई रोक्नु परेको छ! सबैले बलेको आगो ताप्छन् भन्ने बिर्सेछु! त्यसैले आफ्नै देहमा आगो झोस्नु परेको छ! ३ पिर चिन्ता Read more
दु:ख अन्तको भाषा थियो र भाषाको अन्त थियो दु:ख अन्धकारको व्याकरण थियो अनि व्याकरणको अन्धकार थियो दु:ख एक्लो पनको चित्कार र एउटा चित्कारको एक्लोपन थियो । दु:ख भित्री गुफाको निरुद्देश्य खोजले भरिएको यात्रा थियो दु:ख एक्लै भोगिने एउटा स्वार्थपूर्ण कामना थियो । दु:ख जुत्ताभित्र छिरेको ढुङ्गा थियो बगाइएको आँसुको एउटा Read more
केलाउँछौ बोडी न पुग्छ तिमीलाई, न मलाई। खुवाउन छोडी न पुग्छ तिमीलाई, न मलाई। बोली काट्न नसक्नु, ठूलो कमजोरी रह्यो ! वचन तोडी न पुग्छ तिमीलाई, न मलाई । कोही प्रति आस्था वा विश्वास गर या नगर ! नसमाई गोडी न पुग्छ तिमीलाई, न मलाई। कछुवाको गतिमा, अगाडि बढौला नेप्टी! Read more
रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- Read more