अचेल मान्छे खुट्टामा जुत्ता होइन खुट्टामा खुट्टै उनेर हिंड्न थालेको छ आफ्नो होइन अरुको खुट्टामा दौडेर खेलहरू जित्न थालेको छ त्यसैले बजारमा अचेल जुत्ताको होइन खुट्टाको किनबेच बढेको छ । खुट्टाका हाट बजारहरूमा हिमाल आरोहणमा कीर्तिमान कायम गरेका खुट्टाहरू छन् छातीमा भिक्टोरिया क्रस टाँसेर अरुकै लागि उभिदिने सर्वकालीन वफादार Read more
हजुरबाले पहिलोपल्ट सिकाएका हुन् निगालोको कलम बनाउन पहिलोपल्ट सिकेको हुँ आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न । घाँसेरङका सपनाहरूको गुँड बनाएर पेटभरि भोकको सारंगी रेट्दै चारोको खोजीमा दूरदिशा उडेकी कुनै माउचरी लाग्थिन् आमा फर्किआउँदा ऐँसेलुका पातमा सुनका कविताका टोप्रा पाउँथेँ म कसौंडीभरि रापिलो दुःख पिएर भतभत भातले लय हाल्दा Read more
१ प्रकृति र प्रबृत्तिको रित भिन्न भिन्न यसै गरी चलेको छ विश्व अबिछिन्न संसारिक गतिचक्र चल्छ आफ्नै पथमा जति बिन्ती चढाए नि मौका यस्ले दिन्न २ चिन्नु पर्छ सुपात्रलाई दिनु परे दान छान्नु पर्छ अमृत फल भोक लागे खान जे जे चाह्यो त्यही कर्म त कबै गर्न हुन्न जिन्दगीका केही Read more
१, च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ? जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ? धनी जस्तो चिन्ता पिर छैन मलाई त कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ? २, साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्? भएकोछु मन्दिर Read more
हाँसी हाँसी विदा माग्ने काम किन गरें हुँला घरी घरी लाग्छ अहो म त किन मरें हुँला जव जित्छन् जनताबाट हिजै धूलो चाटेकाले विहानीको तारा बनी अहो किन झरें हुँला शान्ति दूत वन्छन् जव हिट्लरका पनाती नै वन्दुकको नाल सामु सोच्छु किन परें हुँला कसाहीकै हाल हुकुम फेरि पनि चल्छ Read more
गरिब भएपनी, भिक माग्न परेको छैन एकदिन कमाउछु, म अझै मरेको छैन थाहा छ मलाई, तिमी महलमा बस्छौ, म पनी त, सडकमा बास गरेको छैन टालेको लगाउछु, सिस्नो खोले खान्छु , तर मान्छेहरुको,नजरबाट झरेको छैन पसिनाले कमाईले, सधै सन्तुष्टी दियो, जता सुख छ, म उतै उतै सरेको छैन Read more
धेरै वर्षपछि ब्युँझिएको म हेर्दै बाजेको अस्थिपञ्जरमा नियतिको क्रूर मजाक उभिएको छु चौबाटोमा खोज्दै लुटिएको धनुषकाणमा सभ्यताको प्रथम आवाज लगाउँदै कोम्बीमा धार फेरि आइपुगेको छु उही ठाउँमा जहाँ बज्ने गर्छ साकेन्वाको आदिम धुन जहाँ बग्ने गर्छ लोरीका लयहरूमा मुन्धुमको विस्मृत कथा । नाच्ने गर्छ अझै पनि स्मृतिको सुदूर सन्नाटामा धुजाधुजा Read more
हो, यहीँ कतै रोपेको थिएँ मैले सपनाको बिऊ गर्दै उकाली ओराली गाउँ बेसीका हृदयभरि सजाएर सुनगाभा जीवन फुलाउने सपना सजाएको थिएँ र खोस्रेको थिएँ यिनै पहराहरू बगाएर पसिनाका अजस्र धारा सिँचेको थिएँ सपनाका पख्य्रानहरू । पुर्खाको थातलाई भाग्यसँग जोड्दै म खोज्दै थिएँ जीवनको अर्थ यहीँ कतै र निरुत्तर निरुत्तर मनलाई Read more
म फेरि आइपुगेको छु जेलर तिम्रो यो बन्दीगृहभित्र घरि लछारिएर र घरि पछारिएर घरि कुटिएर र घरि कुल्चिएर म फेरि ल्याइएको छु यहाँ तिम्रो आश्चर्य यो हाँसो साक्षी रहनेछ मेरो र तिमीले फेरि गर्नेछौ मेरो सीदाको व्यापार आश्चर्यचकित छौ हैन ? तिम्रा उचालिएका आँखीभौंहरुले सोध्न खोजेको प्रश्न मैले बुझेको छु Read more
जसरी गोधुलीको पूर्व सन्ध्यामा झुल्किन्छन् एक हूल ताराहरू ठिक त्यसै गरि– मान्छे नजन्मिदै जन्मिन्छ सपना बाबुआमाका रहर र चाहनासँगै बर्षहरु खाएपछि हुर्किन्छ सपना क्रमशः बालक, किशोर र जवान भएर तन्नेरीसँगै कलेज जान्छ सपना कुनै सपना अधुरै हुन्छ र रहन्छ दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो । कुनै उच्चतहको प्रमाणपत्र बोकेर Read more