हामीलाई लाग्छ खासमा केछ हाम्रो जिन्दगानीभित्र ? नियालेर हेर्नुपर्छ के बगिरहेको छ आँखाको पानीभित्र ? तिमी यसलाई पानीजस्तै आँशु हो भनेर पार पाउने छैनौ, त्यसको लागि डुब्नु पर्नेछ यो पानी भित्रको कहानी भित्र । सबै देखिरहेको महशुस गरिरहेको मस्तिस्क हो भनिरहँदा, कहिले लाग्छ मनबाहेकको केही छ कि यो नानीभित्र ? Read more
एकाबिहानै घर लिपपोत गरेर भान्सा सम्हाल्छे भकारो सोहोर्छे गुन्द्रुक बनाउँछे करेसाबारीको हेरचाह गर्छे प्रायजसो घरेलु धन्दा जानिसकेकी छे । कागजको फूलदेखि बन्दुकसम्म बनाउँछे । झाडी फाँड्ने काममा प्रयोग गर्छे हँसिया दुबै हातले बराबरी चलाउछे हथौड़ा वरिपरिका फोहोर एकै ठाउँमा जम्मा पारेर आगो बाल्छे । आमाको उध्रिएको चोली सिउँछे बाको उज्यालो Read more
मान्छेहरू दौडिरहेका छन् उनीहरू किन दौडिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन मान्छेहरू हाँसिरहेका छन् उनीहरू किन हाँसिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन मान्छेहरू बोलिरहेका छन् उनीहरू के बोलिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन मान्छेहरू लेखिरहेका छन् उनीहरू के लेखिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन यो एउटा Read more
एउटै भुगोलमा विभेद देखाएर यो के गरेको ? कतै अँध्यारो कतै उज्यालो बनाएर यो के गरेको ? यतिखेर बाँच्ने आधार सवथोक वन्द गरेर मात्र, मान्छेको आयु र समय चलाएर यो के गरेको ? बा लाई बाँचुन्जेल लाज ढाक्नै धौ धौ पर्यो चितामाथि मुर्दा शरीर सजाएर यो के गरेको ? रिस Read more
चुप बस, बुध्दी नभएका बुध्दिजीवीहरू चुप बस, दृष्टि नभएका दृष्टिवालहरू चुप बस, विचार नभएका विचारकहरू चुप बस, कला नभएका कलाकारहरू र चुप बस, कलम नभएका कलमधारीहरू ! °°°°°°°°° चुप बस, युवकत्व नभएका युवाहरू चुप बस, विद्या नभएका विद्यार्थीहरू चुप बस, सेवा नभएका राष्ट्रसेवकहरू चुप बस, राष्ट्रियता नभएका राष्ट्रवादीहरू र चुप Read more
पानी बनि बगीदियौ बादलमै छाडी मलाई आँसुसँगै झरिदियौ गाजलमै छाडी मलाई संगीतको धुन थियौ, मेरो आफ्नै गीत थियौ तालसँगै हराईदियौ, मादलमै छाडी मलाई युगौँयुग्को मायाँ थियो, नमेटिने छायाँ थियो अचानक साथ छोड्यौ, पागलमै छाडी मलाई जीन्दगीको मीठो निद्रा, निदाउनुथ्यो तिमीसँगै स्वप्न झैँ बिलाइदियौ, आँचलमै छाडी मलाई सँगै जिउने सँगै मर्ने, Read more
बारीको कान्लो मिचियो केही बोलिनँ सोचेँ छिमेकी हो गाह्रो साह्रो पर्दा काम लागेको छ खेतको आली मिचियो केही बोलिनँ पछाडि फर्किएँ गाउँले हो मर्दापर्दा काम लागेको छ । यसपालि छ सिमानामा देशै मिचिएको छ । इतिहास पल्टाएँ न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ मेरो देशको छातीमा Read more
जीवनभर स्थापित हुन नपाउँदै एउटा डेट एक्स्पायर हस्ताक्षर हाजिर खाताबाट सधैँका लागि हराइरहेछ ! आफू बस्ने टेबल, कुर्सी उभिने आफ्नो भुइँ अनि केही हेरिरहेझैँ जीवनको धमिलो चित्रभित्र ऊ आफ्नो खुकुलो कम्मरबाट पाइन्ट अलि माथि सारेर सधैँका लागि ओर्लिरहेछ ! घामपानी आँधीबेहेरी केही नभनी जीवनको कच्ची बाटोमा साइकलको पाइडल घुमाकै हो Read more
बन्धनमा परेर हो कि, म त हराउँदैछु आशाहरू मरेर हो कि, म त हराउदैछु आफु आफैमा खोज्नु पर्ने भयो अचेल प्रयत्नहरू नगरेर हो कि, म त हराउँदैछु पौडिन म जान्दिन सागर किन खोजौँ र ! नयनमा पानी भरेर हो कि, म त हराउँदैछु कुनै दिन थिए, Read more
यस्तो लाग्दो रहेछ एक न एक चोटी त सलाई पनि बल्दैन नि हजुर नघोटी त ! कैयौँ नसोचेका यात्रा पनि भइदिन्छन् आफै पागल बनी हिँड़्छ र को अठोटी त ! रक्सी नपिउने मान्छे केको आधुनिक बाजेले पनि खाएथे चिया र पाउरोटी त ! आरोप मलाई मात्र Read more