हामीलाई लाग्छ खासमा केछ हाम्रो जिन्दगानीभित्र ?
नियालेर हेर्नुपर्छ के बगिरहेको छ आँखाको पानीभित्र ?
तिमी यसलाई पानीजस्तै आँशु हो भनेर पार पाउने छैनौ,
त्यसको लागि डुब्नु पर्नेछ यो पानी भित्रको कहानी भित्र ।
सबै देखिरहेको महशुस गरिरहेको मस्तिस्क हो भनिरहँदा,
कहिले लाग्छ मनबाहेकको केही छ कि यो नानीभित्र ?
तिमी अस्थाइ हौ, जले सबै खरानी हो भनेर सिकाइयो,
अब फेरि खोज्नु छ के चाँही राखेको छ त्यो खरानीभित्र ?
हे ईश ! यो अनुरागी संसारमा मेरो बैराग क्षणभर टिक्दैन,
घर फर्किँदा फर्किँदै सकिन्छ मरेर जाने डर मलामी भित्र ।