यहाँ आयो दसैँ आयो तिहार तर कुनै आभाष छैन यो उज्यालो सन्सारको कुनै कुनामा प्रकाश छैन । त्यो युग अर्कै थ्यो रत दुर्गा र रामले जित्यो र आज पनि "यहाँ सत्यकै बिजय हुन्छ "यस्मा मलाइ बिश्वास छैन । पैसा र पावरकै भरमा छुट्छन या हजारौ रिगलहरु राजा निर्मला र मदनको Read more
आमा ! यसपटक गाँजा खाएको थिइन गाजा आएको थिएँ थाह छैन तिमीले बनाएको खाजा खान फर्केर आउँछु कि आउँदिन ! एक दिन अल्लारे साथीहरूको लहैलहैमा तानेको एक सर्को गाँजाकै कारण बाका क्रोधले बलेका आँखा आमाका सन्तापले बर्सेका आँसु आत्मग्लानी, हिनताबोधले नतमस्तक म बस्नै नसकेर घरमा गाँजा गन्हाएकै मुख लिएर सँघार Read more
भन्नुहुन्छ सताउन घरी-घरी किन आउँछ, फेरि हजुरसँग बाट नै यो बबुरो हेपिन आउँछ।। हिजो ईमान बेचेर लाग्नेबेलासम्म लागियो आज आफनै परिचय बाेकेर चिनिन आउँछ।। भेट्नु सम्म पर्यो भनी धाएको हो हजुर, सोच्नु भो,यहाँ के छ र?के लिन आउँछ।। बोलेको कुरामात्र पूरा नगर्नुस् न Read more
आज भोली मलाई अध्यारो रात मन पर्छ । एक्लै जुन तारासँग गर्नलाई बात मन पर्छ । तिमी जस्तै स्वार्थीहरुको नजर पर्छ भनेर, अध्यारोमा फुल्ने फूल पारी जात मन पर्छ । फुल टिपेर बोट भाँच्ने नियत गरेपछि तिम्ले, फुल्न छोडेर तिते पातीको पात मन पर्छ । कुलतमा फसेको छु मुस्किलमा Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्र का कागजहरु, दाल-चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो अलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
आफ्नो भागको एक मुट्ठी आकाश मुन्तिर उभिएर म तिम्रो मनुवादी कृत्रिम कठोर सत्ता हेर्छु, छुन्छु, छाम्छु, छिचोल्छु समाजको आँखाको परिवेशबाट छेलिएको, छोपिएको यसको बाक्लो दैवीय आवरणभित्र लुकेको मानवजनित संरचना नियाल्छु, मेरो काँध चढ़ी मात्र तिमी अग्लिने ! मलाई दास बनाएर मात्र तिमी मालिक बन्ने ! मलाई निहुराएर मात्र तिम्रो शिर Read more
केबल धुवाँ मात्र उड्छ साथी आगो त भेटेकै छैन सर्वत्र खरानीले छोपी सक्यो तैपनी चेतेकै छैन । अँध्यारो नै खोज्न थाले आजकाल मानिसहरूले हरेक बिहान क्षितिजमा उज्यालो त देखेकै छैन । द्रव्य बाहेक यो लोकमा कसैले केही देख्दै देखेन लोभको मशानघाट बाहेक अरू त टेकेकै छैन । हरदिन इतिहास रुन्छ Read more
मेरो देशमा माननीयले अपराध गर्दै गर्दैन गरिहालेछ भने पनि सांसदको भत्ता खुवाइन्छ पुलिसको सलाम चढाइन्छ आँखै अगाडि उभिए पनि फरार भनिन्छ। प्रमाण लुकाउन सेटिङ मिलाउन परिवार भगाउन पैसाको खातापाता मेटाउन पत्ता लागेर पनि बेपत्ता भनी भनी समय दिलाइन्छ। सबै कामकुरा मिलेपछि नक्कली गिरफ्तार गरिन्छ, सरकारलाई हतकडी होइन स्यालुट ठोकिन्छ जनतालाई Read more
ऊ जन्मिनु भन्दा पहिला नै उसको भाग्य लेखिइसकेको थियो ऊ जन्मेपछि उसको नाम पनि लेखियो भाग्यले ठगेको भाग्गे दमाई उसलाई न आफ्नो नामको अर्थ थाह थियो न आफ्नो कामको स्वार्थ थाह थियो न कहिल्यै सोध्यो उसले भाग्यलाई ऊ किन अछुत भयो ? बरु ऊ आफ्नो कर्म गरिरह्यो टालो र धागोसँग Read more
पृथ्वीको सबैभन्दा ठुलो अहङ्कार भोक, जसको नामले चलेको छ सभ्यताको रथचक्र । उनीहरूको समस्त प्रार्थनाको मूल भोक, जसलाई घेरेर बसेका छन् ईश्वर, अल्लाह र यीशुको सशरीर प्रतिध्वनी । प्रेमको बाँझो खेतमा जसरी उमिँदै छन् अनाम झारका जङ्गल जहाँ लहलह बढ्दै छन् आक्रोश र विद्रोहका बिरुवाहरू। भोकको प्रार्थना कालमा अल्मलिन्छ Read more