लुट्नु लुट्यौ देश अब छोडी देऊ! बिग्रे छैन मुहार अब फेरि देऊ!! मर्नु भन्दा भोकै खान नपाएर! भोक मेट्ने बरु गोली पठाइदेऊ!! अन्यायमा परिराछन् निमुखा! गर्व गर्न लायक न्याय बनाइदेऊ!! धेरै गुहार गर्यौँ हामी जनताले! एकै चोटि प्लिज अब सुनिदेऊ!! सधैंभरि जनता रुँदै बस्नु भन्दा! केही क्षणनै बरु खुसी बनाइदेऊ!! Read more
खुशी सुखी देखिनु छ मलाइ हेर्नेहरुको नजरमा, बरु पीडा दबाई मुस्कान छर्न परोस यी अधरमा । म मेरो गाउँको झैं आफ्नोपन खोज्दै हिडिरहेँ, यहाँ त बाउ हेर्ने छोरा खाने यस्तै रहेछ सहरमा । भगवानको प्रतिमुर्ती बाआमा लत्याएर आज ऊ, पुण्य कमाउन शिर ठोकिरहेछ शिलामा पत्थरमा । धैर्य गर्नुपर्छ Read more
बारम्बार भोक र पीडामा हुन्छिन् आमा ब्ुाद्धको देशमा हिंसा हुँदा रुन्छिन् आमा । बम र बारुदको गन्ध अझै हराएको छैन वेलावेला बन्दुकको आवाज सुन्छिन् आमा । हातमुख जोर्न मुग्लान पसेकाको यादमा प्रतीक्षा गर्दै आँसुले मुख धुन्छिन् आमा । जिन्दगीको यात्रामा खुशी छाएन कहिल्यै मनका रहरहरु सपनामै बुन्छिन् आमा । दुःख Read more
लोकतान्त्रिक गणतन्त्रको सिनोमाथि छाइरहेको छ - गिद्व र चीलहरुको कहर भुइँमान्छेहरुलाई ढाटेर देशै बेची खाने क्रममा बाँसझैँ बढिरहेको छ - भोका जुकाहरुको रहर यही पीडाले प्रताडित देश छट्पटिइरहेको छ- पानीबाहिर निकालिएको माछोझैँ भयाक्रान्त छ - यतिबेला । अप्रत्याशित रूपमा मसानघाट पुगिरहेका छन् - नेपाली सपनाका राजकुमारहरु धरापमा परिरहेका छन् - Read more
तपाइँलाई कस्तो लाग्छ कमरेड ? गाउँ गाउँका सिंहदरबार सहरभरिका लालदरबार भोकको अलाप रोदनका चित्कार असन्तुष्टिको आगो चोर बसेको चौतारो साधु चढेको शूली आँशु बगेको त्रिशुली कमरेडको केही साइनो त पर्दैन ? तपाइँलाई कस्तो लाग्छ कमरेड ? जंगबहादुरको जँग महेन्द्रको पञ्चायत विपिको समाजवाद मदनको जनवाद पुष्पकमलको प्रचण्डपथ आजको गणतन्त्र तपाइँलाई कस्तो Read more
लेख्दालेख्दैको डायरीबाट भर्खरै उडेर गएको छ कविताजस्तो केही । टिपेर जसलाई……………………. उदाएको छ — फुर्के घाम र, नृत्य गरिरहेको छ छमछमी हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा । चम्किरहेछ जून साथमा लिएर थुप्रै पूmच्चे ताराहरु आकाशको कालो पर्दामा प्रत्येक रात । उक्लिरहेका छन् पसिनै पसिना हुँदै आवारा हुस्सुहरु नीला डाँडाहरुको Read more
बैठकका गरमागरम छलफलहरूबाट ऊ क्रमश: हरायो र बैठककै एउटा कुनामा एक्लै एक्लै क्याण्डीक्रस खेलेर बस्न थाल्यो ! सडकमा जुलुसका अग्रपङ्तिबाट ऊ क्रमश: हरायो जुलुसमै तर पुच्छारतिर जुलुसमै तर एकदम चुपचाप हिँड्न थाल्यो र, कुनै दिनबाट ऊ सडककै कुनै चौतारीमा झोक्राएर बस्न थाल्यो ! सभाका अग्निवर्षी भाषणहरूबाट ऊ क्रमश: हरायो दर्शकदीर्घामा Read more
मंगल ग्रहमा जीवनको संभावना देख्ने ए सभ्य देशका सभ्य मानिसहरु अनन्ताकाशमा सोझ्याइएको दुरवीनलाई एकपटक हाम्रो वस्तीतिर फर्काएर त हेर यहाँ पनि छ जीवनको संभावना ए प्रजातन्त्रवादीहरु, ए फस्ट वल्र्डका भलाद्मीहरु भो, अव छोडीदेउ मान्छे जस्तै रोबोटहरु वनाउन रोबोट जस्तै त छन् नि आजकलका मान्छेहरु पनि तिमीहरु जीवन खोज्छौ, यहाँ Read more
कालीदासको `क´झैँ खुम्चिएर अस्तिपञ्जर साँघुरो बनिरहेछ इतिहास पढाउने सिपाहीहरू पुच्छर सेपिरहेछन् अचेल कोठाका बिरुद्धमा गर्जने आवाजहरू घर भत्किदा चुप छन् मानौँ मन्दिर भत्किदा चुप बसेका भगवानहरूझैँ। बुद्धका आँखा कन्तुरमा राखेर पथिकहरू देश खोज्न हिँडिरहेछन् तर अपसोच हरसाँझ म भेटाउँछु मेरो देश कक्टेल पार्टीहरूमा। म भेटाउँछु मेरो देश कक्टेल पार्टीहरूमा। (दाङ) Read more
यो श्रद्धाञ्जलीको मौसम नबजाउनू कतै नौमती र पन्चैबाजाहरू नकहनू विशिष्टहरूको सवाइ चौतर्फी बजिरहेको शोक धुनमा बरू थप्नू अलिकति असन्तोषको राग जनाउनू जिवन्तताको आभास । पत्रैपत्र बादलभित्रको अनिश्चित घाम हेर्दै अन्योल भएर नकटाउनू आफ्ना अमूल्य प्रहरहरू । आफ्नै मनोमानीमा सिर्जित गरिरहेछन् मालिकहरू अनेकन अड्चन भुटिरहेछन् हामीलाई गरिबीको हाँडीमा विभेदको महामारीमा Read more