खुशी सुखी देखिनु छ मलाइ हेर्नेहरुको नजरमा,
बरु पीडा दबाई मुस्कान छर्न परोस यी अधरमा ।
म मेरो गाउँको झैं आफ्नोपन खोज्दै हिडिरहेँ,
यहाँ त बाउ हेर्ने छोरा खाने यस्तै रहेछ सहरमा ।
भगवानको प्रतिमुर्ती बाआमा लत्याएर आज ऊ,
पुण्य कमाउन शिर ठोकिरहेछ शिलामा पत्थरमा ।
धैर्य गर्नुपर्छ यही सिक्नुस् माझीको जिन्दगीबाट,
गुजाराकै लागि दिनभर यात्रु कुरिरहन्छ बगरमा ।
न सोचे जस्तो छ जीवन न त सम्झे जस्तो नै भयो,
काँडैकाँडाको यात्रा छ मेरो जिन्दगीको सफरमा ।
(चौरी देउराली ५ ,काभ्रे)