दिलु जहाँ जहाँ जाने गर्थ्यो। गरिब कसैसँग स्तर नमिल्ने भनेर हेपिन्थ्यो।
उसका साथीहरु धनी भएकोले जहाँ पनि सम्मान पाउँथे। उनीहरु आफुलाई संसारकै भाग्यमानी थान्थे। दिलुसँग दाजेर हेर्दा झन आनन्द लाग्थ्यो। धनी हुनुको घमण्ड थियो। घरमा बा आमाले पनि उनीहरुलाई खाना सम्म पकाउने सीप सिकाएनन्। उनीहरुका जवानीका दिन आनन्द मै व्यतित भयो।
तर दिलु कहिल्यै पनि समयमा खान पाएन। बा आमा मजदुरीमा गएर फर्कन अबेर हुन्थ्यो। खाना पकाएर खान कर लाग्यो। यही क्रममा अनेक खाना पकाउन खप्पिस भयो।
दिलु जति हेपिएपनि, आफुलाई कहिल्यै पनि कमजोर र गरिब महसुस गरेन। बरु ठाउँ ठाउँमा पाएको अपमानलाई उसले शक्तिको रुपमा बदल्ने निश्चय गर्यो। भरपुर मेहनत गर्यो। अनेकौ कामहरुको अनुभव बटुल्न व्यस्त रह्यो।ज्यानलाई जस्तोसुकै दुख र भारी काम पनि गर्न सक्ने बनायो। बलियो मनोवल र तिव्र इच्छाशक्तिको आफुमा बिकास गर्यो।
दिलु र साथीहरू सबैले समयअनुसार बिवाह गरे। धनीवर्ग, मध्यमवर्ग, निम्नवर्ग सबैको एकै सपना हुन्छ। धन कमाएर सम्पन्नता हासिल गर्ने। आफनो हैसियतको अनुसार सबैले बिजनेस सुरुवात गरे।
आजसम्म आनन्दमय जीवन बिताउनेहरुको दुर्गति र कष्टकर जीवन सुरुवात भयो। दिलुको भने अत्यन्तै प्रगति भयो। र दिनहरु आनन्दमय बन्यो।
(ढोरपाटन ४ बाग्लुङ हाल पोखरा)