यो समय नीलो आकाशबाट उज्याला ताराहरू खसिरहेछन् फुतुफुतु र आलाकाँचा केटाकेटीहरू रमाइलो मानेर खसेको तारा हेर्दै, उफ्रिरहेछन् केही माछुआरेहरू जाल थापेर पोको पारिरहेछन् केही चाटुकारहरू बगलीमा सजाएर गफ चुटिरहेछन् । हो यो समय दिउसै आकाशबाट उज्याला ताराहरू फुतुफुतु खसिरहेछन् र केही बुद्धिजीवीहरू विश्लेषण गर्न छाडी जिल्ल परेर Read more
अचानक जूठी दमिनीको हातको सियो भाँचिएको छ सियो भाँचिएदेखिन् निकै चिन्तित छिन् उनी उनीसँग छैन अर्को जगेडा सियो नयाँ सियो किन्न बजार जान पनि सक्दिनन् उनी यतिखेर लकडाउनले बन्द छ बजार र बन्द छन् दोकान चिन्तामा छिन् जूठी दमिनी टाँक हाल्नुपर्ने छ ब्लाउजमा यत्ति टाँक हाल्ने ठाउँ खिप्न पाएदेखिन् आउने Read more
जव रात र दिनको रङ्ग एउटै एउटै हुन्छ त्यसपछि खतरा हुन्छ ! जव परेवा र बाज एउटै भाषा बोल्छन् त्यसपछि खतरा हुन्छ ! जव राजनीतिक दलहरू राजनीति गर्न छोड्छन् र व्यापार गर्न थाल्छन् जव व्यापारीहरू व्यापार गर्न छोड्छन् र राजनीति गर्न थाल्छन् त्यसपछि खतरा हुन्छ ! जव शासकहरू भावुक कविता Read more
बेफिक्री खेलियो पानी जिन्दगीको । आफ्नै हातबाट आफ्नै खुट्टाबाट शिरबाट मस्तिष्कबाट आँखाबाट मुटुबाट बगिरह्यो पानी र विलायो माटोमा बाटोमा एकान्तमा भिडमा पाखामा पखेरामा शहरमा सडकमा खोलामा नदीमा वतासमा समुन्द्रमा। धेरै पानी बगिसके पछि आज अनुभूति भै रहेछ घट्दै छ पानी जिन्दगानीको । माटोमा बिलाएको पानी टिपेर फेरी लिन नमिल्ने फारो Read more
एकाबिहानै घर लिपपोत गरेर भान्सा सम्हाल्छे भकारो सोहोर्छे गुन्द्रुक बनाउँछे करेसाबारीको हेरचाह गर्छे प्रायजसो घरेलु धन्दा जानिसकेकी छे । कागजको फूलदेखि बन्दुकसम्म बनाउँछे । झाडी फाँड्ने काममा प्रयोग गर्छे हँसिया दुबै हातले बराबरी चलाउछे हथौड़ा वरिपरिका फोहोर एकै ठाउँमा जम्मा पारेर आगो बाल्छे । आमाको उध्रिएको चोली सिउँछे बाको उज्यालो Read more
मान्छेहरू दौडिरहेका छन् उनीहरू किन दौडिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन मान्छेहरू हाँसिरहेका छन् उनीहरू किन हाँसिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन मान्छेहरू बोलिरहेका छन् उनीहरू के बोलिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन मान्छेहरू लेखिरहेका छन् उनीहरू के लेखिरहेका छन् ? उनीहरूलाई नै थाहा छैन यो एउटा Read more
चुप बस, बुध्दी नभएका बुध्दिजीवीहरू चुप बस, दृष्टि नभएका दृष्टिवालहरू चुप बस, विचार नभएका विचारकहरू चुप बस, कला नभएका कलाकारहरू र चुप बस, कलम नभएका कलमधारीहरू ! °°°°°°°°° चुप बस, युवकत्व नभएका युवाहरू चुप बस, विद्या नभएका विद्यार्थीहरू चुप बस, सेवा नभएका राष्ट्रसेवकहरू चुप बस, राष्ट्रियता नभएका राष्ट्रवादीहरू र चुप Read more
बारीको कान्लो मिचियो केही बोलिनँ सोचेँ छिमेकी हो गाह्रो साह्रो पर्दा काम लागेको छ खेतको आली मिचियो केही बोलिनँ पछाडि फर्किएँ गाउँले हो मर्दापर्दा काम लागेको छ । यसपालि छ सिमानामा देशै मिचिएको छ । इतिहास पल्टाएँ न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ मेरो देशको छातीमा Read more
जीवनभर स्थापित हुन नपाउँदै एउटा डेट एक्स्पायर हस्ताक्षर हाजिर खाताबाट सधैँका लागि हराइरहेछ ! आफू बस्ने टेबल, कुर्सी उभिने आफ्नो भुइँ अनि केही हेरिरहेझैँ जीवनको धमिलो चित्रभित्र ऊ आफ्नो खुकुलो कम्मरबाट पाइन्ट अलि माथि सारेर सधैँका लागि ओर्लिरहेछ ! घामपानी आँधीबेहेरी केही नभनी जीवनको कच्ची बाटोमा साइकलको पाइडल घुमाकै हो Read more
त्यसो त धेरै कविहरू छन् तर केही कविहरू विशेष स्मरणीय छन् ! ती कविहरू उनीहरूका विशेष गुणले स्मरणीय छन् ! फूल माला वोकेर विहानै ती सत्ताको ढोकैमा पुग्छन जदौ गर्न कसैको पदोन्नतीमा बधाई दिन या आफ्नो पदोन्नतीको आशीर्वाद थाप्न र, उतैबाट कविताको कन्टेन बोकेर फर्कन्छन् ! कविताको बजारमा ती आगो Read more