सिकाएको मैले नै हो भाइ औँला भाँचीभाँची मसँग खेल्थ्यो दसैँ आयो खाउँला पिउँला कहाँ पाउँला चोरी ल्याउँला धत, पापी ! छुट्टै बसौँला । भाइले दसैँ कहाँ आयो भनेर सोध्दा मैले देखाएको परको डाँडो भाइले हेरिरहन्थ्यो र अलिकति कल मिसाएर सोध्थ्यो त्यो डाँडा कति टाढा छ ? त्यहाँबाट दसैँ आउन Read more
युद्ध मैदानमा ढलेका शरीरसँगै रगतभित्र जलिरहेका सपनाका थोपाहरू धुवाँमा उडेर गए…. अझै पर्खिरहेछन् बन्दुकबाट फूल फुल्ने दिन (म्यान्मार) Read more
एकचोटि घरमा हजुर आमाले बाकसबाट मुसाले पैसा खायो भन्दै मछिट्टो सुनाउनु भयो मुसाको लागि तर कहिले पनि मुसा मछिट्टोमा परेको हैन मेरि सोझी हजुर आमालाइ के थाहा ? पैसा खाने मुसा मुसा नभएर म थिएँ भन्ने। मेरा हजुर बा कथा सुनाउदै भन्नुहुन्थ्यो गाउँभरिका धान गहुँ मुसाले केही राखेन ला ब्वा Read more
कुनै दिन सँगसँगै थियौँ तिमी र म त्यो यात्रामा । मलाई सम्झना छ भुन्टी दिदीको बारीमा तिल काटेको सम्झना छ बिर्खे दाइको घैया गोडेको कठेरीमा बूढी आमैले दिएको एकमुठी मकैले तीन दिनको भोक मेट्दै तादीको किनारै किनार गरेको यात्रा पनि । मैले बिर्सिएको छैन बिर्सिएको छैन लाप्राङको वनमा टिपेर खाएको Read more
तिम्रो प्यारको उपहासले एक्लिएको जीर्ण देह लिएर आइपुगेकी छु तिम्रो अदालतसामु मलाई न्याय देऊ बुद्ध ! पौडेर आफ्नै आँसुको पोखरी छिचोलेर छातीको आगाको लप्का पिएकी थिएँ युगौँयुग पुरानो सामाजिक बिष त्यही विषले तड्पिँदै अधीर आँधी आएकी छु तिम्रो ध्यानास्थलमा मलाई ज्ञान देऊ बुद्ध ! तिमीले दरवार छाड्नु ठीक अघि हाम्रो Read more
प्रश्नै प्रश्नले कुजिएर थला परेको छ जीवन यतिबेला । सम्झिरहेछु त्यसबेला तिमीले फुलाइदिएको रातो सपना अटेसमटेस थियो मेरा आँखाभरि । रुखहरु, अँध्याराहरु, रातहरु, झाडीहरु, खोलाका बगरहरु, काँसबारी, सुनसान, एकान्त सबैतिर भेटिन्थे कसिला मुठ्ठीहरु, अनि मुठ्ठीहरुभन्दा कठोर लाग्ने संगिन निशानीहरु, जहाँ ताकिन्थ्यो विद्रोहको ज्वाला लप्किरहने आँखाहरु अनि ढालिन्थ्यो छिनभरमै आफ्नैजस्ता लाग्ने Read more
लिमी अनकण्टार भूगोलको काप कापमा च्यापिएको मानवता भग्न नग्न परिवेश छ भुगोलको पत्रदल र पुकेशरमा फुलेको छ हिउँ निलगगनलाई छुने अलिशान खाङवाहरु हिमाल चुम्न लालायित चाङवाहरु खण्डित भावनालाई सँगालेर सदियौँदेखि प्रतीक्षारत छ ल्हेम्हे अर्थात लिमी । हिमरेखाको समानान्तरमा उभिएका हयूलहरु जाङ हल्जी तील टाक1 टाकहरुमा कोपेर Read more
तिमी चुनावमा गएको बेला जस्तो थियो मेरो गाउँ त्यस्तै छ आज पनि तिमी गाउँ नफर्किएको पनि बर्षौँ भैसकेछ मलाई माफ गरे तिमी आफैँ गाउँबाटै भयौ बेपत्ता मेरी सानी अन्जान छोरीले च्यातिछिन् तिम्रो घोषणापत्र भन्थ्यौ नि असारे रोपाराको कछाडमा लत्पतिएका हिलोजस्तै यी गाउँलेका दुखहरु फेरि नफर्किनेगरी धोएर पखालिदिन्छु । Read more
सधै प्रफुल्ल भई कलकल बग्ने फन्को मार्दै सयौँ पहाडहरू घुम्दा नथाक्ने वितगको कञ्चन नदी म कलियुगीन बेथितिका रङ्गहरूसँगै रङ्गिदै हिजोआज नयनबाट धमिलो अश्रुधार बगाउँदै छु । म कहिले मेरा लागि बगेँ ? म कहिले मेरा लागि सङ्लिएँ ? म कहिले मेरा लागि गतिशील भएँ ? पानी नै जीवन हो Read more
भन्ठानेँ देश भन्नु मेरै बस्ती मास्तिर शिर ठाडो गरेर अबिछिन्न उभिएको त्यो सेतो हिमाल हो छातीभरि त्यहि हिमाल बोकेर स्वाभिमानको गहिरो स्वास फेरि बसेँ भन्ठानेँ देश भन्नु त्यहि हिमाल हुँदै कलकल बग्ने यो कन्चन नदी हो अन्जुलीभरि त्यहि नदीको पानी उठाएर ठाडो शिरमा सिञ्चिएपछि पवित्रताको स्वर्णिम अनुभूति गरिरहेँ फेरी Read more