(१) कुनै समय यस्तो दिन आउन जरुरी थ्यो प्रेमको नाउँमा कान समाउन जरुरी थ्यो मान्छेमा दुनियाँ देख्ने म जस्तो पागलले तिमीबाट ठूलो धोका पाउन जरुरी थ्यो। (२) गरी नराख खेला ज्यान गुमाउनु पर्ला भएर जम्मै भेला ज्यान गुमाउनु पर्ला गोर्खेको रगत उम्लिरहेछ मेरो नसामा परिस् भने फेला ज्यान गुमाउनु पर्ला। (३) खप्न सक्छु ज्यादै चोट र पीर यत्ति थाहा छ सुपुत्र वीर सिपाही हुँ आखिर यत्ति थाहा छ देश बचाउने खण्डमा यो ज्यानै गुमाउनु परेपछि हट्दिन मर्नको खातिर यत्ति थाहा छ। (कोक्राझार, असम)