“आहा ! कति राम्रो स्वयम्भूको स्तूप । हेरिरहुँ लाग्ने । रमाइलो ठाउँमा राम्रो स्तूप बनेछ । यस्तो गज्जबको स्तूप कसले बनाएको रहेछ ?” चीनबाट मञ्जुश्रीले खुसीको ‘रियाक्ट’ पठाउँदै ‘मेसेन्जर’बाट ‘च्याट’ गर्दै शान्तिकराचार्यलाई सोधे ।
“यो स्तूप मैले नै बनाएको हो गुरू ।” शान्तिकराचार्यले मेसेन्जरमा लेखी हाले ।
“क्या गज्जब ! प्यारो शिष्य । यति सुन्दर स्तूप बनाउने कल्पना कसरी गर्नुभयो ? स्वयम्भूबाट त काठमाडौ“ उपत्यका छर्लङ्ग देखिँदो रहेछ । कस्तो रमाइलो !” काठमाडौ“को कुनै स्थानबाट गुणाकरले ‘च्याटबक्स’मै लेखी हाले ।
“मञ्जुश्री गुरूले चोभारको डाँडालाई चिरेर पानी बाहिर पठाएपछि कमलको फूल र प्रकाश पनि यही डाँडामा आएर अड्कियो । फूल र प्रकाशलाई खुल्लै राखिरह्यो भने खराब नियत भएका मान्छेले बिगारिदिन सक्छन् । हानि नोक्सानी पनि पु¥याउन सक्छन् । तिनै कमलको फूल र प्रकाशको ज्योति संरक्षण गर्नकै लागि स्तूप बनाउने कल्पना गरेको हूँ । गुरूदेव ! ती दुवैलाई बीच भागमा राखेर यो स्तूप बनाएको छु । मैले यसमा तीन पञ्चको सम्मिश्रण गरेको छु गुरूदेव !” शान्तिकराचार्यले बेलिविस्तार लगाउँदै लेखे ।
“यो स्तूप बन्नमा त मेरो पनि योगदान भएछ । मैले चोभारको डाँडो काटेर पानी बाहिर नपठाएको भए त यी कमलका फूल र प्रकाश यहाँ अड्किने थिएनन् । अनि यो तीन पञ्च भनेको के हो नि ?” मञ्जुश्रीले सोधे ।
“पञ्चतङ्खव, पञ्चबुद्ध र पञ्चतारालाई नै तीन पञ्च भनिएको हो । यिनै तीन पञ्चको सम्मिश्रण गरेर नै स्वयम्भू स्तूप बनाउने कल्पना गरेको हूँ । मैले त योजना मात्र बनाएको हूँ । यो सुन्दर स्तूप बनाउने काम त सबै कालिगढले गरेका हुन् ।” शान्तिकराचार्यले फिस्स हाँसेको रियाक्ट पठाउँदै लेखे ।
“यी तीन पञ्चको बारेमा राम्रोसँग बुझाइदिनुस् न त शान्तिकराचार्य ।” गुणाकरले अनुरोध गरे ।
”हुन्छ गुरूदेव म बताउँछु । पञ्चतङ्खव भन्नाले पृथ्वी, जल, अग्नी, वायु र आकाश पर्दछन् ।” शान्तिकराचार्यले जवाफ दिए ।
“पञ्चतङ्खवको संयोजन स्तूप मा कसरी भएको छ त ?” मञ्जुश्रीले मनको खुलदुली पोखी हाले ।
“मैले पञ्चतङ्खवको संयोजन गह्रुङ्गोबाट हलुङ्गोतिर गराएको छु । पाँच तङ्खवमध्ये सबभन्दा गह्रुङ्गो पृथ्वी तङ्खव हो । त्यसैले पृथ्वी तङ्खवलाई स्तूप को सबभन्दा तल राखेको छु । पानीको प्रतीक गर्भगृह, आगोको प्रतीक हर्मिका, वायुको प्रतीक त्रयोदश भुवन र आकाशको प्रतीक गजुर हुन् । मैले यस स्तूप मा तलदेखि माथितिर क्रमशः गह्रुङ्गो हुँदै हलुङ्गोको संयोजन गरेको छु ।”
“त्यसको सिलसिला कसरी मिलाउनु भएको छ त ?” गुणाकरले सोधे ।
“सबभन्दा गह्रुङ्गो पृथ्वी तङ्खव भएकाले पिँधमा पृथ्वी तङ्खव । पृथ्वी तङ्खवपछि पानीको प्रतीक गर्भगृह । तेस्रोमा आगोको प्रतीक हर्मिका । चौथोमा वायुको प्रतीक त्रयोदश भुवन र सबैभन्दा माथि आकाशको प्रतीक गजुरलाई संयोजन गरेको छु । ल हेर्नुस् तपाईंहरुले स्तूप मा मैले भनेको कुरा छर्लङ्ग देख्न सक्नुहुन्छ ।” शान्तिकराचार्यले ‘पावर प्वाइन्ट’मा स्वयम्भू स्तूप देखाउँदै भने ।
“पावर प्वाइन्टमा हेर्दा त मनै रमायो । साँच्चिकै हेर्दा झन् कति रमाइलो होला । अब पञ्चबुद्ध र पञ्चताराको बारेमा पनि बताइदिनुस् न ।” शान्तिकराचार्यलाई ‘लभ’को ‘रियाक्ट’ पठाउँदै मञ्जुश्रीले लेखे ।
“पञ्चबुद्ध र पञ्चतारा एक–अर्काका परिपूरक जस्तै हुन् । मैले स्तूप को वरिपरि पञ्चबुद्ध र पञ्चताराका मूर्ति राखेको छु । ल गुरूदेव ध्यान दिएर हेर्नुस्, मैले तपाईंहरुलाई ‘पावर प्वाइन्ट’बाटै स्वयम्भू स्तूप वरिपरि घुमाउँछु ।”
“हेर्न आतुर छौ“ शिष्य ।” मञ्जुश्री र गुणाकरले एकै स्वरमा भने ।
पावर प्वाइन्ट खोलेर शान्तिकराचार्यले भने, “हामीले स्तूप को परिक्रमा गर्दा जहिले पनि दायाँबाट बायाँतिर गर्नुपर्छ । यहाँ बुद्धको शक्तिका रुपमा रहेका ताराका मूर्तिलाई देब्रेतिर राखेर बुद्धको मूर्तिलाई दाहिनेतिर राखिएको छ । देब्रे दिशालाई शक्तिको प्रतीकको रुपमा लिइन्छ ।”
“चाँडो गर्नुस् न शान्तिकराचार्य । स्वयम्भू स्तूप वरिपरि घुम्न मन हतारिई सक्यो । मोबाइलमा हेर्न गाह्रो होला भनेर ‘ल्यापटप’ खोलिसके“ ।” मञ्जुश्रीले भने ।
“ल सुरू गरौ“ है गुरूदेव । यो पहिलो मूर्तिचाहि“ अमिताभ बुद्धको हो । उहाँको वाहन मयूर हो । उहाँको देब्रेतिर रहेको पाण्डुरा तारा हो । अमिताभ बुद्धले रातो रङको प्रतिनिधित्व गर्नुहुन्छ । तपाईंहरुले देखी सुनी त रहनु भएको छ नि ? कतै नेटको समस्या त परेको छैन ।” शान्तिकराचार्यले सोधे ।
“कुनै समस्या छैन । एकदम ‘इन्ज्वाए’ गरिरहेका छौ“ । फटाफट अगाडि बढ्नुहोस् ।” मञ्जुश्रीले अनुरोध गरे ।
“दोस्रो बुद्ध अमोघसिद्धि हुन् । उनको शक्तिको रुपमा रहेको तारा आर्यतारा हो । यसलाई तारा मात्र भन्ने चलन छ । यी बुद्धको वाहन गरुड हो । यिनले हरियो रङको प्रतिनिधित्व गर्छन् । तपाईंहरुलाई बोर लागेको त छैन नि ?” शान्तिकराचार्यले बोल्दाबोल्दै सोधे ।
“क्या रमाइलो भइरहेको छ । अगाडि बढ्नुस्” गुणाकरले भने ।
“तेस्रो बुद्धको कथा झन् रोचक छ । यो मूर्ति अक्षोभ्य बुद्ध हो । यिनको वाहन हात्ती हो । यिनले नीलो रङको प्रतिनिधित्व गर्छन् । यी बुद्धको शक्तिका रुपमा सप्तलोचनी तारा रहेको छ ।”
“सप्तलोचनी ताराको अर्थ के हो नि शिष्य ?” गुणाकरले सोधे ।
“सप्त भनेको सात र लोचन भनेको आँखा हो । सप्तलोचनीका सातवटा आँखा हुन्छन् ।” शान्तिकराचार्यले स्पष्ट पारे ।
“सात आँखा रे ! अनि ती आँखा शरीरका कुन कुन भागमा हुन्छन् ? अनि तिनले कसरी काम गर्छन् त ?” मञ्जुश्रीले छक्क परेको रियाक्ट पठाउँदै लेखे ।
“सप्तलोचनीका एक आँखा निधारमा, हातमा दुई, पैतालामा दुई र प्राकृतिक दुई गरी सातवटा हुन्छन् । यी सातवटा आँखामध्ये निधारकोले सोच्दा, प्राकृतिक दुई आँखाले हेर्दा, हातकाले केही गर्दा, पैतालामा भएकाले हि“ड्दा होश पु¥याएर गरौ“ भन्ने कुराको सड्ढेत गर्छन् ।” शान्तिकराचार्यले स्पष्ट पारे ।
“झन्पछि झन् रमाइला कथा । ल अब चौथो बुद्धतिर घुमाउनुस् शिष्य ।” गुणाकरले भने ।
“वैरोचन बुद्ध चौथो बुद्ध हुन् । उनको वाहन हात्ती हो । यी बुद्धले सेतो रङको प्रतिनिधित्व गर्छन् । यिनको शक्तिका रुपमा रहेको ताराको नाम बज्रधात्वेश्वरी हो । ढिलो पनि हुन लाग्यो, अब म तपाईंहरुलाई पाँचौ“ बुद्धतिर लान्छु है,” भनेर शान्तिकराचार्यले स्लाइड अगाडि बढाए । “रत्नसम्भव पाँचौ“ बुद्ध हुन् । यिनको वाहन घोडा हो । यिनले पहे“लो रङको प्रतिनिधित्व गर्छन् । यिनको शक्तिको रुपमा रहेको तारा मामकी तारा हो ।”
“आज त निकै मज्जा आयो । घरमै बसेर रमाउँदै स्वयम्भू स्तूप घुम्न पाइयो । मनै रमायो । एउटा प्रश्न सोध्न मन लाग्यो शिष्य ।” मञ्जुश्रीले भने ।
“भन्नुस् न गुरूदेव । म तपाईंको जिज्ञासा मेटाउन तयार छु ।” शान्तिकराचार्यले नमस्तेको रियाक्ट पठाउँदै भने ।
“तपाईंले सबै बुद्धले एक–एक रङको प्रतिनिधित्व गर्छन् भन्नुभयो । यो त पञ्चरङ भयो । पञ्चरङ केहीको प्रतीक हो कि ? मनमा खुलदुली लागेर सोधेको ।” मञ्जुश्रीले लेखे ।
“यस विषयमा मैले सोध्नै आँटेको थिएँ । गुरूदेवले आपै“m सोधेर ठिक गर्नुभयो । हजुरले राखेको जिज्ञासा एकदमै सही हो । पञ्चरङ, पञ्चतङ्खवका प्रतीक हुन् ।”
“पञ्चरङ पञ्चतङ्खवका प्रतीक कसरी भए राम्रोसँग बुझाइदिनुस् न है ।” गुणाकरले अनुरोध गरे ।
“पहे“लो रङलाई पृथ्वीतङ्खवको प्रतीक मानिन्छ । पृथ्वीमा उब्जने सम्पूर्ण फलफूलदेखि अन्नपातसम्म पाकेपछि पहे“ला हुन्छन् । त्यसैले पहे“लो रङलाई पृथ्वीको प्रतीकका रुपमा मानिन्छ । रातो रङलाई अग्निको प्रतीक मानिन्छ । हरियो रङलाई हावाको प्रतीक मानिन्छ । बोटबिरुवालाई हावा चाहिन्छ । हावाले गर्दा नै बोटबिरुवा हरिया हुने भएकोले हरियो रङलाई हावाको प्रतीक मानिएको हो । नीलो रङलाई आकाशको प्रतीक मानिन्छ । सेतोलाई पानीको प्रतीक मानिन्छ । सेतोलाई कुनै पनि रङ नभएको रङ मानिन्छ । पानीलाई पनि रङ नभएको वस्तुका रुपमा चिनिन्छ । त्यसैले सेतो रङलाई पानीको प्रतीक मानिएको हो ।” शान्तिकराचार्यले स्पष्ट पारे ।
“स्याबास ! शान्तिकराचार्य तपाईं मेरो शिष्यका शिष्य भएकोमा गर्व लागेको छ । तपाईंमा मेरोजस्तै सोच भएको पाएँ । मैले तपाईंलाई ज्ञान दिन नसके पनि मेरो शिष्य गुणाकरबाट राम्रै ज्ञान पाउनु भएको रहेछ । यसको लागि गुणाकरलाई पनि धेरै धेरै धन्यवाद ! तपाईंको कर्म देखेर म निकै हर्षविभोर भएको छु । तपाईंले हामीहरुलाई पनि प्रख्यात बनाउनु भयो । तपाईं महान् हुनुहुन्छ । तपाईंले पक्कै निर्वाण प्राप्त गर्नु नै हुनेछ ।” मञ्जुश्रीले बिदावारी हुँदै भने ।
“धन्यवाद ! गुरूदेव ।” शान्तिकराचार्यले पनि नमस्कारको रियाक्ट पठाएर ‘अफलाइन’ भए ।
(दाङबाङ, प्युठान)