रुपमा अति राम्री थिई मिना । सात जना सन्तान जन्माए पनि काखमा तीन जना थिए । अरू उसले केही समय पाल्दै माटोमा मिसाउँदै आएकी थिइ । श्रीमान नेपाल प्रहरीको जागिरे थियो । उसको तलबले घर व्यवहार चलाउन गार्हो थियो । अरुको अधिया त्रिपाटो गरेरै जीवन गुजारेकी थिई । चरित्र बाहेक अरु सबै त्यागेकी थिई ।
बीस वर्षको अवधि पुगेर श्रीमानले अवकाश लियो । अवकाश लिए पनि ऊ घरपरिवारप्रति त्यति उत्तरदायी देखिँदैनथ्यो । मिना भने भगवानको प्रतिमूर्ति मानेर उसलाई कहिल्यै वचन लगाएकी थिइन । उसको र मेरो घर कान्लो जोडिएको थियो । त्यस घरको केही कुरा मलाई थाहाँ हुन्थ्यो।
दिनभर श्रीमान कहिल्यै घर बस्दैन्थो । धेरैजसो समय मनोरञ्जन मै बिताउन थालेको थियो।
एक दिन श्रीमान विरामी पर्यो । छरछिमेकका सबै भेट्न आएका थिए । छिमेकी सबैलाई साक्षी राखेर बलिन्द्र धारा आशुँसगै उसले दु:ख पोख्दै भनि ,”यदि उहाँ रहनुभएन भने म पनि रहने छैन । मेरा यी बचेँका तीनवटा अभागीहरुको जिम्मा हजुरहरूको हुने छ ।” उसको अन्तस्करणबाट निस्किएका ती वाणीले छिमेकीहरुको मन छोयो । सबैको सहयोग र सदभावले श्रीमानलाई निको भयो ।
अहिले ऊ तन्दुरुस्त छ । मिनाले पनि पुनर्जन्म प्राप्त गरेको श्रीमान भनेर पहिलेभन्दा अझै आफैलाई सबै कुरामा समर्पित गर्दै गै ।
एकदिन मिना विरामी परी । उसले सकुन्जेल काम गरी। कसैलाई दुःख दिनु हुँदैन भन्दै आफ्नो व्यथा चापेर बसी। चेक गरेकी उसलाई क्षयरोग लागेको प्रमाणित भयो ।
डाक्टरले यो रोग सामान्य हो । समयमै औषधि सेवन गरे निको हुन्छ भन्ने सल्लाह दिए ।
आफ्नो शरीरको लागि समय दिन सकिन । समयको ख्याल गरेर औषधि सेवन नगर्दा उसको व्यथा निको नहुने अवस्थासम्म पुगेछ । समय अनुसार सामान्य मानिदै आएको क्षयरोग लापर्वाहीले विकराल रुप लियो । मिना रोगले ग्रस्त हुदैँ गई । अब बाँच्ने सम्भावना कम थियो ।
मिनालाई भेट्न आएका छिमेकीहरुसँग रुदैँ छोरीले भन्दै थिई ,”डाक्टरले घरै लगेर खान मन लागेको दिनु । राम्रो ख्याल गरी सबै इच्छा पूरा गरिदिनुहोला भनेर ल्याएको । ”
यता श्रीमानले भने कतिन्जेल चल्छ यसरी, यसको छिट्टै वारपार भए बरू अर्को बाटो गर्न हुन्थ्यो भन्दै थियो ।
(गैडाकोट, नवलपुर)