म
गोधुलिसँग डराएर
झलमल्ल उज्यालो खोज्दै
राम्रो या नराम्रो प्रवाह नगरी
माथि सगरमाथाको फेदवाट
सप्तकोसीको तिरैतिर
सुन्दर पहाड, गल्छेंडा र फाँट हुँदै
तराईका मनमोहक मैदानसम्मको यात्रामा
अनकन्टार जंगलभित्र फसेंछु ।
सन्दैछु,
मेरा वा,
मेरो वियोगमा हाक्पारे गाउंदैछन् रे !
मेरी आमा,
मेलापातमा नि संगिनीमा विलौना गाउँछिन् रे !
छोराछोरी ,
विद्यालयबाट निकालिए रे !
श्रीमतीले
अर्कै लोग्ने रोजिन रे !
दाजुभाइ,
अलिकति अंश बढ्ने आशामा रमाएका छन् रे !
दिदीबहिनी,
दाइजो घटेकोमा सुर्ताएका छन् रे !
म,
यो अनकन्टारभित्र
कहिले हिंस्रक जनावर
कहिले सुन्दर डाँफे अनि गुराँस
कहिले असिना पानी र दलदल
कहिले वनकेरा र जटामसिसँग ,
हाम्रो भविष्य खोजिरहेछु ।
मलाई मेरो कुनै प्रवाह छैन,
तर मेरो आदर्श मेरो बा वाच्नु पर्छ
मेरो जननीलाई चोट र खोट लाग्नुहुन्न
मेरा सन्तानहरु भोकाउनुहुन्न, रोगाउनुहुन्न ।
मेरी प्यारी श्रीमती !
तिमीले अर्कै लोग्ने रोज्यौ रे,
तर तिमी बलात्कृत हुनुहुन्न
प्रिय आफन्तहरु कर्तव्यबाट नभाग्नुस्
एकदिन झलमल्ल उज्यालोसँगै
सुन्दर बिहानी लिएर फर्कने छु ।
(हिलिहाङ, पाँचथर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।