कैले छुन्छ सुस्तरी, कैले बेसरी
किन हावा मलाई छुन्छ यसरी ?
मार्छ आई साउती जान्छ फर्केर
झर्को मानी बसे नि हुन्न तर्केर
उडाउँछझैँ गर्छ मेरो पछ्यौरी
किन हावा मलाई छुन्छ यसरी ?
हात छैन समाई राखौँ भने नि
रोक्ने हो र कसरी घाम बने नि
देखिँदैन आँखाले छोपुँ कसरी
किन हावा मलाई छुन्छ यसरी ?
(पोखरा)