आएको हुँ यहाँ आफु रित्तिएर, तिम्रो त सबथोक छ
फर्क देश घरबार सम्झिएर, तिम्रो त सबथोक छ ।
जब देशमा बलात्कार मौलायो, कानुनले छोरी मार्यो
आमा मरेकी हुन् झन तड्पिएर, तिम्रो त सबथोक छ ।
आकाशमा उडेको पंक्षी हेर्दै, यही सोच्दो हो मेरो मन
बन्दी भए कुवाभित्र जन्मिएर, तिम्रो त सबथोक छ ।
एउटा नेपाली तिमी भइदियौं, अर्को नेपाली म थिएँ
फरक भइयो सिमा कोरिदिएर, तिम्रो त सबथोक छ ।
बाच्नु दुनियाँमा शिर उठाएर, बैरीको शिर झरोस्
नबाच्नु देशसँग अलगिएर, तिम्रो त सबथोक छ ।
(अल्बेरी, अष्ट्रेलिया)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।