तिमी सराब पिउँछौ भट्टी पसेर किन ?
एक्लै जिउँछु भन्छौ छुट्टै बसेर किन ?
घरमा अर्धाङ्गिनी रुँदैछिन नानी पनि
भिखारी बनी हिँड्छौ खरानी घसेर किन ?
कलेजी छिया छिया पारेर धराप थाप्छौ
आफ्नै बिरुद्ध उठ्छौ आफै तर्सेर किन ?
कता जादैछौ यात्री त्यसै नबुझी यात्रा
जसले सिकायो बाटो उसलाई डसेर किन ?
सजाऊ सपना रङ्गीन संस्कार मासेर कुरुप,
भयो अबेर, जाग्दैनौ कम्मर कसेर किन ?
(गुलरिया, बर्दिया)