फेरि पनि फैलियो कोरोनाको लहर
ज्वरो आउँदा पनि औषधि हैन, पिउन थाले जहर
गर्न पनि कति सकेका हुन् यी मान्छेहरूले पाप
त्यसैले त गर्दैछ प्रकृतिले पनि यसलाई मात्र सखाप।
आफ्नै दुनियाँमा मस्त छन् हेरौँ त ती पशुपन्छीहरु
कोइलीले गीत गाएकै छ त्यही गीतमा मग्न छन् जन्तुहरु
बगैँचाका फुलहरु ओइलिए, थाले भित्रभित्रै गर्न गाली
थाहा पाए अहिले कोरोनाले बिरामी छ हाम्रो मालि ।
धनीहरु हिँडे बाच्नलाइ आफ्नो स्थान नै छोडी
कोरोनासँग त मिलेको छ दिन दुखीको जोडि
काम गरी खानेलाइ जुटाउन गार्हो छ एक गास खाना
आत्महत्या गरे कतिले सँगै लिएर बालबच्चा ससाना ।
घरमै बसी पढने अरे भयो अनलाइन पढाइ सुरु
उचित ज्ञान लेनदेन छैन मात्र हेराहेर भयो फोनमा सुरु
लकडाउन खुलेर चलेको बल्लबल्ल दुईचार दिन कक्षा
बिधार्थिको मुल्याङ्कन हुनै पाएन बिचमै रोकियो परिक्षा ।
धेरै बिरामी भएर अस्पतालमा छैन राख्ने ठाउँ
भाग्दैछ्न सहर छोडी सुरक्षित देखी आफ्नो पुरानो गाउँ
ठुलो जनधनको क्षेति भयो प्रगतिको पाइला रोकियो
मानिसको सोच प्राण जोगाउने कुरोमा आइ ठोकियो ।
आफू बाँच्न र अरुलाइ बचाउन सबैले सहयोग गर्दैछन्
अक्सिजन र उपचारको कमीले झन बिरामी मर्दैछन्
बच्नलाइ सुरक्षा अपनाउँदा अपनाउँदै दिन बितेको थाहा छैन
लास जलाउँदा जलाउँदै यो धर्ती नै पग्लिने त हैन ?
(जेबियर इन्टरनेशनल कलेज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।