मेरो किताब सानो छ
ज्ञानगुनमा रानो छ
अंक अक्षरभित्र छन्
रङ्गीचङ्गी चित्र छन्
कथा मिठा कविता
पढ्दा लाग्छ रमिता
चिजविजका नाम छन्
हाम्रो लागि काम छन् ।
क ख ए बि सि डी
एक दुई वन टु सिंढी
पढ्छौ ताली हानी
गुरूआमा नानी ।
च्यात्नु हुन्न यसलाई
कुच्नु हुन्न यसलाई
राख्छु गाता लगाई
धुलो मैलो भगाई ।
सरस्वतीको रुप यो
दिन्छ ज्ञान खुप यो
पूजा गर्छु हर दिन
छोड्दिन साथ एक छिन ।
न त गाली गर्छ
खाली दिमाग भर्छ
किताब मेरो साथी
लान्छ माथि–माथि ।
(इस्मा, गुल्मी)