यो जो मन कराउँछ, आत्तिन्छ चित्कारमा यसको भावना सामान्य छ । आदिम सोचका पहाडहरुमा ठोक्किँदा निस्कन्छन् ध्वनीहरु बनेर धुत्कारका वचन सुन्न नसकी सुनसानमा अझै धकेलिन्छ, यो जो कराउँछ, झनै आत्तिन्छ तर चित्कारमा यसको भावना सामान्य छ । कमै मनहरु यहाँ छन्, जो साथ दिन्छन्, ठक्कर साना ठुला – सबैले हतास दिन्छन् । सास फेर्न गाह्रो छ, बतासले धकेलिन्छ स्वतन्त्र आकाशको खोजमा हिँडेको अवरुद्द यो एक्कासि सन्नाटामा हराउँछ । यो जो मन कराउँछ, आत्तिन्छ चित्कारमा यसको भावना सामान्य छ ।