एकादेशमा कुशल नामक व्यक्ति थियो । कुशलले साइकलको कला देखाउँथ्यो । एकदिन उसको कलेजमा एउटा साथीले नयाँ साइकल किनेछ । उसको नाम सूर्य थियो । अनि कुशलले सूर्यलाई भन्यो, “किन नयाँ साइकल किनेको ? सेकेण्डहयाण्ड किनेको भए पनि भइहाल्थ्यो नि ! तिमी साइकल रेस त खेल्दैनौ ।”
कुशलले आफूलाई खिस्याएको जस्तो लाग्यो । त्यसैले सूर्यले जोसमा आएर भन्यो, “ल हुन्छ, म पनि साइकल रेसमा भाग लिन्छु ।”
कुशलले भन्यो, “रेसमा मैले जीतेँ भने तिमीले साइकल नदीमा फाल्नु पर्छ । अनि तिमीले जीत्यौ भने मैले कहिले साइकल चलाउँदिन ।”
सूर्यले पनि हुन्छ भन्यो । भोलिपल्ट साइकल रेस भयो । पहिला सूर्य अगाडि थियो तर पछि कुशल नै अगाडि भयो । अन्ततः कुशल नै विजेता बन्यो । त्यसैले सर्त अनुसार सूर्यले आफ्नो साइकललाई पानीमा फाल्नु प¥यो । एक दिन कुशलले सबैलाई बोलायो अनि कुशलले भन्यो, “आज म यो छेउबाट आर्को छेउसम्म साइकललाई लिएर उफ्रन्छु । पाँच जना यहाँ बीचमा पल्टनुहोस् । म तपाईहरूलाई नाघेर जान्छु ।”
सुरुमा त साथीहरू अकमकाए तर उसले कर गरेपछि त्यहाँ पाँच जना पल्टिए । त्यो रमिता हेर्नका लागि सूर्य पनि त्यहीँ उभिएको थियो । उसको हातमा ठूलो बेलुन पनि थियो । आज उसको मनमा कुशलसँग बदला लिने विचार आयो । कुशलको साइकलको कला हेर्न साथीहरू घेरा लगाएर उभिएका थिए ।
कुशलले आफ्नो साइकललाई परबाट हुइक्याउँदै ल्यायो र भुईंमा सुतेका साथीहरूको नजिकै आएपछि साइकललाई उफारेर हावामा उडायो । उभिएका साथीहरू सास दबाएर हेर्दै थिए । यसै बिच सूर्यको हातमा रहेको बेलुन फुटेर ठूलो आवाज आयो । सबैले आवाज आएतिर हेरे । त्यो आवाजले कुशलको ध्यान साइकलबाट हटाइदियो । परिणाम स्वरुप साइकल लरखरिँदै भुर्इंमा सुतेका साथीहरूको बिचमा खस्न पुग्यो । साथीहरूले उसलाई भक्कुमार पिटे । साइकलको कला देखाउने घमण्डले पिटाइ खानु परेको दिनपछि कुशलले साइकलको कला देखाउन छोडेर सामान्य तरीकाले चलाउन थाल्यो ।
(हिमरश्मी हाई स्कुल, कक्षा ५, तारकेश्वर, काठमाडौं)