(साहित्यिक प्यास मेट्ने एउटा सार्थक क्षणको कथा हो यो । कथाकार ओसामु डाजी जापानको उत्तरस्थित अमोरी प्रान्तको दुर्गम ठाउँ तोहुकुमा सन् १९०९ को जुन १९ का दिन जन्मेका थिए । बीसौं शताब्दीका जापानी कथाकारमध्ये अग्रणी मानिने ओसामुले “सायो (द सेटिङ सन)” र “निन्जेन सिक्काकु (नो लङ्गर ह्युमन)” जस्ता अत्यन्त लोकप्रिय कृति लेखेका छन् । यी कृति आधुनिक जापानी साहित्यकै उत्कृष्ट मानिन्छ । अर्धआत्मकथात्मक शैली र आफ्नो जीवनलाई पारदर्शी रूपमा अभिव्यक्ति दिने उनका कथाले पाठकको मनमा तीब्र जिज्ञासा पैदा गर्ने गर्छन् ।
आमाबाबुका जीवितमध्ये आठौँ सन्तानका रूपमा जन्मेका ओसामु तीन वर्षको उमेरसम्म तीसजनाको विशाल परिवारमा हुर्किए । उनको परिवार चाँडै नै शक्तिमा पुगेर त्यस क्षेत्रमै सम्मानित बन्न पुग्यो । सन् १९२७ को वर्ष हिरोसाकी विश्वविद्यालयमा सााहित्यको अध्ययन गर्दा सुरुमा उनले कलेज पत्रिकाको सम्पादन गरेका थिए ।
त्यही वर्ष उनले आफ्नो आदर्श मानेका साहित्यकार ¥युनोसुके अकुगुवाले आत्महत्या गरे । त्यो घटनापछि उनको मन भाँडियो । त्यसपछि पढाइ समेत छाडेर भट्टी–बेस्यालयतिर भौंताारिन थाले । त्यतिबेला जापानमै दमन गरिएको साम्यवादतर्फ आकर्षित भएर आफू सम्भ्रान्त परिवारमा जन्मेकोमा पश्चाताप प्रकट गरे । त्यही क्रममा एकप्रकारले अवसादको स्थितिमा पुग्दा १९२९ मा पहिलोपल्ट आत्महत्याको गर्ने प्रयास गरे । सफल नभएपछि मन दह्रो बनाउँदै पछिल्लो वर्ष स्नातक उपाधि लिए । केही समय टोकियो शाही विश्वविद्यालयमा फ्रान्सेली साहित्य पढे । त्यहीबेला एउटी नृत्याङ्गानालाई लिएर भागे । आफ्नो वंशको नाम थर छाडेपछि परिवारबाट समेत परित्यक्त भए । त्यही चोटको कारण आत्महत्याको दोस्रो प्रयास गरे ।
सन् १९३३ मा लेखेका “ओसामु डाजी” शीर्षक पहिलो र “रेस्सा (ट्रेन) नामक अर्को कथाबाट सुरु गरेका प्रथम पुरुषमा लेखिएको आत्मजीवनीपरक शैली पछि गएर उनकै साहित्यिक पहिचान बन्यो । फ्रान्सेली साहित्यमा स्नातक अध्ययन पूरा गर्न नसकेकाले अखबारमा जागि पाएनन् । त्यही चोटमा फेरि आत्महत्याको प्रयास गरे ।
सन् १९३० र ४० को दशकमा डाजीले निकै सङ्ख्यामा रहस्यमय कथा र उपन्यास लेखे । “ग्योफुकुकी (१९३३)” आत्महत्याको रहस्यमय घटनामा बुनिएको कथा हो । यही समयमा लेखिएका अन्य कृति “डोके नो हाना (द फ्लावर अफ बुफूनरी, १९३५)”, “अगेन्स्ट द करेन्ट (ग्याक्को, १९३५)”, “क्योगेन नो गामी (द गड अफ फार्स, १९३६)” मा आफ्नै ऐकान्तिक शून्यबोध र विलाशिताजन्य अनैतिक जीवनको परोक्ष चित्रण गरेका छन् ।
दोस्रो विश्वयुद्धताका प्रकाशित उनका कृति “इहारा साइकाकु (१६४२–१६९३)” मा सङ्गृहीत कथा लोककथाहरूको पुर्नकथन थिए । युद्धपछि उनको लोकप्रियताले शिखर छोयो । उनले युद्धपछि लेखिएको “भियोन नो सुमा (भिल्लोन्स वाइफ १९४७०)” शीर्षक कृतिमा युद्धपछि टोकियो सहरमा भएको आर्थिक मन्दीद्वारा सिर्जित अनैतिक जीवनको जीवन्त चित्रण गरेका छन् ।
सन् १९४७ मा प्रकाशित “सान्यो (द सेटिङ सन)” उनको सर्वाधिक लोकप्रिय कृति हो । यसमा दोस्रो विश्वयुद्धपछि घट्दो कुलीन शासनको वर्णन गरिएको छ । त्यसरी नै उनको “निगेन सिक्काकू (नो लङ्गर ह्युमन, १९४८)” जापानी साहित्यकै उत्कृष्ट कृति मानिन्छ । उनले सन् १९४८ को जुन १३ तारिखका दिन तामागुवा नहरमा डुबेर जीवनको अन्त्य गरे ।)
परिधानयुक्त शरीरबाट आनन्द प्राप्त हुन्छ; मनबाट वेदना । –दाँते
शरद् ऋतुको अन्त्यतिरको एक रात, हिबिया सार्वजनिक हलको कन्सर्ट सकिएपछि, असङ्ख्य मानिसहरू पखेटा फैलाउँदै उडिरहेको कौवाको बथान खनिएजस्तै थरीथरीका झुण्ड बनाएर धक्कामुक्का गर्दै घरतिर फर्किरहेका थिए ।
“ओहो, तपार्ईंं श्रीमान् यामाना होइन ?
त्यो बिनाटोपी कपाल जिङ्ग्रिङ्ग पारेर पातलो गन्जी लगाएको एकजना दुब्लो पातलो युवकको आवाज थियो ।
“किन र, तिमी पनि कलाका पे्रमी हौ कि के हो….मबाट के चाहन्छौ ?”
“म तपार्ईंंको प्रशंसक हुँ । तपाईंले गर्नुभएका सङ्गीत समीक्षा मलाई मन पर्छ । यता केही समयदेखि तपाईंका समीक्षा पढ्न पाएको छैन नि !”
“हो…., साँच्चै हो ।”
“हो….,” यामानाले दो¥याउादै छोटोमा जवाफ दिए । उनी प्रौढ देखिने दोेहोरो आङका भद्र व्यक्ति थिए । त्यो युवक कता जाँदै छ भन्ने समेत नसोधी उनले युराकुन्चोतिर आफ्ना पाइला सारे ।
उस् ! त्यो युवकले रातको अँध्यारोमा व्यङ्ग्यपूर्वक ओठ बङ्ग्यायो ।
त्यो केटो टोकियो विश्वविद्यालयको विद्यार्थी थियो, तर यति बेला उसले न विश्वविद्यालयको पोशाक लाएको थियो, न टाउकोमा टोपी नै थियो । शरीरमा खुकुलो गन्जी र त्यससँग मिल्दो रंगको पाइन्ट । उसका बाबुआमाले खर्च दिँदैनथे । त्यही भएर ऊ कुनै बेला जुत्तामा पालिस गरेर, कुनै बेला चिट्ठाको टिकट बेचेर आउने थोरै पैसाले आफ्नो गुजारा चलाउँदै आएको थियो । हिजोआज भने एउटा प्रकाशनमा सम्पादन सहयोगीको काम पाएको थियो । त्यसबाहेक अरु केही काम गरेर राम्रै आमदानी गथ्र्यो ।
“मोजार्टलाई मात्र वास्तविक सङ्गीतकार भन्न सुहाउँछ, होइन त ?” मोजार्टको बारेमा श्रीमान् यामानाले लेखेका एउटा भावपूर्ण लेख सम्झँदै उसले केही चाप्लुसी गर्दै आफ्नो प्रतिक्रिया प्रकट ग¥यो । अनि उनी भएतिर चोर आँखाले हे¥यो ।
“त्यसो मात्रै त होइन……”
अँ केही बेर अगि रिसाएजस्तो देखिने उनको अनुहारमा केही खुसी देखियो । म बाजी ठोकेर भन्न सक्छु, माथिसम्म ओभरकोटको कलरले छोपिएका उनको गाला अवइश पनि लाल लाल भएको हुनुपर्छ ।
उसले अझ आँट गर्दै थप्यो…..
“मलाई लाग्छ बिथोभेनकै बेलादेखि वर्तमान सङगीतमा ह्रास देखिन थाल्यो । सङगीत मान्छेपिच्छे रुचि अनुसारको हुनुपर्छ भन्नु पागलपन हो । सङगीत अधिशङ्ख्यक मानवजीवनको सहयोगी बन्नसक्नु पर्छ । आज राति मोजार्टको सङ्गीत सुनेपछि मलाई वास्तवमा सङ्गीत कस्तो हुनुपर्छ भन्ने थाहा भयो ….।”
“म यही स्टेशनमा ओर्लन्छु… ।”
हामी युराकुछो स्टेशनमा आइपुगेका थियौँ ।
“ओहो…यहीँ पो ओर्लनु हुन्छ ? माफ गर्नोस् तपाईंँसँग यसरी कुरा गर्न पाउँदा अत्यन्तै खुसी छु ।”
उसले दुवै हात पाइन्टको गोजीमा हालेर औपचरिकबस अलिकति शिर निहुराएर विदाइ अभिवादन ग¥यो । दुवैजना गिन्जामा एक अर्काको विपरित दिशातर्फ हराए ।
बिथोभेन, बिथोभेन नै हुन्; मोजार्ट, मोजार्ट । श्रीमान् यामानाले जुँगा पालेका थिए, त्यो केही अगाडिको कुरा हो । यो ठिक हो, भिन्नता, यस अर्थमा हुन सक्छ जुँगा पाल्दना र नपाल्दा उनीप्रतिको आदरभावमा कुनै फरक परेन । संभवतः म पनि उनीजस्तै छु । रुचिविहीन !
जुँगा….मैले सुने अनुसार यो दाँतको लागि आरोग्यवर्धक छ । पख्नोस्, ओह, कसैको शरीरमा गाड्नको लागि हो र दाँत ? अहँ होइन, मलाई बादशाह मेइजीको चम्किलो दाह्री जुँगाबारे गरिएको बयान सम्झना हुन्छ । असाध्यै आकर्षक ! ओहो उनी कसरी युरोपेली पोशाक र चस्मामा सजिने गर्थे होलान् । सुहाउँदो जुँगा र त्यसमाथि शिरपोश । ओहो, कति रोमाञ्चक ! महामहिमको मनोविज्ञान मेरो निमित्त बुझिनसक्नु थियो । म अनुमान गर्छु, कठोर मान्छेको जुँगाले उत्तेजना जन्माउँछ होला, जुँगा पाल्ने मान्छेलाई लडाइभिडाइको चहना जागृत गराउँछ होला ! ऊभित्र लडाकु स्वभावको जन्म गराउँछ होला । जुँगा पाल्ने मान्छे निदाएको बेलाको अनुहार भिखारीको जस्तो देखिन्छ कि ! अथवा त्यो निष्कृय अनुहार याचकको झैँ पो देखिन्छ कि ? मलाई पनि जुँगा पालौँ कि भन्ने विचार आयो । जुँगा पाल्दा अनुहारमा केही बौद्धिकता झल्किन्छ कि, यस्तो भैदिए त हुन्थ्यो !
माक्र्सको जुँगाको बयान कुन शब्दमा गर्न सकिएला ? त्यो बान्की कसरी बनाइएको थियो होला ? उनको नाक मुनि तरबारझैँ मसिनो बन्दै गएको हो कि, मकैको घोगामा निस्कने जुँगाजस्तैे ! दुर्बोध्य । गाईको जूरोजस्तै अचम्मको– सके सन्देहवादको सङ्केत ? म रराभुल्लमा परेँ, आ के नाम थियो उनको ? हो सुश्री तानाबे, अब मलाई पक्का भयो । चालीस वर्ष जति उमेरकी पै्राढ । हो, यो उमेरका महिलासँग खर्च गर्न पर्याप्त मात्रामा जगेडा पैसा हुन्छ । यो पनि राम्रो कुरा हो । उनको होचो होचो, छरितो शरीरले गर्दा त्यो उमेरमा पनि जवान देखिन सघाएको थियो ।
“सुश्री तानाबे ।”
मैले बिस्तारै उनलाई सम्बोधन गरेँ । ओहो ! हरियो गोलो ब्यारेटको टोप । अलि नसुहाउँदो ! होइन, धेरै नसुहाउँदो पनि होइन । सिद्धान्तवादीहरू रुचिलाई खासै महत्व पनि दिँदैनन् हगि ? तर आफ्नो उमेरको बारेमा, आफ्नो उमेरलाई ध्यानमा राखेर सोच त !
“को ?”
“ए ? राम्ररी ठम्याउन सकिनौ ? पर्ख त !”
“क्रेयन प्रकाशनको एकजना सहयोगी…”
के नाम म आफैले भन्नु पर्ने ? सोझो कुरा गर्ने बानी नभएको त होइन ?
“ओहो, माफ गर्नोस्, श्रीमान् यानागावा पो ।”
त्यो मेरो वास्तविक नाम होइन, तर पनि म तिमीलाई आफ्नो सही नाम बताउँदिनँ ।
“हो, मैले अगिल्लो पल्ट भेट्दाको बखतमा माफी माग्न चाहेको थिएँ ।”
“ए, यो आवश्यक छैन ।
“तिमी कता गएका थियौ ?
“तपाईंँ नि ?”
ओहो, किन केही नबोलेको होला ।
“कन्सर्टमा ।”
“ए, त्यसो पो ।”
धेरै नसोची बस्न सक्दैनौ ? यसकै लागि त बेला बेलामा मन बहलाउन कन्सर्ट वा यस्तै कुरा सुन्न जाने गर्छु म ।
“म भूमिगत रेलबाट घर फर्कंदैछु । अखबारमा पनि केही हेर्नुपर्ने काम छ !”
“केही काम” भनेको के ? नढाँट् न । तिमी त एकजना मान्छेसँग थियौ होइन ? अखबार रे ? समाजवादी महिलाको भ्यानिटी ब्यागबारे प्रवचन !
उनको अनुहार रातो भयो ।
“होइन युनियनको विषयमा ..”
युनियन ? एउटा शब्दकोषले त यसलाई “आफैंलाई आँसु झार्ने स्थितिमा पु¥याउने काम, व्यवसाय” को पर्याय भन्छ नि होइन ? अथवा व्यस्तताको पर्याय ।
हुन त मेरा आँखा आँशुसँग अपरिचित छैनन् ।
“हरेक दिन यति सारो मिहिनेत, गाह्रै हुन्छ होला !”
“ठिक भन्नु भो …।”
मलाई थाहा थियो, ठिकै भनेको छु ।
“केगर्नु लोकप्रिय क्रान्तिको निमित्त उपयुक्त समय चाहिँ कहिल्यै आएन, आयो त ?”
“अँ, अब संभव छ ।”
“अहिले भएन भने कहिल्यै हुँदैन, कसो ?”
“भएन भने हामी मिल्किइने छैनौँ ।”
मेरो चाप्लुसीलाई पत्याउलिन ? भन्न सक्दिनँ, उनलाई कस्तो कुराले खुसी बनाउला ।
“एक एक कप चिया खाँदै गफ गर्ने कि ?”
“छाड्देऊ यतै टहलिएर कुरा गरौँ ।”
“ठिक छ नि त, पानी त पर्ने होइन, म हेर्छु है ।”
कति चपल केटी ! तिमीजस्ती केटीको साथ पाउने मान्छे साँच्चैको भाग्यमानी हुन्छ होला; यिनी पक्कै विचार गरेर मात्रै खर्च गर्ने खालकी होलिन् । पक्कै अरु पनि असल गुण होलान जस्तो छ ।
चालीस वर्षका प्रौढ महिलामा त्यही उमेर अनुसारका हुन्छन् । तीस वर्षकामा तीसै वर्षका जस्तो । सोह्र–सत्र वर्षका केटीभन्दा तिनको व्यवहा नै अर्कै हुन्छ । बिथोभेन । मोजार्ट । श्रीमान यामाना । माक्र्स । डेकार्ते । बादशाह । सुश्री तानाबे । म भने अहिले नितान्त एक्लो छु । हावा जस्तै यताउता गर्नुबाहेक केही छैन !
ठिक छ, त्यसो भए आज राती के खाँदा ठिक होला ? कति अनिश्चितता ?…खाने कुराको रूचिलाई कन्सर्ट खराब होकि त ? खाने नाउँ लिँनासाथ अमिलो डकार आउनु मेरो मूर्खता नै त होला ।
“ए…यानागावा
अँ यो नाम रुचिकर थिएन ! यो नाउँ सुन्दा सेन्¥यु (अन्त्यानुप्रास नमिल्ने तीन पाउमा पाँच, सात, पाँच गरी १७ शब्दखण्ड वा सिलेबलको हिसाबले लेखिने हाइकुजस्तै एकप्रकारको जापानी कविता) को चरित्रजस्तै विपरित लाग्छ, चाहे जो सुकैले सुनोस् !
त्यसैले यो यानागावा शब्दले मलाई बासी र साजी खिचडीको स्वाद सम्झाइदिन्छ । होइन त ! म भोलिसम्ममा योभन्दा राम्रो उपनाम सोचौँला । जे होस् को हो यो मान्छे ? सधैं अप्रिय लाग्ने । अँ, यो त्यही महत्वाकाङ्क्षी लेखक हो जो एउटा पाण्डुलिपि बोकेर मेरो अफिसमा आएको थियो । त्यो कति दिक्कलाग्दो थियो भने…सधैंँ रक्सीको मात चढेजस्तौ । यससँग निश्चित दूरी राख्न पर्ला ।
“अँ माफ गर । कोहौ तिमी, मैले त चिनिनँ ?”
मेरो यस्तो कुरा सुनेपछि ऊ त्यहाँबाट जाला भन्ने लागेको थियो ।
“कहिले भन्ने त बिर्सें, एकपटक म तपाईंको अफिसमा पाण्डुलिपि लिएर आएको थिएँ । त्यतिबेला फर्कनु अगि तपाईंले “यो त काफुको नक्कलजस्तै देखिन्छ” भन्नुभएको थियो । अब त सम्झनु भो’ होला नि ।”
किन मेरो टाउको खान्छौ ? म त्यस्तो खालको आलोचना गर्दै गर्दिनँ ! मैले “सारगर्भित होला” भनेको हुनसक्छ, नक्कल गरेको भनेर त पक्कै भनिनँ होला ! त्यसमाथि मैले एक पृष्ठ पनि पढेकी थिइनँ । शीर्षक देखेरै पढ्ने जाँगर मरेको थियो । के थियो त्यो शीर्षक, अँ …“एउटी कलाकार केटीको अनिच्छित भ्रमण ।” त्यो देख्नासाथ म निराश र अलमल्ल परेकी थिएँ । संसारमा अझैपनि यस्तो महामूर्ख होला भन्ने मैले विश्वासै गर्न सकेकी थिइनँ ।
“अँ अब सम्झेँ ।”
बढी नम्रता पनि ठिक होइन । यो पनि मूर्खता नै हो । म सन्देहमा पर्न चाहन्नँ । यो मान्छे कमजोर देखिन्छ । लाग्छ, यसलाई म सजिलै पछार्न सक्छु, तर, यसै भनिहाल्न पनि सक्दिनँ । भनाइ नै छ सावधानी सबैन्दा राम्रो नीति हो ।
“मैले शीर्षक बदलेँ ।”
मलाई के मतलब त ! तर म ठिक लक्ष्यमा भने रहेछु ! लाग्यो, यो मान्छे मूर्खै त होइन जस्तो क्यारे ।
“ए बदल्यौ ? त्यसो हो भने राम्रो ।”
हुन त मलाई त्यस कुरामा पटक्कै चासो थिएन ।
“मैले नयाँ शीर्षक राखेर “महिला पुरुष बीचको द्वन्द्व” बनाएँ ।”
“महिला पुरुष बीचको द्वन्द्व….”
म अवाक बनेँ, अल्पबुद्धि ! तैले मूर्खताको सीमै नाघिस् । घृणित जीव । गोेद्नु पर्ने ! भागिहाल् त । म तेरो कसिङ्गर सोहोर्न, केलाउन चाहन्नँ । यस्तै भएर त मलाई सिकारु युवा लेखक मनै पर्दैन ।
“मैले यसै शीर्षकमा प्रकाशनको लागि सम्झौता गरिसकेँ ।”
“केरे ?”
“हो त्यो पाण्डुलिपि प्रकाशन गर्ने सम्झौता भइसक्यो ।”
त्यो जादुभन्दा कम आश्चर्य थिएन । सके नया लेखकको हतारो ? म कूतो कस्तो अनुभव गर्न थालेँ, बिसन्चो भएजस्तो । मैले एउटा व्यङ्ग्यचित्रमा टेढो नाकवाला पात्र “ह्योत्तो” जस्तै यसमा पनि मैले कल्पनै नगरेको प्रतिभा रहेको पनि त हुन सक्छ ! आश्चर्य लाग्दो । ओहो, साँच्च कस्तो आश्चर्य । त्यसै भएर त म सिकारु युवा लेखकलाई मन पराउन्न । तैपनि म उसलाई फुक्र्याउँछु ।
“अँ, शीर्षक अब एकदमै मौलिक छ ।”
“हो, लाग्छ यो समयको मागसँग मेल खान्छ ।”
म मात्र अप्रसन्नता महसुस गर्नसक्थेँ । पर्ख ! मलाई दह्रो बन्न देऊ ।
“आज त्यसको पारिश्रमिक पनि पाएँ, रकम राम्रै छ । यताउता भट्ीको चक्कर लगाइसक्दा पनि आधाभन्दा बढी नै बचेको छ ।”
कन्जुस्याइँ गरेर कम खायो होला, अनि बच्यो । कस्तो अप्रिय तुच्छ प्राणी ! अहिले अलिकति पैसा हात प¥यो, अनि धाक लाउँछस् । तीन हजार एन, होइन त ? होइन ?
अँ…शौच गर्दै कति बचेको छ भनेर हे¥यौ ह्वैन त ? मलाई पक्का थाहा छ । त्यसो नगरेको भए कसरी “मसँग अझै आधाभन्दा बढी छ” भनेर ढुक्कसँग भन्न सक्थ्यौ त ? त्यसै ग¥यौ हो ? म अनुमान गर्न सक्छु । तिमीले सडक पछाडि बिजुलीको खम्बामा छेको लागेर एक एक गर्दै नोट गन्यौ र लामो सास लिँदै मसिनो स्वरमा गुनगुनायौ, “ओहो, धेरै नसताऊ ! हेर शिरमाथि एउटा चरा उडिरहेको छ ।” कति करुण थियो त्यो दृश्य । वास्तवमा म त्यहीँ थिएँ ।
“बाँकी भएको सबै पैसा आजकै रात सक्ने विचार गर्दै छु । मलाई साथ दिनुहुन्छ ? यता कतै तपाईंँले चाहेको बारमा जाँदा पनि हुन्छ ।
माफ गर, म गलत थिएँ । तिमीलाई पक्का छ होइन, त्यति पैसा बाँकी त छ ? फेरि खाइसकेपछि नपुगेर अप्ठ्यारोमा नहोस्, त्यही भएर सोधेको !
“अँ मलाई राम्रो ठाउँ थाहा छ, तर त्यो अलि महँगो छ । त्यसैले पछि अप्ठ्यारो नपारोस् भनेर मात्रै ।”
“ठिक भन्नु भो’ । मेरो विचारमा तीन हजार एनले त पुग्ला । पैसा तपाईंले नै राखेर मगाउँदा हुन्छ नि ! हुन्न र ? न भए आधा आधा राखौँ ।”
“होइन, होइन । म अरुको पैसा राख्ने जिम्मेवारी बोक्न चाहन्नँ । यसले मेरो आनन्दमा बाधा पार्छ, बुझ्यौ ।”
अप्रिय, तर वाचाल ! लेख्ने मान्छेमा सरलताको सहज गुण त रहन्छ नै । चिन्तारहित । मोजार्ट, मोजार्ट नै हुन् । साहित्यिक युवक, साहित्यिक रूपमा कच्चा उमेरको । कसरी त्यस्तो ठाउँमा पुग्छ, अनौठो होइन त ?
“ठिक छ, त्यसो भए हामी खाँदै साहित्यको बारेमा गम्भीर कुराकानी गरौँला । होइन त ? वास्तवमा मैले सुरुदेखि नै तिम्रो लेखनप्रति चासो राख्दै आएको छु । के गर्नु, मेरा प्रधान सम्पादक अलि अर्कै खालका छन्, पुरानै विचारका ।
म उसलाई “ए ताकेदा ताभेर्न” रेस्ट्राँमा लाने प्रस्ताव गर्छु । मैले सम्झेसम्म मसँग बाँकी पैसाले उनको राम्रै सत्कार पुग्ला ।
“ओहो…त्यो ठाउँ ?”
“हो, ठाउँ अनौठो भए पनि मलाई यस्तो खालको वातावरण मन पर्छ । तिमीलाई नि ?”
“अलि अलि …।”
“ठिक छ । हामी दुवैको रुचि उस्तै रहेछ । ल, पिऊँ । यो तिमीलाई । रुचि भनेको जटिल कुरा हो । हजारौँ अरुचि मिलेर एटा स्वाद वा रुचि जन्मन्छ । रुचि नै नहुनेसँग घृणा वा अरुचि पनि हुँदैन ।
आऊ पिउँ ! यी यो तिमीलाई ! आऊ, रातभर कुरा गरौं ! ओहो, तिमी मैले अनुमान गरेभन्दा बढी मितभाषी रहेछौ । म भने मौनता त्यति मनपराउन्न । म यसमाथि नियन्त्रण गर्नै सक्तिनँ । यो मेरो असहिष्णुता हो । यसरी कुरा गर्नुमा पनि पूरै आत्मत्याग चाहिन्छ र अधिकांश मान्छेलाई यो अरुको सहयोगमा प्राप्त हुन्छ । जसमा कुनै प्रतिफलको आशा रहँदैन, हो सहयोग । तर तिमीले आफ्ना शत्रुलाई समेत सम्मान गर्न सक्नुपर्छ ।
म आफूसँग शत्रुता राख्नेसँग रिसाउन सक्दिनँ, बरु उसलाई माया गर्छु । हाम्रा शत्रुले हामीलाई सधैं जीवित राख्छन्, यसमा कुनै शङ्का छैन । हो यसले तिमीलाई जीवित राख्छन् । मूर्खहरूलाई लाग्छ अरुलाई मूर्ख बनाउन सजिलो छ । र ओठे जवाफमा कुनै प्रकारको शब्दकौतुक हुँदैन । उनीहरूलाई कथित प्रष्टताको चाहना हुन्छ । प्रष्टता भन्नु नै तिमीले आफैलाई समवेदनाविहीन प्राणीले झैँ आफूलाई दायित्वमुक्त गराउनु हो । यसको अर्थ उनीहरू अरुलाई पनि त्यस्तै असम्वेदनशील ठान्दछन् । अत्यन्तै सचेत प्राणी अरुको पीडाप्रति समेत सचेत रहन्छन्, र स्पष्ट हुन मुस्किल ठान्दछ । तसर्थ स्पष्टवादिता हिंसा हो । यही भएर म पाका मान्छेको वरिपरि पर्न पनि रुचाउन्नँ । हुनसक्छ म तिनको सीप र क्षमताबाट डराएको छु (ब्वाँसाहरूमा प्रतिद्वन्द्वी मोटोघाटो भेडाको अगिल्तिर पर्ने नैतिक साहस अभाव हुन्छ) । सामान्य कुराकानीमा समेत कच्चा कुराबाट शब्दहरू चाँडै सिर्जित हुन्छन् । प्रथमतः राम्रो सहजज्ञान मृगतृष्णजस्तै हो । चातुर्यका साथ आउने सहजज्ञान– यो के हो, मात्र आकश्मिकता । मात्र संयोग ।
ल पिऊँ ! यो तिम्रो ! ल अब कुरा गरौँ । हाम्रो प्रमुख बैरी नै मीतभाषिता हो । केही मात्रामा म जति बढी बोल्छु, त्यति नै अनिश्चित हुन पुग्छु । मलाई कसैले नङ्ग्याइरहेको हुन्छ, म फर्केर हेर्न खोज्छु । अँ हो, म पनि एकप्रकारले अरुजस्तै पछुवा नै त हुँ । ती मानिस महान् हुन् जो आफ्नो निर्णयप्रति पूर्ण विश्वास्त हुनसक्छन् । तर के गर्नु यसले मूर्खहरूको वास्तविकतालाई पनि त ढाकिदिन्छ । कुतर्कको लागि यतिले नै पुग्छ । म स्वयम् पनि यो स्वभावलाई नम्रतापूर्वक सम्मान गर्छु । कुतर्कमा आंशिक रूपले मान्छेको अगिल्तिरको सीमित कृपणता मात्र प्रतिबिम्बित हुन्छ ।
ल पिऊँ ! आऊ, साहित्यको बारेमा कुरा गरौँ । साहित्य सिद्धान्तले उत्सुकता जगाउँछ, जगाउँदैन त ? अँ, नयाँ लेखक नयाँ नै हुन्, पुराना पुरानै ! म किन यसरी सोच्न थालेको छु भन्ने पनि चाखलाग्दो छ । ठिक छ, यहाँ चिन्तनको लागि आवश्यक सामग्री पाइन्छ । नयाँ लेखकको रूपमा तिमीलाई लाखौँ पाठकको मन पर्ने स्रष्टाका रूपमा स्थापित हुन के गर्नुपर्ला जस्तो लाग्छ ? मलाई थाहा छ, यो कठिन प्रश्न हो । तर कहिल्यै आफूलाई हतास हुन नदिनू । अँ, हेर त छानिएका सयौँ मान्छेको आँखामा अप्रिय हुनुभन्दा यो अनुकूल बनाउनै नसकिने कुरा होइन ।
लाखौँले मन पराइएका लेखक आफू स्वयम्लाई पनि माया गर्छन् । त्यसैले थोरैले मात्र मन पराएका लेखक आफैंलाई मन पराउँदैन । यो ज्यादै कम सङ्ख्यामा हुने कुरा हो । यसको अर्थ हो अस्तित्व । सौभाग्यले, हाम्रो सन्दर्भमा, तिमी आफ्नो काम मन पराउँछौ; यस कुराले तीन लाख मान्छेद्वारा मन पराइएका मूलधारका लेखकको जस्तै तिम्रो संभाव्य सफलताको सङ्केत गर्छ । तिमीभित्रको क्षमतापूर्ण शक्ति देखाउँछ । निराश नहोऊ । पैसा कमाउनको लागि आफ्नो भाषाको प्रयोग गर्ने तिमीमा राम्रै क्षमता छ ।
ल पिऊँ ! यो तिम्रो लागि । महाशय तिम्रो कृति एक जना पाठकले हजार पटक पढ्यो, वा हजार जना पाठकले एकपल्ट मात्रै पढे भने तिमी कुन ठिक ठान्छौ ? तिम्रो प्राथमिकतामा कुन चाहिँ पर्ला ? सबै दृष्टिमा ! हरहिसाबले ! तिमीसँग क्षमता छ । काफुको नक्कल गर्नु खासै ठूलो समस्या होइन । यो मौलिकताको कुरा पनि मूलभूत रूपमा आफ्नो हिसाबले पचाएर आफ्नै जस्तै बनाएर अभिव्यक्ति दिन सक्ने प्राविधिक प्रशोधनको कुरा न हो । आउँदा राम्ररी पचाइको छ छैन; फोरहर कै रूपमा अपरिवर्तित किसिमको छ कि ? यो पछिल्लो कुरा हुन सक्तैन, यदि पूर्ण रूपमा पचाइएको छ भने समस्या नै छैन ।
जतिसुकै उच्च क्षमताका लेखक हुन् उनीहरू पनि सधैं नै मौलिक थिएनन् । साँच्चि नै योग्य लेखकको विशेषण पाएका पनि त सबैले, सबैतिर समान रूपमा चिनिएका हुँदैनन् । तिनका सर्वोत्तम रचना फेला पारेकै हुँदैनन् । त्यसैले, यो यस्तै हुनुपर्छ भन्ने पनि निरर्थक कुरा हो । तिमी कुनै बेला मौलिकताको दावी गर्ने कुलीन लेखकको अगाडि प¥यौ भने तिनलाई वास्ता गर्नु जरुरी छैन । तिनका कुरा हलुका रूपमा लिनु; गम्भीरतापूर्वक लिनु जरुरी छैन । अँ, अलि साहस आयो । तिम्रो अगाडिको मार्ग अति अथाह छ, अति विस्तृत छ । अत्यन्तै फराकिलो पनि । तिमी किन यो “फराकिलो” शब्दसँग मिल्दो शीर्षक राख्दैनौ आफ्नो अर्को कृतिमा ? मैले सुने अनुसार “ढोका” शब्दमा ऐतिहासिक गूढार्थ लुकेको छ ।
माफ गर, मैले अलि बढी नै बोलेँ ….।
….ठिक छ, अँ म ठिक छु । यी रक्सी त्यति राम्रा कुरा होइनन् । छि, अब म आफू मुक्त भएको अनुभव गर्दैछु – यता आएर म बोधो निसास्सिदो पनको पञ्जामा खुम्चिएको थिएँ । प्रशंसा मात्रै पिउँदाको असल साथी त होइन नि, हो त ? छाड्द्यौ भ्यालेरीको कुरा,…अँ, बल्ल मैले उनको नाम लिएँ । यतिबेलासम्म मैले नाम लिएको थिइनँ । आज मैले जति कुरा भनेँ, ती सबै उनको साहित्य सिद्धान्तको आधारमा भनेको हुँ । अन्ततः मैले यथासंभव मौलिकता कायम हुने गरी प्रकट गरेँ । मेरो पेटमा कष्टकारक बनेको कुरालाई मैले राम्ररी पचाउन सकिनँ ।
तिम्रो पनि यसतर्फ रुचि छ भने सरसरती पढे हुन्छ, तर त्यो पुस्तक यहीँ दिनु ठिक छैन । यो पुस्तक मैले तिम्लाई भेट्नुभन्दा अगि आधामूल्यको पुस्तक बेच्ने पसलमा देखेर लिएको हुँ । अनि आज मैले तिमीलाई जे जति ंभनेँ, ती सबै रेलबाट आउँदा पढेको तात्तातो ज्ञान सम्झँदै भनेको हुँ । अहिलेसम्म सम्झनामा छ, भोलि ती सम्झनामा नरहन सक्छन् । तिमीले भ्यालेरी पढ्यौ भने भ्यालेरीकै अपेक्षा गर्ने छौ । मोन्तेँ पढे, मोन्तेँ कै । र, पास्कल पढे पास्कलकै । आत्महत्याको अनुमति त दिइएको छ त्यसका लागि पर्याप्त साधन भने दिइएको छैन…..यो पनि भ्यालेरी कै कथन हो । नराम्रो होइन, हो त ? हामी आफैंलाई समेत मार्न सक्दैनौँ । अँ सम्झ त । ए…वेटर ! ल हिसाब जोडेर ल्याऊ त । ठिक छ, धेरै राम्रा कुरा भए । पुस्तकमा भनिएजस्तै तिमी चराजत्तिकै हलुको हुने छौ, पखेटाजस्तो होइन । ….अब के गर्ने ?
नाङ्गो शिर, गुजुमुज्ज केश, खुकुलो गन्जी लाएको त्यो अग्लो सिकुटे युवक आफ्नो पखेटा फफटफटाउँदै जलपङ्खझैँ हावामा सरर्र उड्यो ।
(अप्रकाशित जापानी कथासङ्ग्रह “अभिशप्त रात”बाट )
(अङ्ग्रेजीबाट अनुवाद – विजय चालिसे)