ताइहाङ र वाङगु पर्वतहरू लगभग सात सय ली र सयौँ हजार फिट अग्ला छन् ।
यी पहाडहरूको उत्तरमा झन्डै नब्बे वर्षको एकजना बृद्ध बस्थे जसलाई सबैले मूर्ख भन्थे । उसले सधैँ यी पहाडहरूको सामना गर्नुपर्थ्यो । प्रत्येक पटक बाहिर जाँदा र फर्केर आउँदा घुमाउरो यात्रा गर्नुपर्दा उसलाई निकै असुविधाजनक लाग्यो । त्यसैले एक दिन उनले आफ्नो परिवारलाई यस विषयमा छलफल गर्न बोलायो ।
“हामी यी पहाडहरूले साह्रै दुःख दिए । यसलाई समतल पार्न सँगै काम सक्दैनौँ ?” उसले सुझाव दियो, “त्यसो भएमा हामी हान नदीको किनारमा दक्षिणतिर बाटो खोल्न सक्छौं ।”
यसमा सबै सहमत भए । उनकी श्रीमतीले मात्र शङ्का व्यक्त गरिन् । “तिमीमा एउटा सानो पहाड पनि समतल गर्ने शक्ति छैन । तिमीले यी दुई पहाडलाई कसरी सार्न सक्छौ ? यसबाहेक, सबै माटो र ढुङ्गाहरू कसरी तह लगाउने ?” उनले आपत्ति जनाइन् ।
“हामी तिनीहरूलाई समुद्रमा फ्याँक्नेछौं ।” जवाफ थियो ।
त्यसपछि मूर्ख आफ्नो छोरा र नाति, ती तीन जना डण्डा बोकेर हिँडे । तिनीहरूले ढुङ्गा र माटो खने र टोकरीमा रखेर समुद्रमा लगेर फाल्न थाले । तिनीहरूको जिङ नामक एक विधवा छिमेकी थिइन् जसको सात आठ वर्षको छोरो थियो । यो केटा तिनीहरूलाई मद्दत गर्न तिनीहरूसँगै गयो । उनीहरूलाई महिनौँ काम गरे ।
नदीको मोड़मा बस्ने एक जना मानिस, जसलाई ज्ञानी मानिस भनिन्थ्यो, तिनीहरूको प्रयासमा हाँसे र तिनीहरूलाई रोक्न सक्दो प्रयास गरे ।
“यो मूर्खताको पराकाष्ट हो । मुर्खता हो यो ! तिमी यति बुढो र कमजोर छौ । तिमीले पहाडको एक टुक्रा पनि हटाउन सक्दैनौ । तिमीले यति धेरै माटो र ढुङ्गा कसरी फाल्ने ?” उनले सम्झाउन खोजे ।
मूर्खले लामो सास फेरे ।
“तिमी कति सुस्त छौ !” मूर्खले भने, “तिमीलाई विधवाको कान्छो छोरोको आभास पनि छैन । म मरे पनि म मेरो छोरो, छोराका छोराछोरी आदि पुस्ता पुस्ता छोडेर जान्छु । यी पहाडहरू ठुला हुन नसक्ने भएकाले हामी किन तिनीहरूलाई समथर पार्न सक्षम हुनु हुँदैनौँ ?”
त्यसपछि ज्ञानी मानिसले भन्ने ठाउँ केही थिएन ।
(स्रोतः Chinese Ancient Fables, Foreign Languages Press, Beijing(1981)
अनुवाद : मार्स अम्गाई
(हिमरश्मि हाईस्कुल, कक्षा– ६)