सबैको मन जब आफ्नै धुनमा थियो
कोरोना भाइरसले एक्कासी थकाई दियो
पृथ्वीमा कसैलाई कतै भाग्ने ठाउँ थिएन
त्रासमै मरे कति पानी पिउनई दिएन ।
विश्व ध्वस्त पार्छु भन्नेहरू पनि डराए
बरु पशुपन्छीहरु आफ्नै दुनियाँमा हराए
गरिबले गास जुटाउन सकेनन् संकटमा परे
बाध्यताले कतिले त आत्महत्या गरे ।
एक मान्छेदेखि अर्को मान्छेहरू नै तर्किए
आफ्नैले साथ दिएनन् आफन्तहरू नै झर्किए
हावा अनि पैसाबाट पनि सर्ने त्यो कस्तो कुरा
श्वासनली हुँदै फोक्सोमा गइ रोप्ने छुरा ।
यसले मान्छेका लक्ष्य अनि सपनामा कस्तो चुनौती थोपर्यो
स्वर्गजस्तै ठाउँहरुलाई मसानघाट गरायो
गर्नसम्म गर्यो ठुलो जन धनको क्षति
चीनले गरेको थियो यसको सुरुवाती खेती ।
जात भात भुले यहाँ नाता गोता भुले
पिन्जडाबाटै निस्किन्छौझैँ गरे लकडाउन खुले
लकडाउनपछि दुखसुख मानिसहरूले चलाउदै छन् गति
प्राणघातक नै भएपनि, कोरोनाले सुधार्यो मान्छेको मति ।
(जेबियर इन्टरनेशनल कलेज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।