खोजेर भेटिन्न, लेखेर लेखिन्न चित्रकारले कोरेर कोरिन्न किनकि इतिहासमा नलेखिएको रहस्य हो मेरो परिवेश । डाँडाकाँडाको हरियालीमा खेली मरूभूमिको बालुवमा फुल्ने फुल म शान्तिमय पङ्खा चलाई अशान्तिको तस्बिर उडाउने नयाँ नेपालको नयाँ स्वरूप हु म । समाजलाई सिगार्ने फूल हुन न सकूँला फूललाई बचाउने काँडा हु म जीवन बचाउने पानी हुन नसकूँला पानी पिलाउने हात हु म । अवसान अन्त्य होइन उदय बनोस मेरो इतिहासको मेरा रचनाले किताब होइन भरियोस गाथा मेरो परिवेशको । अन्याय र अत्यचारले अपमानित व्यक्तिहरूका हृदयको पीडा म ग्लानिको अग्निमा सुरुवाती पाइला भई दुष्टता हर्ने शक्तिको हर्ष हु म । चम्किन सकूँ जून बनी अधेँरीमा पनि सुनौलो नाम लेखी कर्मले, देखूँ मै सपनी प्राणभन्दा प्यारो मेरो देश जीवन्त रहिरहोस मेरो परिवेश । खोजेर भेटिन्न, लेखेर लेखिन्न चित्रकारले कोरेर कोरिन्न किनकि तेजस्वी रहस्य हो मेरो परिवेश ।।
(जेबियर इन्टरनेशनल कलेज)