हान्स एन्डरसनद्वारा लिखित बादशाहको नयाँ पोशाक कथा पक्कै पनि धेरै मान्छेले पढेका होलान् । त्यो कथा एकजना यस्तो सम्राटका विषयमा हो जो सधैँ नयाँ नयाँ पोशाक लगाउन मन पराउँथ्यो । कथामा बादशाहको त्यही शौखका कारण कसरी दुईजना ठग जुलाहाले उसलाई मुर्ख बनाए भन्ने कुरा लेखिएको छ । ती ठग जुलाहाहरूले अहिलेसम्म अरू कसैले सपनामा समेत नदेखेका असाध्यै राम्रो पोशाक तयार गर्न सक्ने दाबी गरे । सबैभन्दा ठूलो कुरो त जो मूर्ख छ वा आफ्नो पदका लागि अयोग्य छ त्यस्तो मानिसले त्यो पोशाक उसका आाखाले देख्न सक्तैन भन्ने कुरा तिनीहरूले दाबी गरे । यस्तो सुन्नेवित्तिकै वादशाहले आफ्ना लागि पोशाक तयार गर्न आदेश दिइहाल्यो । त्यसपछि ती दुईजना ठगहरू कपडा बुनेको, काटेको र सिएको अभिनय गरेर हावामा हात चलाउन थाले । बादशाहले आफ्ना मन्त्रीहरूलाई पोशाक तयार गर्ने कामको प्रगति कति भएको छ भनेर निरीक्षण गर्न कैयौँ पटक ती दुईजना ठग जुलाहाले पोशाक तयार गरिरहेको अभिनय गर्दै बसेको ठाउँमा पठायो । मन्त्रीहरूले पनि जुलाहाकहाँबाट फर्किएर आएपछि हरेक पटक पोशाक आफ्नै आँखाले देखेको र त्यो असाध्यै राम्रो भएको कुरा बताए । वास्तवमा तिनीहरू कसैले केही पनि देखेका थिएनन् तर उनीहरू कोही पनि मूर्ख बन्न अथवा आफ्नो पदका लागि अयोग्य हुन चाँहदैनथे ।
नयाँ कपडा तयार भैसकेको भनेर ती ठगहरूले खबर गरेपछि एक दिन बादशाहले एउटा विशेष कार्यक्रमको आयोजना गरेर त्यही समारोहमा नयाँ पोशाक लगाउने तयारी भयो । नयाँ पोशाक लगाउनका लागि निर्धारित दिनमा ती दुईजना ठगले बादशाहलाई पुराना सबै पोशाक फुकाल्नका लागि बिन्ती गरे । त्यसपछि तिनीहरूले नयाँ पोशाक लगाउनका लागि बादशाहलाई सघाएजस्तो गरेर यताउती हावामा हात चलाए । बादशाहका नोकरचाकरहरू आपूmलाई मूर्ख बाउन र आफ्नो पदका लागि अयोग्य हुनबाट बच्न चाहन्थे र तिनीहरू सबैले आँखा चिम्लेर नाङ्गो बादशाहको प्रशंसा गरे । मख्ख पर्दै बादशाह नाङ्गै बाहिर निस्कियो विशेष समारोहका बीच अग्रपंक्तिमा बसेर निर्वस्त्र सहर घुम्न लाग्यो ।
सडकका दुवै किनारामा लाम लागेर बसेका मानिसहरूले पनि आफूहरू मूर्ख बन्नुपर्ला र आफ्नो पदको लागि अयोग्य हुनुपर्ला भन्ने डरले सत्य कुरा भन्न सकेनन्, र तिनीहरूले बादशाहको नयाँ पोशाक साँच्चै नै देखेझैँ गरेर उसको कपडाको धेरै प्रशंसा गर्दै कराए । तर, एक जना बालकले अकस्मात् भन्यो, ‘आच्या !, त्यो मानिसको शरीरमा त एउटा पनि लुगा छैन नि ! किन बुङ्गै हिँडेको हँ ?’
जब त्यस समारोहका मानिसहरूले बालकले भनेको त्यो कुरा सुने, तिनीहरू आफूले सुनेको कुरा आफू नजिकका अरू सबै मानिसलाई भने र तिनीहरू एक आपसमा मुखामुख गर्दै हाँस्न र कराउन थाले । ‘साच्चै हो, बादशाह त सर्वाङ्ग नाङ्गै छ । मानिसहरूबीच खासखुस गर्दै गरिएको त्यो कुरा सुनेर बादशाहलाई आफू राम्रैसित ठगिएको कुरा खुलस्त भयो । तर जुलुस लगातार अघि बढिरहेको हुनाले उसले त्यसलाई तत्कालै स्थगित गर्न सकेन र जोशिँदै पूर्ववत् रूपमा जुलुसमा अगाडि बढ्ने निधो ग¥यो ।
त्यसपछि के भयो भन्ने कुरा कथाकार हान्स एन्डरसनले बताएका छैनन्, तर कथा यहँ समाप्त हुँदैन । त्यसपछि पनि कथामा प्रसस्त कुराहरू आएका छन् ।
मानौँ त्यहाँ कुनै अनौठो कुरा भएकै छैन कि झैँ गरी बादशाह त्यो समारोहमा लाबालस्करसहित लगातार अघि बढिरहेको थियो । उसले आफ्नो काँध र डढाल्नो पोशाकको भारले झिचिएको जस्तो बहाना ग¥यो । आँखाले देख्नै नसकिने वस्त्रको लत्रिएको छेउ समात्न खटिएका नोकरहरूले पनि आफूहरूलाई समालेर राखेका थिए र मुखबाट हाँसो नफुस्कोस् भनेर दाँतले ओठ टोकिरहेका थिए । तिनीहरू पनि आपूmलाई मूर्ख बनाउन चाहँदैनथे । बादशाहका आठपहरियाहरू टाउको नउठाइकन भुईँमा मात्र हेरेर अगाडि बढिरहेका थिए । तिनीहरूले भुईँमा नहेरीकन सोझो मात्र हेर्दा एक अर्कासित आँखा जुझ्न सक्थे र त्यसो हुँदा हाँसोको फोहोरालाई रोक्न नसकिने पो हो कि भन्ने तिनीहरूलाई औधी डर थियो ।
तर ती मानिसहरू निकै हक्की खालका थिए । तिनीहरूलाई कुरा चपाउन वा मुन्टो निहुराउन मन लागेन । अनि तिनीहरूका अगाडि नाङ्गो बादशाह हिँडिरहेको प्रत्यक्ष दृश्य छँदै थियो र त्यस्तो अचाक्ली देख्ता तिनीहरूले हाँसो रोक्न सकेनन् । त्यसपछि तिनीहरू आकाशै थर्कनेगरी खित्का छोडेर हाँसे ।
‘त्यति राम्रो बादशाहले नाङ्गै हुनुप¥या’ लौ हेर त !’ एक जनाले कराएर भन्यो ।
‘हैन, यसको दिमाग खुस्क्या हुनुपर्छ,’ अर्कोचाहिँले पनि कराएर भन्यो ।
‘छि ! छि !! छि !!! कस्तो घिनलाग्दो जनावर रहेछ यो त ?’ अर्कोले थप्यो ।
‘बादशाह त खुइल्याएको कुखुराजस्तै छ त. . . !’ चौथो दर्शकले प्रतिक्रिया दियो ।
यस्ता टिप्पणीहरू सुनेपछि बादशाह असाध्यै लज्जित भयो र ऊ खुब रिसायो । जुलुसकै बीचमा टक्क रोकिएर उसले मन्त्रीहरूलाई हका¥यो, ‘के तिमीहरूले ती मूर्खहरूका कुरा सुनेका छैनौ ? किन तिनीहरूका मुखमा बुजो लगाउँदैनौ ? मेरो नयाँ पोशाकको जति प्रशंसा गरे पनि पुग्दैन । यसले मेरो राजसी मर्यादा बढाएको छ । तिमीहरू सबैले यसै भनेका होइनौ त ? अबदेखि म सधैँ यिनै पोशाक लगाउने छु र यी बाहेक कुनै पनि पोशाक लगाउने छैन । म नाङ्गै छु भनेर फेरि पनि कुनै मान्छेले भन्यो भने त्यसलाई मृत्युदण्ड दिइने छ र यो नयाँ कानुन तुरून्तै लागू गर ।’
मन्त्रीहरूले उनको आज्ञा तत्कालै पालन गरे । तिनीहरूले बाद्यवादकहरूलाई नर्सिङ्गा फुकेर मानिसहरूलाई तुरून्तै एक ठाउँमा जम्मा गर्न भने । त्यसपछि तिनीहरूले खुब चिच्याएर नयाँ कानुनको घोषणा गरे । एकछिनको लागि हाँसो थामियो र बादशाहले अलिकति सन्तोषको सास फे¥यो र त्यसपछि फेरि जुलुससहित अघि बढ्यो ।
अलिकति पर पुग्न पाउँदानपाउँदै बादशाहका कानमा झिरले घोचेझैँ फेरि तिनै शब्द परे ।
‘जिउमा त एउटा धरो पनि छैन ए . . . !’
‘छ्या, छाला पनि कस्तो घिनलाग्दो . . . !’
‘हेर न हेर ! करङ् त कस्तो बाहिरै उछिट्टिएका . . . ?’
‘हैन कस्ता खाले नयाँ पोशाक हुन् हँ यी . . . ?’
कुरैपच्छिे मान्छेहरू खित्का छोडेर हाँस्थे । बादशाहले फेरि रिसले आँखा देखेन । पिर्लिक्क आँखा पल्टाएर मन्त्रीहरूतिर हेर्दै उसले तिनीहरूलाई हका¥यो, ‘तिमीहरूले सुनेका छैनौ . . .?’
‘हामीले सुनेका छौँ प्रभु, . . . ’ डरले थरथर काँम्दै मन्त्रीहरूले बिन्ती बिसाए ।
‘कि मैले भर्खरै बनाएको नयाँ कानुन तिमीहरूले बिस्र्यौ ?’
बादशाहले गाँठी कुरो भन्न नपाउँदै मन्त्रीहरूले बादशाहको खिसी गरेर हाँस्नेजति सबैलाई गिरफ्तार गर्न आदेश दिए ।
त्यो हुलमा फेरि खैलाबैला मच्चियो । सिपाहीहरू तत्कालै चारैतिर दौडिए । जो जो मानिसहरू भाग्न खोज्थे तिनीहरूतिर सिपाहीहरू सङ्गिन तेस्र्याउँथे । भागदौडमा धेरै मान्छेहरू लडेर पछारिए, केही भने अरूहरूलाई धकेलेर दौडिए । हाँसो र ठट्टाको सट्टा अब त्यहाँ मान्छेको चित्कार र स्याँ स्याँ गरेको आवाज सुनिन थाल्यो । मानिसहरू के गरौँ र कसो गरौँ भनेर अत्तालिइरहेका थिए । पचास जना जति मानिसहरू समातिए । बादशाहको कानुन अकाट्य छ भन्ने परोस् र त्यसपछि त्यो कानुन कसैले पनि तोड्ने साहस नगरोस् भन्ने देखाउन बादशाहले ती मानिसहरूलाई तुरुन्तै त्यहीँ नै झुन्ड्याएर मार्ने आदेश दियो ।
त्यसपछि त्यस बादशाहले कुनै लुगा लगाएन र नाङ्गै बस्यो । चाहे त्यो स्वास्नीमान्छेहरूको जमघट भएको ठाउँ होवोस् वा अरू नै सभा–समारहो होवोस् वादशाह जहाँ पनि नाङ्गै जान्थ्यो । सुरूका केही दिनसम्म त बादशाहका भित्रिनीहरू र आठपहरियाहरू त्यो घिनलाग्दो जन्तुलाई देख्दा लाज मान्थे, तर पछिपछि त उनीहरूका निम्ति बादशाहको नाङ्गो शरीर देख्नु भनेको यति स्वाभाविक कुरा हुन थाल्यो कि उनीहरूले त्यस कुरालाई कुनै नौलो बस्तु ठान्न छाडे । वास्तवमा नाङ्गो बादशाहलाई हेर्नु भनेको उनीहरूका लागि मामुली कुरो भैसकेको थियो र उसको नाङ्गोपनमा हाँस्नु पर्ने उनीहरूले कुनै कुरा देखेनन् । पछिपछि त उनीहरू एक आपसमा आँखा जुधाएर यसरी सोझै हेर्न लागे जहाँ बादशाह नाङ्गै छ भन्ने कुरासमेत तिनीहरूले बिर्सिए । त्यसो हुनु असल भित्रिनीहरू र इमान्दार चाकरहरूका लागि अत्यन्त जरुरी थियो । उनीहरूले त्यसो नगरेको खण्डमा उनीहरूको पद गुम्थ्यो र उनीहरूले आफ्नो जीवनलाई पनि तिलाञ्जली दिनुपर्ने हन्थ्यो ।
एक दिन वादशाह आफ्नी सबभन्दा मन परेकी भित्रिनीलाई लिएर मदिरा सेवन गरिरहेको थियो र भित्रीनीले वादशाहलाई खुसी तुल्याउन रातो मदिरा पिलाइरहेकी थिई । भित्रीनीले वादशाहलाई रातो मदिराको प्याला हातमा थमाउँदै भनी , ‘यो प्याला पिउनोस् । म तपाईंलाई लाख वर्षसम्म बाँच्नोस् भन्ने शुभकामना चढाउँछु ।’
बादशाहले उसको कुरामा मख्ख परेर मदिराको प्याला एकैचोटी मुखमा घ्वाप्लाक्क घोप्ट्यायो । तर त्यसो गर्दा सर्को प¥यो र प्यालाको रक्सी जति सबै उसको छातीभरि खोलोजस्तै भएर बग्यो ।
‘धत्तेरिका, . . .! छातीभरि मदिरा घोप्टियो . . .। के . . . रे ?. . छाती. . . ?
उसकी प्यारी भित्रिनीको अनुहार डरले फुस्रो भयो र त्यसका ओठतालु सुके । उसले तुरुन्तै आफ्नो गल्ती महसुस गरी । ‘हैन प्रभु, छाती हैन ।’ डरले काम्दै उसले भनी, ‘हजुरको लुगामा पो दाग लाग्यो भनेको त ।’
‘तैँले ऐले भर्खरै छाती भिजेको भनेकी हैनस् ? यसको मतलव म नाङ्गै छु मनेकी तैँले, हैन . . . ? मूर्ख दुच्छर ! यसको मतलव, मेरो कानुनको अवहेलना गरेकी हैनस् ?’ त्यसपछि वादशाहले अरू चिच्याएर भन्यो, ‘लौ यसलाई तुरुन्तै फाँसीमा चढाउन लैजा ।’
त्यसपछि वादशाहका पालेहरूले उसलाई घोक्य्राउँदै लिएर गए ।
अर्को उदाहरण एक जना खुवै शिक्षित मन्त्रीसित सम्बन्धित छ । हुन त त्यस मन्त्रीले पनि आफूलाई अरूहरूले जस्तै गर्ने बानी पारेको थियो तर पनि नाङ्गै सिंहाशनमा बस्ने सर्म हराएको मानिसलाई ‘वादशाह’ भन्नुजस्तो अनुचित कुरो केही पनि हुँदैन भन्ने ऊ बारम्बार सोच्ने गथ्र्यो । ऊ त्यो ‘वादशाह’लाई बरु एउटा ‘दुच्छर बाँदर’ भन्नु सबभन्दा उपयुक्त हुन्छ भन्ने ठान्थ्यो । कुनै दिन झुक्किएर थुतुनु यताउता पर्ने बित्तिकै विपत्ति आइपर्छ भन्ने सोचेर ऊ झन् डराउँथ्यो । त्यसै कारणले बूढी भएकी आमालाई घरमा भेट्न जाने निहु पारेर उसले वादशाहसँग छुट्टीका लागि बिन्ती ग¥यो ।
‘बिदा त पाउँदैनस्, तर जानै छ भने तैँले आजदेखि अवकास पाइस् ।’ यसरी ऊ जागिरबाट बर्खास्त भयो ।
मन्त्रीले वादशाहलाई धन्यवाद दियो । भर्खरै हतकडी चुँडालेर जेलबाट मुक्त भएको मान्छेझैँ सञ्चो मानेर उसले भन्यो, ‘धन्य दैव, अबदेखि यो बादशाहको नाङ्गो कुरूप अनुहार मैले हेर्नपर्ने भएन ।’
बादशाहले उसको टिप्पणी राम्ररी सुन्न नपाएकोले त्यसले के भनेको थियो भनेर उसका नोकरहरूसित सोध्यो, ‘त्यसले भर्खरै के भन्यो हँ ?’ सोचविचारै नगरी उसका चाकरहरूले सत्य कुरा भनिदिए । ‘ए, उसो भए तैँले नेकरी छोड्न खोजेको यसो भएर हो . . . ?’ बादशाहले गर्जिएर भन्यो, ‘तैँले मेरो कानुनको वास्ता गरिनस्, त्यसैले अब मैले तँलाई कैल्यै पनि घर जान दिने छैन ।’ त्यसपछि उसले त्यो मन्त्रीलाई तत्कालै झुन्ड्याएर मार्न लगायो ।
तर सर्वसाधारण मानिसहरूले भने उसका भित्रिनीहरू र चाकरहरूले झैँ कुरा गर्ने बुद्धि सिकिसकेका थिएनन् । जब मन्छेहरूले बादशाह र उसको कुरूप शरीर देख्थे, कसैले पनि तिनीहरूको हाँसो राक्न सक्तैनथे । त्यसको फलस्वरूप मानिसहरू रातदिन झुन्ड्याएर मारिने क्रम निरन्तर चलिरह्यो । एक दिन बादशाह देवतालाई बली चढाउन निस्कँदा तीन सय मानिसहरू झुन्ड्याएर मारिए । अर्को एक दिन बादशाह घुम्न निस्किएको समयमा पाँच सय मानिसहरू मारिए । अर्को एक दिन बादशाह घुम्न निस्किएको समयमा धेरै सडक र गल्ली भएर जाँदा धेरै मानिसहरू हाँसे र एक हजार भन्दाबढी मानिसहरू मारिए ।
एउटा बूढो मन्त्रीले मान्छे मार्ने त्यो काम असाध्यै निर्दयी भएको हुनाले त्यसलाई रोक्नुपर्छ भन्ने अनुभव ग¥यो । तर बादशाहले भने आपूm बेठिक छु भनेर कहिल्यै पनि सोचेन । जब कसैले बादशाहबाट गल्ती भएको भन्थ्यो, उसले आफ्नो चिहान आफै खन्थ्यो । यदि कुनै तरीकाले बादशाहलाई फेरिदेखि साँचैको कपडा लगाउने बनाउन सके मान्छेहरू उसलाई देखेर हाँस्ने र रगतको खोलो बग्ने दुवै काम बन्द हुन्थ्यो भन्ने उसलाई लाग्यो । उसले त्यस कामका लागि सबैभन्दा राम्रो र सुरक्षित जुक्ति खोज्नका लागि धेरै लामो समयसम्म रातको निद्रा र दिनको भोक त्यागेर सोचविचारमा तल्लिन भयो ।
अन्त्यमा उसले एउटा योजना बनायो र वादशाहलाई भेट्न गयो । उसले वादशाहसित नम्र निवेदन गर्दै बिन्ती बिसायो, ‘एउटा इमान्दार प्रजाका हैसियतले म सरकारका बाहुलीमा एउटा प्रस्ताव पेश गर्न चाहन्छु जसका विषयमा मौसुफबाट विचार हुने छ । सरकारको सम्मान बढाउनका लागि मौसुफले सधै नै नयाँ पोशाक लगाउने चाहना राखिबक्सन्छ जुन औधि नै राम्रो कुरा हो । अहिले प्रभुले धेरै समयदेखि एउटै कपडा लगाइरहिबक्सेको छ र व्यस्ततापूर्वक राज्यको कार्य सञ्चालन गर्नुपरिहेको हनाले गर्दा यो कपडा फेर्नेतिर प्रभुको ध्यान पुग्न सकेको छैन । मौसुफले लगाइरहेको पोशाकको रङ विस्तारै उड्न थालेको छ र मौसुफको लागि अर्को नया पोशाक तयारी गर्नका लागि आदेश दिन म अनुमति चाहन्छु ।’
‘रङ उड्दै छ रे ?’ बादशाहले आफ्नो जिउतिर हे¥यो । ‘बुद्धु, यो पोशाकमा जादुको शक्ति छ । यो पोशाकको रङ कहिल्यै पनि उड्दैन । मैले अबदेखि यो पोशाकभन्दा अर्को कुनै कपडा लगाउदिन भनेको तैँले बिर्सिइस् ? यो पोशाक उतारेर तैँले मलाई नराम्रो रूपमा देख्न चाहन्छस्, हैन ? तैँले आजसम्म राम्रोसँग मेरो चाकरी गरेको हुनाले र तँ बूढो भएको हुनाले, भैगो म तँलाई झुन्ड्याउन्न तर तैँले आजीवन कारावास बस्नुपर्छ ।
यसपछि बूढो मन्त्रीले अनाहकमा धेरै कष्ट झेल्नुप¥यो । बादशाहको आनीबानीमा भने कुनै प्रकारको परिवर्तन आएन । तैपनि मानिसहरूको हाँसो रोकिएन र बादशाहले पनि झन् कडा नियम कानुन बनाउन थाल्यो । बादशाह जहाँजहाँ जान्छ त्यहाँ कसैले पनि हल्लाखल्ला नमच्चाउनु भन्ने अर्को आदेश जारी भयो । जोसुकै भए पनि उसले कुनै किसिमको कुराकानी र टिकाटिप्पणी ग¥यो भने उसले अपराध गरेको मानिने छ र उसको सर्वस्व हरण हुनेछ भन्ने नियम लागु भयो । बादशाहको नयाँ कानुनको घोषणाले बादशाह जनताबाट धेरै टाढा पन्छिन थालेको छ भन्ने सबैले महसुस गरे । बादशाहको खिल्ली उडाएर हाँस्नु त नराम्रै भयो रे लौ, तर मान्छेहरूले अरू नै विषयमा एक आपसमा कुराकानी, छलफल र सरसल्लाह गर्दा पनि उनीहरूलाई किन झुण्ड्याउने ? यस्तो सोचेर मान्छेहरूले दरबार अगाडि गएर घुँडा टेकेर बिन्ती बिसाएर उनीहरू बादशाहलाई निवेदन गर्नथाले ।
झस्किइरहेको बादशाह बाहिर निस्केर झोक्कियो, ‘तिमीहरू के भनेर यहाँ आयौ ? के तिमीहरूले उत्पात मच्चाउनै खोज्या हो त ?’
ती इमान्दार प्रजाहरूले टाउको उठाउन सकेनन्, तर हतार गर्दै भने, ‘त्यसो होइन प्रभु ! ख्वामितले हाम्रो भनाई बुझिबक्सेन । हामीले त्यस्तो खाले कुनै पनि कुरा भनेका छैनौँ ।’
केही धैर्यधारण गरेर बादशाहले लामो सास फे¥यो र नाङ्गो जिउमा हातले सुमसुम्याउँदै भन्यो, ‘त्यसो भए तिमीहरूले के खोजेको हो त ?’
‘हामी हाम्रो बोल्ने र हाँस्ने स्वतन्त्रता फिर्ता पाउन माग गर्दछौँ । जजसले ख्वामितलाई गिज्याएर हाँस्छन् ती मानिसहरू पक्कै पनि खराब हुन् र तिनीहरूलाई मार्नैपर्छ तर हामीहरू सोझा इमान्दार नागरिक हौँ र हामी सरकारको नयाँ कानुनलाई बदर गर्ने माग गर्छौँ ।’
‘तिमीहरू कसरी स्वतन्त्र हुन सक्छौ हँ ?’ बादशाहले भन्यो, ‘यदि तिमीहरू स्वतन्त्र हुन चाहन्छौ भने मेरा प्रजा हुन सक्तैनौँ । तिमीहरूलाई मेरा प्रजा हुन मन छ भने मैले बनाएको नियमलाई तिमीहरूले मान्नैपर्छ । मैले बनाएका मेरा कानुनहरू अकाट्य छन् । मैले तिमीहरूको उजुरी सुन्ने . . . ? म त डेग चल्दिन बुझ्यौ ?’ यति भनेर बादशाह फरक्क फर्किएर भित्री कोठातिर गयो ।
ती इमानदार प्रजाहरूले त्यस बाहेक अरू केही भन्ने आँट गर्न सकेनन् । तिनीहरूले बिस्तारै टाउको उठाएर माथितिर हेरे ।
बादशाहलाई त्यहाँ नदेख्दा घर फर्केर जानु बाहेक उनीहरूले अरू कुनै विकल्प देखेनन् । त्यसपछि तिनीहरूले नयाँ उपाय सोचे । त्यस दिनदेखि बादशाह बाहिर घुम्न निस्कँदा मान्छेहरू कान थुनेर बस्नथाले । यसरी तिनीहरूले बादशाहको यात्रामा भाग निले काम बहिस्कार गरे ।
एक दिन बादशाह आफ्ना अङ्गरक्षकहरू र मन्त्रीहरूलाई लिएर सहर बाहिर रहेको विश्रामगृहमा जान हिँड्यो । बादशाहका लावालस्कर जुनजुन सडक भएर गए ती सबै ठाउँहरू मरूभूमिझैँ सुनसान र चकमन्न थिए र सबै घरका झ्यालढोकाहरू बन्द थिए । तिनीहरू निस्पट्ट रातमा हिँडिरहेको फौजी कमानको टुकडीले झैँ केवल आफ्नै पदचाप मात्र सुन्न सक्थे ।
बादशाहले हिँड्दाहिँड्दै कान राता पार्दै एक्कासी रोकिएर मन्त्रीहरूलाई हकार्दै सोध्यो, ‘के तिमीहरूले सुन्यौ. . .?
‘झसङ्ङ झस्किएर मन्त्रीहरूले कान ठाडा बनाए, ‘हो हजुर ! एउटा केटो कराएको छ ।’ तिनीहरूमध्ये एकजनाले भन्यो । ‘एउटी आइमाई पनि गाउँदै छे ।’ तिनीहरूमध्ये अर्कोले थप्यो । ‘त्यो मान्छे सराबले मातेको हुनुपर्छ । त्यसले हल्ला मच्चाइरहेको छ ।’ तेस्रोले थप्यो ।
मन्त्रीहरूले त्यस कुरालाई चानेचुने ठानेको हुँदा बादशाहले रिसले आँखा देखेन । उसले गर्जिएर भन्यो, ‘के तिमीहरूले मेरा नयाँ कानुन बिर्सियौ ?’
मन्त्रीहरूले आज्ञाकारिताको सबुत पेश गर्दै पालेहरूलाई जनताका झ्यालढोका फोरेर आइमाई, केटाकेटी सबैलाई गिरफ्तार गरेर जजसले हल्ला मच्चाएका थिए तिनीहरूलाई तुरून्त मृत्युदण्ड दिने आदेश दिए ।
तर चिताउँदै नचिताएको कुरा भयो । पालेहरूले घरका ढोकाहरू फोर्नेबित्तिकै भित्रबाट मान्छेको ओइरो चल्यो । ती मान्छेहरूले बादशाहलाई धक्याउँदै चिथोर्न थाले । तिनीहरूले नाङ्गो बादशाह तँ पर भाग् !’ भन्दै कराउन थाले । त्यसपछि झन् नाटकीय र उदेकलाग्दो कुरा भयो । लोग्नेमान्छेहरूले बादशाहलाई पाखुरामा समाते र स्वास्नीमान्छेहरूले तिनीहरूका पातला खिरिला औँलाहरू र हत्केलाले बादशाहको पिठ्युँमा ढ्यापढ्याप धाप मार्दै मादल बजाएझैँ तिनीहरूका हात चलाउन थाले । त्यसरी घेरामा परेको बादशाहको बच्ने बाटो कतै पनि बाँकी रहेको जस्तो देखिएन । बादशाहले सबै किसिमका सजायँहरू खारेज गर्ने बचन दिँदै चिच्च्यायो, तर उम्कने बाटो अझै फेला परेन । लछारपछार गर्दा बादशाहको होस गुम्नथाल्यो । जे गर्दा पनि त्यस अग्निपरीक्षाबाट बादशाह पार हुन सकेन । हर्कबढाईँ मनाइरहेको त्यस जनसमूहमा बादशाहले टाउको निहु¥याएर आँखीभुईँ खुम्च्याउँदै स्वाँ स्वाँ सास फेर्नु र बिलौना गर्नु सिवाय अरू केही गर्न सकेन ।
जनताका घरबाट निस्कँदा पालेहरूले बादशाहको बिजोग देखे । बादशाह चारैतिरबाट अरिङ्गालले तिलिरहेको ढेँडु बाँदरजस्तै देखिन्थ्यो । उसको त्यस्तो अवस्था देखेर पालेहरू पनि जनतासँगै स्वरमा स्वर मिलाएर हाँस्न थाले । त्यस्तो देख्दा सुरूमा त मन्त्रीहरू प्नि डराए, तर तिनीहरूले बादशाहलाई एकपल्ट झक्क देखेपछि भने आफ्नो हाँसो रोक्न सकेनन् ।
जनताहरूसित मिसिएर हाँस्दाहाँस्दै मन्त्रीहरूले पनि बादशाहको कानुन तोडेका छन् र तिनीहरू पनि गिरफ्तारीमा पर्न सक्छन् भन्ने कुरा तिनीहरूलाई अकस्मात् सम्झना भयो । त्यस भन्दाअघि अरू मानिसहरूले बादशाहको खिल्ली उडाउँदा तिनै मन्त्रीहरू अघि सर्थे, यस पटक भने उनीहरू नै बादशाहको खिल्ली उडाइरहेका थिए । तिनीहरूले फेरि एक पटक बादशाहलाई नियालेर हेरे । टाटेपाटे भएको बादशाह झरीमा परेर निथ्रुक्क भिजेको कुखुरोजस्तै असाध्यै हाँसोउठ्दो देखिएको थियो । मान्छेले हाँसोउठ्दो बस्तु देख्दा के हाँस्न हुँदैन र ? तर बादशाहले मानिसहरूलाई हाँस्नमा बन्देज लगाएको थियो । कस्तो अविवेकी कानुन ? त्यसपछि मन्त्रीहरू जनसमूहसितै मिसिएर कराउन थाले, ‘नाङ्गो बादशाह तँ पर हट् !’
मन्त्रीहरू र पालेहरू पनि जतनाकै लहरमा मिसिएको देखेपछि बादशाहलाई आफूले टेकेको जमिन डगमगाउन लागेजस्तो लाग्यो र कुनै ठूलो घनले टाउकामा हानेझैँ गरी ऊ एक्कारी भुइँमा पछारियो ।
अनुवाद ः हरिहर खनाल