भयङ्कर आँधिवेरीपछि हल्लियो आसन त्यो इन्द्रदेवको त्राहिमाम् त्राहिमाम् गुञ्जायमानमा भेला भो देवगणको सबै अमरापुरि केन्द्रबिन्दुमा । चतुर्मुख ब्रह्माको आतिथ्यतामा संवाद भो सबैको कुन मनुवाको यो हिम्मत हो ? केहि हासिल गर्न अफ्ठ्यारो तपस्या उसैको मनभित्रको हुनुपर्छ पक्कैपनि कारण यो हाहाकारको । वार्तालापहरुको बिचमा विणा र स्तुतिको लयसङ्गै स्वरकण्ठ खोलेर नारदले प्रकाश पार्दा भए त्यो रहस्यमा एक छ मनुष्य पृथ्वीलोकको डुब्दछ प्रेमरागमा एक स्त्रीको हर समय साँझ बिहान अनि हरेक निमेषमा । ब्रम्हाको दिव्यदृष्टि स्मृतिपटलको फ्रेममा, डुबेको आर्तध्वनीमा आफ्नो त्यो प्रेमरोगीको चित्र आयो थप्दै प्यालामा त्यो एक पेग मदिरा उठायो लोचनका ति दुइटै पर्दा खसायो । उठ्यो फोहोरा हाँसोको नगरी अमरापुरीमा हर्षले गदगद भइ अनि विष्णु वर्षा भो तहाँ सोमरसको । मुसुक्क हाँसेर मुखले वाणी भो महादेवको पुरा होस् चहाना मनबिच त्यो मानव दुखियाको । निलकण्ठको आज्ञा सुनि जब शिर हल्लाई देवगणले एकैस्वरमा तथास्तु भन्दा पुष्पवृष्टी भो जहिँतहिँ । भन्दा अपत्यारिलो सुन्दा अनौठो तर यसैगरि नै हो प्रिय मैले तिमीलाई पाएको । (गुल्मी/हाल नवलपुर)