बनेर एक, बन्धु हो ! जुरुक्क उठ्नुपर्दछ
समाजको समुन्नती निमित्त जुट्नुपर्दछ
सुसभ्यता र शान्तिको प्रवाह ल्याउनाकन
समाजका विसंगति विरुद्ध डट्नु पर्दछ
छ सार्वभौम देश यो र देशबासी छन् खुला
भइ स्वतन्त्र बाँच्ननै स्वदेश पढ्नु पर्दछ
उकास्न मानवीयता सुभावना समाजमा
रुढी तथा कुसंस्कृति विरुद्ध लड्नु पर्दछ
फुटेर आफुआफुमै पुगिन्न है कहीँ पनि
सबै सबै नेपालीको कथा समेट्नु पर्दछ
*** ***