“माथिबाट बग्दै आइगो, कालो र कागत, बर्तन लागोई मर्नेई काल, नलागोई बाफत ।” पूर्णीमा परियार जस्ता गलीबाट ओइरिने यस्ता लोकभाका सबैका कानमा घुस्दा हुन त सभ्य समाज बन्न आइतबार लाग्दैन्थ्यो होला । साढे सात घण्टासम्म त्रिवेणीको गीत, संगीत र साहित्यिक खुराकले डकार्दै भाइरिँदा दिउँसोलाई रातीले धकेलिसकिछिन् । सबै प्राण्ीहरू आ–आफ्नो गुडमा चोच्किन तल्लिन देखिन्थे ।
“रात परिहाल्यो, आज यतै बस्ने त होला । तपाइहरूलाई पनि उचित बसोवासको व्यवस्था गरौंला ।” व्यवस्थापकको तर्पmबाट कुबेरजीले फस्ट्याउथे । यति चाँर्रै टकरक्कै आफ्नै मैरोमा पुग्गेला भन्ने कुरा कल्पना भन्दा परै थियो । नेतृत्वमा सकारात्मक सोचका साथ विकासले गति लिन थालेमा असम्भव भन्ने के छ र ? सदरमुकाम बाहिर हुने बिगतका रुकुम साहित्यमाला कार्यक्रमबाट घर पुग्दा रात ढल्किसकेको हुँन्थ्यो ।
“तल्नो घट्ट गुरगु¥याइलो, उपल्लो पाल पाइन, साइ ता रैछौं चौधखेली, त्यो मैले चाल पाइन ।” हाम्रा विभिन्न पाखा पखेरीहरूमा घन्किने यस्ता ठाडी भाकारूपी टुक्काहरू कति बेला कहाँ पोखिन्छन् ? यसको चर्चा मौकामा गर्दै गरौँला । कार्यक्रम स्थान सिम्रुतु खोला जलविद्युत सहकारी संस्था परिसर भित्र पस्दासाथ सबैले उच्च स्वास्थ्य सतर्कता अपनाएको देखिन्थ्यो । हलभित्र पाइलो टेक्नेलाई साहित्यिक तथा सांगीतिक धुनले स्वागत चखाउथ्यो । सभाहलको अग्रभाग (मञ्च) मा “त्रिवेणी दर्पण पुस्तिका लोकार्पण, रुकुम साहित्यमालाको ७५ औं श्रृंखला तथा १५५ औँ मोतीजयन्ती कार्यक्रम २०७७ भाद्र ०३ गते” तथा “त्रिवेणी गाउँपालिका जनयुद्धका सहिदहरू सहिद स्मारिका विमोचन कार्यक्रम २०७७ भाद्र ०३ गते” लेखिएका यी जुम्ल्याह व्यानर खुबै हर्षित मुद्रामा देखिन्थे । यिनले त्यहाँ पस्ने जम्मैलाई आँपूmतिर आकर्षण गराउथे ।
“दालभात खाइ चलमेरी भाइ” भने झैँ कार्यक्रम स्थलतिर साथिहरूलाई सोभ्mयाँए । “देख्ता हुँइती जस्तो लाग्ने ह्याँँ पुग्दासम्म थप्याउ भात पच्चियोए लाई ।” बैनाले सुनाउथिन । गेटभित्र पस्दासाथ आयोजकबाट स्वागत पाइयो । आजको संयुक्त कार्यक्रम कस्तो हुने होला ? रुकुम साहित्यमालाका अभियान्ता थोरै थियौं । तत्काल गाउँपालिका र मञ्चको सहमतीनुसार अध्यक्षता पालिका अध्यक्षले र सञ्चालन मञ्चका सचिबले गर्ने गरी कार्ययोजना बन्यो । संयुक्त कार्यक्रमको आयोजक तथा व्यवस्थापन स्थानीय सरकाले गरेकोमा हामीलाई गर्वका साथ औधी खुशी लाग्यो । यो कार्याक्रमा प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय र विशेष अतिथि जिल्ला समन्वय समिति रुकुम (पश्चिम) का प्रमुख लगायतका अनुहारले यो कार्यक्रम भव्य हुने संकेत गर्दै थियो । कुनै पनि स्थानको भाषा, साहित्य, कला र संस्कृति त्यहाँको पहिचान, सम्पत्ती र ढुकढुकी हो । यो कुराको हेक्का सरकारलाई ज्यादा हुनेगर्दछ ।
व्यानरमा उल्लेखित यी दुबै कार्यक्रमको अध्यक्षता त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) का अध्यक्ष झक्कुप्रसाद घर्ति मगरको रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय सभासद गोपाल शर्मा, विशेष अतिथिहरू जिल्ला समन्वय समिति रुकुम (पश्चिम) का प्रमुख राजकुमार शर्मा, नेपाल कम्युष्टि पार्टी (नेकपा) त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) का इन्चार्ज गणेश केसी, प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरिप्रसाद बुढा, अतिथिहरू त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) का उपाध्यक्ष निर्मला विष्ट (खड्का) नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) का अध्यक्ष गणेश खड्का, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का उपाध्यक्ष श्रृजना शर्मा, नेपाल जनजाति महासंघ त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) का अध्यक्ष रणबहादुर पुन लगायतका थियौं ।
स्वागत भाषण कला, साहित्य, संस्कृति, संरक्षण मञ्च त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) का उपाध्यक्ष गणेश बुढाले सुनाए । मञ्चका कलाकारहरूबाट प्रस्तुत स्वागतरुपी मीठो सांगीतिक कोसेलीले सबैलाई तृप्त गराएको थियो । कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति श्रद्धाञ्जली सहित युवाकवि मोतीराम भट्टको तस्बिरमा माल्र्यापण र अविर आवरण गरियो । यसपछि दुबै पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिबाट भयो । त्रिवेणी दर्पण साहित्यिक स्मारिकाको समीक्षा साहित्यकार गिरीप्रसाद बुढाले गरेका थिए । उक्त पुस्तक प्रकाशनको अनुभूति सम्पादक मण्डलको तर्पmबाट मैले सुनाउने अवसर पाएको थिएँ । सो कार्यक्रममा तीन दर्जन बढी स्रष्टाहरूले कविता, लोकगीत, ठाडीभाका गीत, सिंगारु गीत, गजल, मुक्तक लगायतका रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन त्रिवेणी कला, साहित्य, संस्कृति संरक्षण मञ्च रुकुम (पश्चिम) का सचिब कुबेर ओलीले गरेका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित कार्यक्रम अन्तर्गत रुकुम साहित्यमालाको ७५ औं श्रृखला त्रिवेणी गाउँपालिकाको आयोजना तथा त्रिवेणी कला, साहित्य, संस्कृति संरक्षण मञ्च रुकुम (पश्चिम) को व्यवस्थापनमा भव्यरुपमा सम्पन्न भयो । उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) द्वारा प्रकाशित तथा कला, साहित्य, संस्कृति संरक्षण मञ्च त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) द्वारा प्रकाशित दुबै पुस्तकको लोकार्पणले यस क्षेत्रका स्थानीय साहित्यकार तथा जिल्ला हुँदै राष्ट्रिय स्तरका साहित्यिक रचना मन्थन गरेजस्तो लाग्थ्यो । राष्ट्रिय विभूति एवम् युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा यो साहित्यिक कार्यक्रम सम्पन्न भयो । कोरोना भाइरस (कोभिड –१९) ले विश्वलाई नै प्रभावित बनाइरहेको छ । हाम्रो देशमा पनि यसको संक्रमण तीब्र गतिमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सतर्कता सबैले अपनाएका थियौं ।
रुकुम साहित्यमाला कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) द्वारा हरेक महिना सञ्चालन हुँदै आइरहेको नियमित र लोकप्रिय हुँदै थियो । कोरोना महामारीले यो कार्यक्रमलाई पनि निक्कै प्रभावित बनाएकै थियो । बिगत चैत्र महिनादेखि यो रुकुम साहित्यमाला जिल्ला सदरमुकाम मुसिकोटदेखि बाहिर निस्केको थिएन । कला, साहित्य संस्कृति, संरक्षण मञ्च त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) ले मोती जयन्तीको अवसरमा गर्न थालेको पुस्तक विमोचन साहित्यिक कार्यक्रमसँगै जोड्ने योजना सहित दुई हप्ता अघि मात्र मञ्चबीच सहमती गरेका थियौं । सोही अनुसार परिषद्को तर्पmबाट साहित्यकार तथा परिषद्का सल्लाहकार गिरीप्रसाद बुढा, परिषद्का शाखा उपाध्यक्ष सिर्जना शर्मा र म लगायतका सहभागी बन्न तयारी अवस्थामा थियौं । असहज परिस्थितिका बीच पनि कार्यक्रम यति भव्य हुन्छ होला भन्ने अनुमान गरेका थिएनौं ।
गिरिजी र मैले सिम्रुतु पुग्न पाइता उचालियौं । हामीलाई त्यहाँ पु¥याउन गोडेटोले डो¥याउदै बैरागे ठाँटी पु¥याउँछ । सिर्जनाजीलाई पनि माछ्मी सोलावाङको सडकले डो¥याइरहेको जानकारी गराएकी थिइन । बैरागे ठाँटी स्थित नन्दरामजीको नास्ता पसलले हामीलाई थकाई मेटाई पसिना सुकाउन पर्याप्त समय उपलब्ध गर्न कन्जुस्याँई गरेन । त्यहाँका ताजा, पोषिला र ताग्तिला समोसाका थुप्रोले हामीलाई एकडेउरे चियाउदै र घुटुक्क थुक निल्दै हामीसँग पच्छारा खेल्लान झैँ देखिन्थे ।
“साथमा छन छैनिन, साथमा उनी नहुँने मान्सले निहुँ खोज्ने काम छैनन ।” एक छेउमा चोच्किएकी केत्लीले मलाई यही गीतले तिमाल्दै थिइन् ।
गिरिजीले कतिबेला रिसै नउठाई शान्तिपूर्ण तरिकाले अक्टुबर क्रान्ति सफल भएझैँ समोसाको डफ्फा कब्जा गरिहाले छन् । कब्जा परेका सबैलाई सजिलैसँग जिलायौं । सोको क्षेतीपूर्ती तिर्ने काम सिर्जनाजीबाट भयो । अब हामी तीन जना प्राणीलाई राप्ती मार्गले कुदाउन थाल्छ । पक्कै पनि स्यानी भेरीसँग कुस्तिखेल्न हुनुपर्छ । हाम्रो बिपरित दिशातर्पm पिथिवाङ्नी बखुताइरहेकी देखिन्थिन् ।
“यो खोलाले धेरै मान्छेको ज्यान लिन्थ्यो रे नि सर ?” सिर्जनाजी सोध्न पुग्छिन् ।
“खोलाले बगाउँछ भन्ने जान्दाजान्दै मुर्ख बन्नु भैन नि ? त्यल्ले म बगाउँछु है भन्दैन क्यारै । मेरो बिचारमा खोलाको कुनै पनि दोष नहोला । वास्तवमा होस गुमाउनेहरूको मात्र दोष होला कि ?” बुढाजीले स्पष्टिकरण दिन्थे ।
हाम्रा अगाडि उर्लिरहेकी पिथिवाङ्नीले मान्छे मात्र होइन सानादेखि ठूल्ठूला सवारी साधनलाई समेत थुनेकी रहिछिन् । यिनी यति रिसाएकी थिइन कि कुरै छाडौं । तिनका सामु नेपाली समाजको प्रिय शब्द भन्सुनको कुनै पनि मानिक्या लाग्ने वाला थिएन ।
“बिचरा नेताजीले योजना पारेकै थ्या । धेरै ठाउँनु ठेक्का लग्ने र ठकदार बन्ने कुविचारले गर्दारी हाम्ले यो सास्ती भोग्नु प¥याउँछ । थुक्क ! ठक्दाहरूको कुभलो भैरहोस् ।” थुनिन्या सवारी साधनहरूको लर्कोले ठगहरूलाई सत्तोसराप गरेझैँ लाग्थ्यो । यत्ति मात्रै भया क्या माँन्दाउ र ? माँजो होला र ? कुरै सुन्न पनि लाजौमर्नु हेर्नोई । लाजमात्रै भया पनि अलि हुँन्नो तो । उतैनु घिनौंमर्नु पनि भन्नुहुन्छ ।
“पुलको ठेक्का लिई अधुरो एवम् अलपत्र छोड्ने ठक्दारहरूलाई कठालोबाट झतार्दै सरक्नु लतार्न पाया…?” यो आक्रोश पोखाई अरु कसैको नभएर घन्टौंसम्म त्यहाँ थुनिन्या सवारी साधनहरूको थियो । यतिबेला थाम्दाथाम्दै गाडीनु छादास्तै ठाडीभाको एक कप्टेरो टुप्लुक्कै आइयो भन्नुहुन्छ ।
“पिथिवाङ खोला खै त पुल, छैनन कि किस्मत,
बोल् माछी मुखभरी पानी, क्या प¥यो बिस्मत ।”
गीति टुक्का बोले झैँ त्यहाँ कयौं वषौंदेखि पुल बन्न भुल भइरहेको देखिन्थ्यो । जब प¥यो राती तब बुढी तात्ती भने झैँ वर्षा शुरु हुने बित्तिकै सबैका पम्पुरा तात्तिदारहेछन् । जोसिला र सहासी केही स्थानीय युवाहरूले भट्भटे र मानिसलाई उद्धार गरिरहेका देखिन्थे ।
“यस्तो जोखिम मोल्दै सेवा गर्ने समाजसेवीहरूको सदासर्वदा कल्याण होओस् ।” चार, आठ र सोह्र खुट्टे गाडीमोटरले उद्धारकर्तालाई आसिक दिन्थे । यसै सन्र्दभमा यो टुक्का पनि पैदा हुन पुग्यो ।
“पिथिवाङ खोली सरोवर, जङघारै तरौला,
पिर नगर्नु आफन्तीयौं, बाँचे भेट् गरौंला ।”
बैंसले उन्मत्त र रिसले चूर बनेकी पिथिवाङ्नीलाई कल्ले बोलाउन चलाउन सक्थ्यो होला र ? त्यस्तरी रिस्याइले पनि हाम्लाई हो र क्या नाम्रो मान्थिन दे ? कत्नाम्रो तिम्ल्याह सन्तानलाई प्यार्रैसित पिठ्यानु बोक्कन ल्हँवा गाउँनु डुलाउँदै डुलाउँदै पाल्नापट्टि स्याउली बजारको अगाडी थुपुक्क बसाल्छिन् हेर । हाम्लाई देख्ने कोइकोई स्याना मुट्वाले टट्टो मान्नेल्त्याई क्या हो ? हुँइती पार्रेट्ट खोलाकिनार्ती च्याट्ट प¥याउ बिजुली घर, त्योदेखि उफ्र लाम्मैलामो ल¥र्या पुल जात्तेरीया हुँनाए नि ? उतैनु झन यिनी दुईभाइना सिर्जना र गिरिजीको फुटाखिचाइको ताइबिले अच्चमै लोभ्याउथ्यो ।
“ह्याँत्तीरै पनि फुटो खिच्चेलौं होई ?” भन्दै भाइबैनाहरू रातापर्रा पाल्नापट्टिया पाखाबाट घुत्किने छहरानु पस्लाँन जस्तो गरी सुर्रिन लाइया भन्नु हुन्छ । मेरो पालो सम्जाई बुजाइकन थाम्मथुम्म पारेँ । भाइबैनाले पनि भन्याउ मान्यास्तो न आफैले जान्यास्तो ग¥या र ट्याम्मै सिम्रुतुु पुइयौं । त्यहाँ पुग्ने बित्तिकै त्रिवेण्ीको पहिलो स्वागत खाइयो । आयोजक साथिहरूले भोजनको व्यवस्था माया होटेलमा गरेका रहेछन् । साथीहरूलाई त्यही होटेलको स्वादिलो भत्यार ख्वाँउदै आँपूmले पनि चट्काइयो ।
मञ्चको अग्रभागमा दुई ओटा व्यानर भएता पनि चारपाँच ओटा संयुक्त कार्यक्रम समेटिएका थिए । यहाँ दुई ओटा पुस्तक विमोचन, युवाकवि मोतीराम भट्टको जन्मजयन्ती, रुकुम साहित्यमाला तथा भदौं २ गते अस्ताएका राष्ट्रकवि माधप्रसाद घिमिरेको श्रद्धाञ्जली कार्यक्रम थिए । त्रिवेणी गाउँपालिकाले स्थानीय भाषा, साहित्य कला र संस्कृतिको उत्थान, विकास, विस्तार र संरक्षणको क्षेत्रमा चालेको कदमलाई स्याबासी नदिने कुरै भएन । वास्तवमा उक्त कदम अरुले पनि सिकाई गर्न लायक देखिन्थ्यो । यो कार्यक्रम यहाँका मात्र होइन जताततैका त्रिवेणीहरूले चासोपूर्वक नियालीरहेकी हुनुपर्छ । यहाँका अगतिला कुकार्यलाई सुकार्यमा फर्काउन चालेका पाइला पनि प्रशंसनीय मानिन्थ्यो । खासगरी यहाँका त्रिवेणीहरूलाई कत्ति नमन पर्ने कुराहरू विकृति, विसंगती, विभेद, चोरी, डकैती, लुटपात, घुसपिस, भ्रष्टाचार, अन्याय, अत्याचार लगायतका असामाजिक कार्यहरू हुन गरे । यति बेला नेता लगायत साहित्यकारका विचारहरू सुन्न त्रिवेणीहरू खुप्पै ध्यायनपूर्वक तम्तयार देखिन्थिन् । आगामी दिनदेखि सबै अगतिला प्रवृतिहरूलाई साम्मसुम्म र लुत्तीपुत्ती पार्दै मस्काउन यिनी मात्रै होइन कयौं त्रिवेणीहरू पैदा हुन सक्छिन् ।
त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) को प्रयासले “कला, साहित्य, संस्कृति संरक्षण मञ्च” पैदा हुन पुगेको हो । हुने विरुवाको चिल्लो पात झैँ जन्मसँगै यसले जाँङ्गरका साथ यहाँको वेथितिलाई थितिमा ल्याउन र संस्कृतिको रक्षार्थ कटिबद्ध देखिन्थ्यो । यसको पाँइनले यहाँको पालिका सरकार तथा यहाँका जनसमुदायलाई राजी बनाएको हुनुपर्छ । यद्यपी हाम्रो समाजमा राम्रा तथा जार्दा कथाहरू औँरिरहन्छन् । उक्त कथालाई यहाँका कलाकारहरूको कलात्मक नाटकीय प्रस्तुतीले आम दर्शकको मन जितेकै देखिन्थ्यो । साहित्य समाजको दर्पण हो । यसले हाम्रो चेहरा जस्तो छ तत्थपुर छर्दङ्गै पार्दछ । यो सन्दर्भमा यहाँको कला, साहित्य, संस्कृति, संरक्षण मञ्चले प्रकाशित गरेको त्रिवेणी दर्पण नामक पुस्तकले हाम्रो त्रिवेणीको मुहारलाई झल्काउने छ । यस्ता कहानीलाई कलाको माध्यामबाट पस्किदा रोचक देखिन्छ होला । यतिबेला हाम्रो पिठ्यूमा गौरवशाली इतिहासको समीक्षा गर्दै वर्तमानका कदम चाल्ने तथा भावि पुस्तालाई बुझाउने सुन्दर कोसेलीरुपी कुम्लो छ । उक्त नासोलाई सम्बन्धित स्थानमा नबुझाएमा भोलीले हामीलाई धिकार्ने मात्र नभई सराप्ने छ । यहाँको स्थानीय सरकारले स्थानीय साहित्यकार, कलाकारहरूको मनोवल बढाउन चालेको यो कदमलाई धन्यवाद दिनैपर्दछ । यसका साथै उक्त कदम आगामी दिनहरूमा पनि त्रिवेणी झैँ अविरल गतिमा चलिरहोस् भन्ने कामना गरौं ।
हलभित्र उपस्थिति दर्जनौं साहित्यप्रेमी महानुभावहरूका मुहारले रुकुम साहित्यमालाको ७५ औं श्रृंखलाको अवसरमा आ–आफ्ना भावना ओक्काउन तँछाडमछाँड गरिरहेका देखिन्थे । विशेषता भनौं या सौंभाग्य रुकुम साहित्यमालाको ७५ औं श्रृंखलामा ७५ जना स्रष्टाहरूको सहभागिता उपस्थिति सूचीले देखाथ्यो । यो अवसरमा रचना वाचन गर्ने स्रटाहरू दिपक रावल, कुबेर मल्ल, मस्टबहादुर डाँङी, लिलसिंह केसी, सावित्रा खड्का, कमला खड्का, पूर्णीमा परियार, छविलाल खड्का, प्रान्ता केसी, तेजबहादुर विक, अनिल बुढाथोकी, सुजाता खड्का, सुनिता खड्का, निर्मला बुढाथोकी जोखमाया खड्का, बालाराम मल्ल, झुपलाल ओली, पूर्णसिंह ओली, खड्कबहादुर विक मोहनलाल केसी, धनकला विष्ट, सन्माइकल परियार, लालबहादुर ओली, प्रज्वल ओली, शुशीला शेर्पाली, बिमला पुन, लक्ष्मण विक, कुबेर ओली, सिर्जना शर्मा लगायत थिए ।
उक्त कार्यक्रमको अवसरमा अमरबहादुर खड्का, साहित्यकार सिर्जना शर्मा र गणेश केसीले त्रिवेण्ीको भाषा, साहित्य, कला, संस्कृति यहाँको मौलिकता तथा समयानुकूल अझै विकसित तथा रुपान्तरण हुँदै जाओस् भन्ने शुभकामना दिएका थिए । यस कार्यक्रमका विशेष अतिथि एवम् जिल्ला समन्वय समिति रुकुम (पश्चिम) का प्रमुख राजकुमार शर्माको साटिलो, चोटिलो र जोसिलो भावना सबै क्षेत्रको समन्वय गर्न लायक थियो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय सभासद गोपाल शर्माको मुस्कान सहितको निर्देशात्मक, स्वादिलो र रसिलो भावना सुन्न लायक थियो ।
कार्यक्रमको उत्कर्षमा अध्यक्षबाट त्रिवेणीको उत्पादन विशेष अतिथि र प्रमुख अतिथिलाई मायाको चिनो उपहार स्वरुप प्रदान गरियो । यसले आगामी दिनमा पनि निरन्तरता पाउनुका साथै सोको क्षेत्र समेत फराकिलो हुने छाँट देखाउथ्यो । कार्यक्रमका सभाध्यक्ष त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम) का अध्यक्ष झक्कुप्रसाद घर्ति मंगरबाट सबैका विचारको कदर सहितको संश्लेषणात्मक भावनाले सबैलाई राजी बनाएको थियो । कार्यक्रमको समापन पश्चात संयुक्त तस्बिर खिचायौं ।
वास्तबमा त्रिवेणीले “त्रिवेणी गाउँपालिका जनयुद्धका सहिदहरू सहिद स्मारिका” प्रकाशन मार्फत त्रिवेणीका सहिदहरूप्रति उच्च सम्मान सहित गरेको न्याय तथा कला, साहित्य, संस्कृति, संरक्षण मञ्चलाई हौस्याउने मात्र नभई त्रिवेणी दर्पण साहित्यिक पुस्तक प्रकाशनको लागि आर्थिक सहयोगको साथै अभिभावकत्व निर्वाह गर्नुलाई पनि उचित निसाफ मान्न सकिन्छ । “उपद्रो गर्नाउ पनि सीमा हुन्छयलाई ? सीमा नाङ्ग्दै हाम्रै इलाका कब्जा गरी थातवास सहित खेतौंं मालिक बन्ने, हाम्लाई स्वतन्त्र रुपमा सवार गर्न अवरोध गर्ने, उल्टै हाम्लाई नै सत्तोसराप गर्दै क्षेतिपूर्ती कच्काउने गरे ? अहो नि ! मेरी खाप्चीय तो ? कुन दिन हामी तीन बहिनीया आँशु एकैसाथ बर्सिन्छन् होई ? बिचार ग¥या भइयो ?” प्रकृतिसँग सिंगौरी खेल्दै उट्पट्याङ गर्न खोज्नेका खिलापमा त्रिवेणीको गर्जनलाई उचित निसाफ मान्नेहरू पनि मस्तै भेटिदारहेछन् ।
उइछारी, कत्ति सोच्चिया थिएन । यत्ति चाँर्रै घर पुग्गेला भनेर । कत्नाम्रो प्रमुखज्यूका गाडिनु गजक्कै बसिकन उनकै मीठा–मीठा कुराकानी सुन्दारी ज्यानले कति गुण मान्यो होला ? यस्तो यात्रा ढोरपाटन, खप्तड, रारा, फेवा, फोक्सुन्डो, तिलिचो, लुम्बिनी, जनकपुर, नाम्चे, इलाम, दार्जलिङ, सिक्किमसम्मको भैदिएको भए…..? अन्य स्थानको कुरा सोच्दानसोच्दै दोबाटो आइपुगेछ । जोखिम मोल्दै आनन्द साथ समयमै घरमा पुग्दा ज्यानलाई खुशी नलागी तो । साथीहरूलाई शुभयात्रा भन्दै म चाहि फुत्त भाइरिन वाध्य भएँ । “झालु गाईको मालु बाछी उदै खोली गैगो, यति माया क्यार्न लायौं धौ बिर्सिनु भैगो ।” यही कोसेली छोड्दै घर् छेउइती पु¥याएकोमा शर्माज्यू, चालकज्यू र गाडीलाई धन्यवाद दिंदैै निवासतिर सोझिएँ ।